यती बैंकको सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, ९ असोज । यती डेभलपमेण्ट बैंकको न्यूरोड शाखाले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी टोल सरसफाई कार्यक्रम आयोजना गरेको थियो । बैंकले दलाछी परिवार क्लबको सहकार्यमा काठमाडौं, दलाछीमा शनिबार टोल सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सभासद ध्यानगोबिन्द रंजितले समाजीक कार्यमा यती डेभलपमेण्ट बैंकले देखाएको सद्भाब र सहकार्यको लागी बैंकलाई धन्यबाद दिएका थिए । टोल सरसफाई कार्यक्रममा स्थानीय बासिन्दाहरुको पनि सहभागीता रहेको थियो । बैंकको “ संस्थागत सामाजिक दायित्व अन्तरर्गत सरसफाई कार्यक्रम” भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्ले सामाजिक हितका लागी हुने कार्यमा निरन्तर बैंकको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

पाँचै शहरमा मन जित्दैएनसेल मेला २०७३ भव्यरुपमा सम्पन्न

काठमाडौं, ८ असोज । देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीएनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्वरुपमा सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो । भाद्र ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्चात समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो मेला असोज १ गते पोखरा, असोज ३ गते बुटवल र असोज ६ गते धरानमा आयोजना गरिएको थियो । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगितीक समुह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरुगाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए । हजारौको संख्यामा उर्लिएको दर्शकहरुले गीत संगितको भरपुर आनन्द लिएका थिए । मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीले दर्शकहरु उत्साहित भएका थिए । त्यसैगरी डिजे रुपेशको प्रस्तुतीले दर्शकहरुलाई मेला अबधिभर बाँधिराखेको थियो । कार्टुन्ज क्रुको प्रस्तुती र साँझको समयमा भएको युभि एन्जल्स्को विषेश प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्ध भएका थिए । “एनसेल मेला २०७३ लाईअत्याधिक मनपराईदिनु भएकोमा हामी हाम्रा आदरणीय ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दछौ,”एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको छ ।” गीत, संगित र अन्य विविध मनोरन्जनात्मक गतिविधिहरु बाकेह, दर्शकहरुले मेलामा एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरमा लिन पाएका थिए । डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको थियो । त्यसैगरी, एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव बटुल्ने अवसर पाएका थिए । सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । मेलामा आएका बालबालिकाहरुले इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरुको मनोरन्जन लिएका थिए । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । मेलामा नेपाली, भारतीय, चीनियाँ खानाको आगन्तुकहरुले आनन्द लिएका थिए ।

राहतको लोभमा १२ जना वेपत्ताका परिवारले गरे मृत्युदर्ता, २५ हजारको सट्टा १ लाखको लोभ

रूकुम ८, असोज । तत्कालीन नेकपा माओवादी र राज्यबीच चलेको सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रुकुमले युद्वका कारण धेरै गुमाएको छ । गुमाउने मात्र होइन धेरैले आफन्तको न सासको पत्तो पाए न लास नै पाए। लामो समय चलेको सशस्त्र द्वन्द्व सकिएपछि सुरु भएको शान्ति प्रक्रिया सँगै सरकारले शान्ति तथा पुनर्निर्माण मनत्रालयनै खडा गरेर पीडितका आँसु थामिदिने र दुखिरहेको घाउँमा मल्हम लगाउने कामको थालनी गर्‍यो। यसै अनुरुप जिल्लाम स्थानीय शान्ति समिति गठन भयो । त्यही बेला नै तत्कालीन सरकारले मृतकका लागि १ लाख र वेपत्ताका लागि २५ हजार रुपैयाँ राहतको घोषणा गरी प्रक्रिया थाल्यो । आफ्ना आफन्त हराएको वर्षैंसम्म पनि कुनै अत्तोपत्तो नभएपछि निजहरु मरेको ठहर गर्दै रुकुमका १२ जना वेपत्ताका परिवारले २५ हजारको सट्टा १ लाख पाउने आसले वेपत्ता भनिएकाहरुको मृत्यु दर्ता गरी राहत बुझेको खबर आजको आजको राजधानी दैनिकमा छापिएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आईसीआरसीले भने यी तीनसहित १३ जनालाई अहिले पनि बेपत्ताको सूचीमा सूचीकृत गरी सरकारलाई खोजी गर्न सुझाव पेस गरेको छ।