अनेरास्ववियूले लन्च गर्यो मोबाइल एप, अब एपबाटै सबै काम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिबिधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो । मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारजनक सामाग्री, गतिबिधि सबै एउटै एपमा पाउन सकिन्छ भने सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिन्छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरे । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा एकीकृत समाजवादीका विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईको उपस्थिति थियो । अनेरास्ववियूका कार्यबाहक अध्यक्ष वसिम आलमको अध्यक्षता एप लन्च गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँगाउँ ठाउँठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरेको अनेरास्ववियूका उप(महासचिव अशोक थापाले जानकारी दिए । डिलिटल जमानामा संगठनका काम कपि कलम बोकेर, पर्चा बाँडेर मात्र हिँड्ने दिनमात्र नभएको र अब विस्तारै हातहातबाटै काम सक्नुपर्ने भएकाले एप बनाउने काम समयअनुसार उचीत कदम भएको उनको तर्क थियो ।

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट र भायाटिभी मात्र १२५० रुपैयाँमा

काठमाडाैं । भायानेटले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिन नयाँ इन्टरनेट प्लान ‘अल्ट्रा–फाई’ ल्याएकाे छ । यस अल्ट्रा–फाई अन्तर्गत भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिजकाे मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट रहेकाे छ जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँदछ । कम्पनीकाे अनुसार यसको वार्षिक प्याकेज लिँदा प्रति महिना मात्र १२५० पर्न आउँछ । यसका साथै यसमा भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्ने जनाएकाे छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।

मात्र १ हजार ८३ रुपैयाँमा डिशहोमको डायनामिक कम्बो प्याक

काठमाडाैं । डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट अझ सुलभ दरमा ल्याएकाे छ । डिशहाेमले वार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा डायनामिक कम्बो प्याक अफर ल्याएकाे हाे । कम्पनीकाे अनुसार यस कम्बाे प्याक अन्तर्गत डिशहोम फाईबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनेछन् । यो सुविधा २५ एमबिपिएस वार्षिक ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ । यसका साथै यसमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ । यस फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन् ।