बुधबार दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ अंकमा बन्द भएको छ । बुधबार दिनभरिमा २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर २९ हजार ५८४ पटक किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज अधिकांश सूचकहरुमा राताम्य छाएको छ । बैंकिङ्ग समूह ०.५३ प्रतिशत, ट्रेडिङ समूह १.३२ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.८४ प्रतिशत, निर्जीवन बीमा समूह ०.६१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.०२ प्रतिशत, अन्य समूह १.१ प्रतिशत, जीवन बीमा समूह १.४७ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.९१ प्रतिशत, हाइड्रोपावर समूह २.१७ प्रतिशत, फाइनान्स समूह २.४२ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.७ प्रतिशत घटेको छ । बुधबार नेपाल टेलिकमको सेयर कारोबार सर्वाधिक १० करोड ७४ लाख ८३ हजार ६२१ रुपैयाँ र रिडी पावरको ६ करोड ४० लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयर १ लाख २८ हजार ५५ पटक खरिदबिक्री भएको छ ।
हिमालयन बैंकको ऋणपत्र बिक्री खुला, कति ब्याज दिन्छ ?
काठमाडौं । हिमालयन बैंकले आज (भदौ १५ गते) देखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक बण्ड २०८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण र बाँकी ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको हो । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको सो ऋणपत्रमा छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सक्नेछन् ।
श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ आज (भदौ १५ गते, मंगलबार) देखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत आर्थत् ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सकिनेछ ।