एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २१ वटा स्मार्टफोन जित्न सकिने
काठमाडौं । एनसेलले दशैं तिहारकाे अवसरमा ग्राहककाे लागि स्मार्टफाेन जित्ने अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् । असोज २१ बाट लागु हुने यो योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १/१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन् । यस बाहेक विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् । यो योजना पाँच हप्ता अर्थात कार्तिक २४ गतेसम्म संचालनमा रहनेछ । यसको मतलब योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ । प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछन् । यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरु माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गर्दैछ । यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले र कमेडियन सुमन कार्कीले प्रस्तुति दिनेछन् । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउनेछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्नेछन् ।
डिशहोमको रिचार्जमा आकर्षक छुट पाइने
काठमाडाैं । डिशहाेमका ग्राहकले रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत रिचार्ज गर्दा आकर्षक बोनस पाउने भएका छन् । यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयाँसम्म अतिरित्त बोनस रकम पाइने कम्पनीले जनाएकाे छ । यो योजना संगै ग्राहकहरुले अव मासिक ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजारकाे लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने डिशहाेमले जनाएकाे छ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।
फेसबुक, इन्स्टाग्राम र ह्वाटस् एप संसारभर डाउन
काठमाडौं । सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र ह्वाटस् एप संसारभर नै डाउन भएका छन् । नेपाली समय अनुसार आज राति साढे ९ बजेदेखि यी सामाजिक संजाल डाउन भएका हुन् । आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहेको थियो भने अहिले फेसबुक र उसका भगिनी संस्थाहरु इन्स्टाग्राम र ह्वाटस एप डाउन भएका अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् । सर्भिस डाउन हुने वित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ । संसारभर ठूलो संख्यामा प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक र यसका अन्य दुई भगिनी सामाजिक सञ्जालहरु यो समाचार तयार पार्दासम्म नेपालमा पनि चलेका छैनन् । विभिन्न फोरमहरुमा हजारौँ हजार प्रयोगकर्ताहरुले पनि यी सामाजिक सञ्जालका एप्स नचलेको बताएका छन् । प्रयोगकर्ताहरुले पेजमा ‘इरर’ देखेको प्रतिक्रिया दिइरहेका अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । फेसबुक यो तहमा डाउन भएको सम्भवतः यो नै पहिलोपटक हो । यसअघि २०१९ मा भएको यस्तै प्राविधिक त्रुटीका कारण फेसबुक केही समय चलेको थिएन । सन् २०१९ मा भर्जमा प्रकाशित डकुमेन्ट अनुसार फेसबुकका प्रमुख कार्यकारी मार्क जुगरबर्गले त्यसबेला भएको प्राविधिक त्रुटीलाई ‘बिग डिल’ भनेका थिए ।