आइफोनदेखि सामसङको मोबाइल डिस्प्ले टच ९९९ रूपैयाँमा नै फेर्न पाईने
काठमाडौं । नेपालमा नै पहिलो पटक ९९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्न पाईने भएको छ । मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा रहेको कम्पनी इजी मोबाइल केयरले यो सुविधा ल्याएको हो । यस सुविधा अन्तरगत आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ ओटा भन्दा बढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्न सकिने कम्पनीले बताएको छ । इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिए । ‘मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको डिस्प्ले टचू सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिईनेछ, यसले ग्राहकहरुको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुख हुनेछैन्,’ संचालक पौडेलले भने । लामो समयको अनुभव र अनुसन्धानबाट १०० दिनको ग्यारेन्टीका साथ ९९९ रूपैयाँमा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएका उनले बताए । हाल कुनैपनि मर्मत सर्भिस सेन्टरले मर्मत पछिको सेवामा १०० दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिईएको पौडेलले बताए । ‘मोबाइल प्रयोगकर्ताहरुका लागि बिक्रीपछिको मर्मत शुल्क महंगो भईरहेको छ अवस्थामा सस्तो मूल्यमा डिस्प्ले टच परिवर्तन गरिदिएपछि केहि राहत र सहुलियत हुने हामीले अपेक्षा गरेका छौं,’ उनले भने । इजी मोबाइल केयरले यसअघि नेपालमा पहिलो पटक शुन्य ब्याजदरमा मोबाइल फोनको किस्ताबन्दी सेवा संचालन गरिसकेको छ । जसमा २५ हजार भन्दा बढि सेवाग्राहीले सेवा लिएका थिए । इजी मोबाइल केयरले हाल यो सेवा काठमाडौंमा मात्र उपलब्ध गराउने र छिट्टै देशभर ७७ जिल्लामा रहेका आफ्ना सर्भिस सेन्टरबाट यो सेवा उपलब्ध गराउने बताएको छ ।
आईएमई पे पनि एनपीएसमा आवद्ध
काठमाडौं । आईएमई प नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न आईएमई पेले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो । सम्झौतामा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात आईएमई पेको आन्तरिक भुक्तानी प्रणालीलाई (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत आईएमई पेले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् । आईएमई पेले यसअघि नै प्राविधिक सदस्य आरपीएसमार्फत एनसीएचएलका विभिन्न सेवाहरू प्रयोग गर्दै आएको छ । एनपीआई हाल ५५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र ८० भन्दा बढी गैर(बैंक संस्थाहरू जस्तै पीएसपी पीएसओ, बीमा कम्पनी, रेमिट्यान्स, मर्चेन्ट बैंक, सरकारी, अर्ध(सरकारी संस्थाहरू, ठूला कर्पोरेटहरु आवद्ध छन् ।
राकुटेन भाइबरले ए आई क्षमताका नयाँ च्याटबट अनलक गर्दै
काठमाडौं । राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्ने भएको छ । राकुटेन भाइबरले डल-ई र दाविंचीको एआई जेनरेटरहरूद्वारा संचालित भाइबर एप मार्फत एआई च्याट एन्ड क्रिएट च्याटबटले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोध्न र तस्बिरहरु डिजाइन गर्न सहजता प्रदान गर्ने भएको हो । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपले नयाँ च्याटबट, एआई च्याट एन्ड क्रिएट को सुरुवात गरेको छ । जसले प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ । डलई र दाविंची जस्ता जेनेरेटिभ एआईका विशिष्ठ प्रयोग गरीएको भाइबर एपको माध्यमबाट प्रयोगकर्ताहरूले च्याटबट मार्फत कुनैपनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंग बाट प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ । परिवर्तनशिल संसारमा लैजाने नवीनतम एआई उपकरणहरू प्रयोग गर्न चाहने प्रत्येक एआई सेवाको लागि प्रयोगकर्ताहरूले नयाँ एकाउन्ट बनाउनुपर्ने हुन्थ्यो । एआईले कसरी काम गर्छ भन्ने आधारभूत बुझाइ र प्राविधिक जानकारी हुन आवश्यक हुन्छ। एआईमा बढ्दो चासोको कारण भाइबरको लक्ष्य भनेको एआई लाई थप पहुँचयोग्य र यसका प्रयोगकर्ताहरूका लागि सहज बनाउनु हो । भाइबरले जटिल प्रविधि र प्रयोगकर्ता बीचको सहजताको लागि पुलको रूपमा काम गर्दछ जसको कारण प्रयोगकर्ताहरूले आफ्नो इमेल प्रयोग नगरीकन वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको भरपुर आनन्द लिन सक्नेछन् । केही ट्यापबाट नै प्रयोगकर्ताहरूले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिन सकिने कम्पनीले जनाएकाे छ । ‘अहिले विश्व प्राविधि क्षेत्रमा एआई टेक्नोलोजीको बारेमाको धेरैको ध्यानाकर्षण भएको छ,धेरै भन्दा धेरै मानिसहरु यस प्राविधिबाट प्राप्त गर्ने चमत्कारहरु प्रयोग बारे बुझ्दै छन् । यद्यपि, यी उपकरणहरूमा पहुँच सबैका लागि सरल छैन, तर हामी एप भित्र कुनै विशेष सेवामा दर्ता नगरी, भाइबर च्याटको सुविधामै विभिन्न एआई सेवाहरू प्रयोग गर्ने सबैभन्दा सजिलो तरिका, बिना झन्झट र पूर्ण रुपमा प्रदान गर्नेछौ । हामी यी उद्योग(अग्रणी एआई उपकरणहरूलाई सिधै एपमा पहुँच प्रदान गर्दछौं, जसको मद्दतले प्रयोगकर्ताहरूले आफ्नो सिर्जना वा जवाफहरू तुरुन्तै प्रस्तुत गर्न सक्छन् । हाल च्याटबटले दुई विकल्पहरू प्रदान गर्दछ ( एउटा तस्बिरहरूका लागि र अर्को टेक्स्टका लागि ( हामी निकट भविष्यमा अन्य सेवाहरु निरन्तर विस्तार गर्न खोजिरहेका छौं ।’ राकुटेन भाइबरका सीईओ ओफिर इयालले भने। अर्गानिक पद्दतीबाट च्याटबटमा पहिले नै ६,००० भन्दा बढी सब्स्क्राईबर्सका साथै २५०,००० भन्दा धेरै दर्शकहरू छन् र यो सँख्या निरन्तर बढ्दै गईरहेको छ। यदि तपाइँलाई यसको प्रयोग कहाँबाट सुरु गर्ने भन्नेबारे थाहा छैन भने, च्याटबटको लागि ‘इन्स्पायर मी’ मा क्लिक गरी यसको क्षमताको उदाहरणहरु हेर्न सकिन्छ।