लाभांश वितरण गर्न सनराइज फर्ष्ट म्युचुअल फण्डले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । सनराइज फर्ष्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सनराइज क्यापिटल मार्फत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट इकाईधनीलाई करसहित सो मात्राको नगद लाभांश वितरण गर्ने भएको हो । जसको लागि उक्त फण्डले भदौ २९ गते एक दिन बुक क्लोज गर्न लागेको हो ।
पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था छैन : सांसद
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद कृष्णप्रसाद दाहालले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका छन् । उनले नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएकाले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका हुन् । सांसद दाहालले कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको अवस्थामा अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले नयाँ ल्याउनुभन्दा पनि हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्ने बताए ।
सानिमा माइ हाइड्रोपावरले गर्यो लाभांश प्रस्ताव
काठमाडाैं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।