साइबर सेक्युरिटीको नाममा वार्षिक ठूलो रकम बाहिरिँदै छः डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले स्वेदशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको बताएका छन् । बिहीबार द ब्रिटीस कलेजले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले देशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष र सीपयुक्त जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको र यसले देशलाई आर्थिक व्ययभार पनि हुने गरेको बताएका हुन् । ब्रिटिस कलेजले ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्नको लागि आयेजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले ब्रिटिस कलेजले पढाई सञ्चालन गर्दा वार्षिक विदेशिने गरेको ठूलो रकम नेपालमै रहने र दक्ष जनशक्ति पनि स्वदेशमै उत्पादन हुने विश्वास लिएको बताए । ‘अहिले देशमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढेको जनशक्तिको आवश्यकता र माग बढेकोले यो विषयको पढाईले धेरै टेवा पुग्ने उनको भनाई छ । ‘अहिले साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय पढ्ने चाहना हुनेले सिंगापुर लगायतका देशहरुमा जानु पर्ने बाध्यता छ, देशमा दक्ष जनशक्ति पनि अभाव छ, विदेशबाट जनशक्ति ल्याउनु पर्ने बाध्यता छ, उनीहरुले वार्षिक ठूलो रकम लिइरहेका छन्, अब ब्रिटीस कलेजको यो कदमले देशलाई केही राहत हुने मैले महसुस गरेको छु,’ उनले भने । यस्तै, कार्यक्रममा द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक राजन कँडेलले युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्डको सम्वन्धनमा यो नयाँ विषयको पढाई सञ्चालन गरेको बताए । उनले विद्यार्थीहरुको सिकाईका लागि कलेजमा ल्याव पनि राखेको बताए । सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाई गर्ने उनको भनाई छ । ‘कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको प्रयोगले विद्यार्थीहरुलाई थप लाभ हुनेछ, देशमा साइबर क्राइम जस्ता क्रियाकलाप रोक्न यसले धेरे मद्दत पुग्नेछ,’ उनले भने । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएको र साइबर क्राइमका गतिविधि पनि बढेकोलाई यसलाई रोक्न आवश्यक भएको बताए ।
ब्रिटिस कलेजले अब ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषय पढाउने
काठमाडौं । द ब्रिटीस कलेजले अब साइबर ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्ने भएको छ । कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने जनाएको हो । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई सञ्चालन गरेर नेपालमा साइवर सेक्युरेटी सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको हो । कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत गर्दै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई सञ्चालन गरेको बताएको हो । द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक राजन कँडेलले युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्डको सम्वन्धनमा यो नयाँ विषयको पढाई सञ्चालन गरेको बताए । उनले विद्यार्थीहरुको सिकाईका लागि कलेजमा ल्याव पनि राखेको बताए । सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाई गर्ने उनको भनाई छ । ‘कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको प्रयोगले विद्यार्थीहरुलाई थप लाभ हुनेछ, देशमा साइबर क्राइम जस्ता क्रियाकलाप रोक्न यसले धेरे मद्दत पुग्नेछ,’ उनले भने । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएको र साइबर क्राइमका गतिविधि पनि बढेकोलाई यसलाई रोक्न आवश्यक भएको बताए । यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अहिले देशमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढेको जनशक्तिको आवश्यकता र माग बढेकोले यो विषयको पढाईले धेरै टेवा पुग्ने बताए । साइबर सेक्युरिटीकै कारण वार्षिक ठूलो रकम बाहिरिने गरेको बताउँदै उनले अब यो पढाईले स्वेदशमै पैसा रोक्न सहयोग पुग्ने बताए ।
कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो, अब २ रुपैयाँमै भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । एनसीएचएलले गत मंसिर ७ गतेबाट लागू हुने गरी उक्त प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरी घटाएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले सो शुल्कमा परिवर्तन गरेको हो । यससँगै अब बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले न्यूनतम २ देखि अधिकतम ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम ने.रु.२ देखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । एनसीएचएलका अनुसार ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क रु.२, ५०० रुपैयाँभन्दा माथि ५ हजार रुपैयाँसम्म प्रतिकारोबार शुल्क ४ रुपैयाँ र ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लाग्ने भएको छ । यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब÷मोबाईल एप, बैंक÷वित्तिय संस्थाका मोबाईल÷इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड÷विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ देखि ५ रुपैयाँ कायम रहेको छ । नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका निम्ती एनसीएचएलले समय-समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्दै आएको छ । हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबार शुल्क १० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ । त्यसैगरी, उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ अर्ब तीन करोड रुपैयाँ बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने एनसीएचएलले जनाएको छ ।