‘रिटर्न अन इक्विटी’ हेरेर सेयर किन्दा कुन लघुवित्त रोज्ने ?
काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाबीच रिटर्न अन इक्विटी (आरओई) मा प्रतिस्पर्धा देखिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार आत्मनिर्भर लघुवित्त, स्वस्तिक, फरवार्ड, समाज, नेशनल, सीवाईसी र महिला लघुवित्त वित्तीय संस्थाबीच आरओईमा प्रतिस्पर्धा देखिएको हो । राष्ट्र बैंकका अनुसार ६५ वटा लघुवित्तमध्ये आरओईमा सबैभन्दा अब्बल आत्मनिर्भर लघुवित्त वित्तीय संस्था देखिएको छ । आत्मनिर्भर लघुवित्तको आरओई ३७.७७ प्रतिशत, स्वस्तिककको ३६.८० प्रतिशत, फरवार्डको ३६.६८ प्रतिशत, समाजको ३६.४५ प्रतिशत, नेशनलको ३५.३१ प्रतिशत, सिवाईसीको ३४.८३ र महिला लघुवित्तको ३३.५५ प्रतिशत छ । नाफा मात्रै भन्दा पनि बैंकको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने गतिलो सूचक रिटर्न अन इक्विटी हो । विभिन्न लघुवित्तहरुले करोडौं नाफा गरेको देखिए पनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल गतिलो सूचक हो । सेयर बजारमा लगानी गर्दा पनि लगानीकर्ताहरुले कम्पनीको आरओई कति छ भनेर हेर्ने गरेका छन् । लघुवित्तको सेयर खरिद गर्दा पनि आरओई हेरेर लगानी गर्दा उपर्युक्त हुन सक्छ । कुन लघुवित्तको आरओई कति ? [pdf id=336233]
आइतबार सबै कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । आइतबारको सेयर बजारमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । बजारमा कारोबारमा आएका १९५ वटै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारको तुलनामा बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, सो सूचीमा २१ कम्पनी रहेका छन् । त्यस्तै, १० प्रतिशतको हाराहारीमा मूल्य बढ्नेमा ११ कम्पनी रहेका छन् । जसको सेयर मूल्य न्युनतम ९.९५ प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशतसम्म बढेको छ । कसको मूल्य कतिले बढ्यो ? नेशनल हाइड्रोपावर कम्पनी, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, यूनियन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, सबैको लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, बिशाल बजार, नबिल ब्यालेन्स्ड फण्ड २, लिवर्टी इनर्जी कम्पनी, न्यादी हाइड्रापावर, हिमालयन पावर पार्टनर, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सानिमा माई हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक र जोशी हाइड्रेपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९५ देखि ९.९९ प्रतिशतसम्म बढेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी बढ्नेमा जीवन बीमा समूह रहेको छ ।
इन्ट्रा-डे कै उच्च बिन्दुमा परिसूचक, कारोबार पनि बैशाख यताकै उच्च
काठमाडौं । आइतबारको सेयर बजार इन्ट्रा-डेको उच्च बिन्दुमा पुगेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ बिन्दुमा पुगेको छ । जुन दिनभरीको कारोबारको उच्चतम बिन्दु हो भने पछिल्लो कारोबारको तुलनामा ५.१० प्रतिशतले बढी हो । कारोबारको शुरुवातीदेखि उकालो यात्रामा रहेको बजारले अन्त्यसम्म पनि निरन्तर उकालोको यात्रा पार गरेको छ । ४ घण्टाको कारोबारमा परिसूचक न्यूनतम १८६३.४३ देखि अधिकतम १९५७ बिन्दुको बीचमा रह्यो । त्यस्तै, बजारमा २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत बैशाख यताकै उच्च छ । बैशाख २९ गतेको बजारमा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछि भने सो मात्राको सेयर किनबेच भएको थिएन । सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो परिसूचक बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बैंकको सेयर मूल्य पनि बढेर प्रतिकित्ता २०३ रुपैयाँ पुगेको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । दिनभरको कारोबारमा २१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य ९.९५ देखि ९.९९ प्रतिशतले बढेको छ । लामो समय पछि सेयर बजारमा सुधार देखिएको छ । बजार सुधारको लागि नेपाल धितोपत्र बोर्ड र सेयर बजारका लगानीकर्ताबीच १२ बुँदे सहमति भएसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको देखिन्छ । लगानीकर्ता र बोर्डबीच गत शुक्रबार सहमति भएको थियो । त्यसपछि त्यो दिनको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । आज आइतबारको बजारमा पनि बजार कारोबार शुरु भएदेखि अन्त्यसम्म निरन्तर उकालो लागेर बजार बन्द भयो ।