नागरिक एप प्रयोग गर्न निःशुल्क मोबाइल डेटा

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको नागरिक एप परिक्षणकै क्रममा छ । सरकारले यो एपको अत्यधिक प्रयोग बढाउन प्रयोगकर्ताहरुलाई मोबाइल डेटा निःशुल्क गर्ने भएको छ । एनटिसी र एनसेल दुबै मोबाइल प्रयोगकर्ताहरुले डेटा निःशुल्क प्रयोग गर्न सक्नेछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटाका लागि एक बेग्लै समिति गठन गरेर आवश्यक प्रक्रिया अगाडि बढाईसकेको छ । नेपाल टेलिकमलाई सर्भरको डिटेल समेत उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकमले पनि आवश्यक गृहकार्य सुरु थालिसकेको छ । सरकारले धेरैजसो सरकारी सेवा सुविधा नागरिक एपबाट उपलब्ध गराउने लक्ष्य राखेको छ । सेवाप्रदायक कम्पनिहरुसँग नागरिक एप चलाउँदा मोबाइल डेटा चलाउँदा निःशुल्क हुने व्यवस्था गर्न छलफल समेत भईसकेको छ । एप डाउनलोड गर्दा भने त्यसमा भने शुल्क लाग्नेछ । डाउनलोडपछि एप चलाउँदा भने निःशुल्क गर्ने व्यवस्था गरिएको छ । कहिलेदेखि यो सेवा सञ्चालन हुने भन्ने निर्णय भईसकेको छैन । एनसेलले निश्चित महिनाका लागि मात्र डेटा फ्री गराउन सकिने जनाएको छ । नेपालकै ठूलो मोबाइल सेवाप्रदायक स्मार्ट सेलसँग डेटा निःशुल्कबारे छलफल नै नगरिएको बताईएको छ । नागरिक एपमा आवद्ध नभएको र यसका प्रयोगकर्ताहरुको संख्या पनि कम भएकाले स्मार्ट सेलसँग छलफल नगरिएको बुझिएको छ ।

थप सुविधाहरूसहित ‘आइएमई पे’ एप प्रयोगमा

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई पे’ एप नयाँ सुविधासहित प्रयाेगमा आएकाे छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ । बिहिबारबाट प्रयोग योग्य यस वालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायूक्त हुने र एप थप सेवाग्राहीमैत्री बनाइएको कम्पनीले जनाएकाे छ । कम्पनीले एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरेकाे छ । एपलाई प्रयोगकर्ता मैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको कम्पनीले जनाएकाे छ । यस्तै कम्पनीले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनकालाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ । साथै आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘ आइएमई पे ’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र १ बाट सेवाशूल्क शुरू हुनेछ । साथसाथै आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ ।  

भायानेटले ल्यायाे किस्ताबन्दीमा ईन्टरनेट सेवा

काठमाडौं । भायानेट ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अफर ल्याएको छ । इएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपले शुल्क तिर्न सकिने प्रावधान छ । यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र १ हजार ९ सय ५६ रुपैयाँमा १२ महिनाको अवधिको ३० एमबिपिएस इन्टरनेट, भायाटिभी टेलिभिजन प्याकेज र त्यससँग लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) पाउनेछन् । इएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइने र यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध हुने कम्पनीले जनाएकाे छ । । यो अफर हालकाे लागि एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित रहेकाे र  छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने भायानेटले बताएकाे छ ।