धितोपत्र बोर्डमा कर्मचारी अभाव हुँदा विदामा पनि काम गर्नुपर्छ : कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले कर्मचारी अभाव हुँदा विदाको दिन पनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा ७ जना मात्र कर्मचारी रहेको र विदाको पनि काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘बोर्डमा कार्यकारी निर्देशक १, उप कार्यकारी २ र निर्देशक ४ जना मात्रै कार्यरत छन्,’ उनले भने । यद्यपि कर्माचारी अभावको बावजुत पनि महिनाको २ वटा आईपीओ र १४ वटा डिबेन्चर जारी गर्न दिइएको बताए । ‘काम गर्दा गर्दै पनि मर्चेन्ट बैंकरहरुले काम ढिला भएको आरोप लगाउछन, तर बोर्डले सोधेको प्रश्न वा जवाफको उत्तर आउन ढिला आउँदा यस्तो भएको हो, यदि धितोपत्र बोर्डले सोधेको जवाफ समयमा आयो भने समयमै स्वीकृत दिन्छौं,’ उनले भने । उनले डिस मिडिया नेटवर्कले जवाफ ढिलो दिँदा २०७७ मा बोर्डमा दर्ता भएपनि स्वीकृत ढिलो भएको बताए । समयमा सबै डकुमेन्ट आए २र३ हप्तामा स्वीकृत दिइने गरेको उनी बताउँछन् ।  

६/७ हप्तामा एसएमई प्ल्याटफर्म लागू हुन्छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ६/७ हप्तामाभित्र एसएमई प्ल्याटफर्म लागू हुने बताएका छन् । सोमबार काठमाडौंमा आफ्नो ११ महिनाको काम सार्वजनिक गर्दै हमालले साना तथा मझौला कम्पनी (एसएमई) हरुको छुट्टै कारोबार गर्ने गरी छिट्टै एसएमई प्ल्याटफर्म लागू हुने बताएका हुन् । उनले एसएमई प्ल्याटफर्म लागू गर्न सके बजारको लागि सुनौलो हुने बताए । यस्तै, हमालले सेबोनको इतिहासमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा पहिलोपटक २ जनालाई कारबाही गरेको बताए । काम सार्वजनिक गर्दै हमालले ब्रोकरको शाखा खोल्न धेरै कुर्नु नपर्ने बताएका छन् । उनले १५ दिनभित्र यसको लागि स्वीकृत हुने बताए ।  

धितोपत्र बोर्ड अध्यक्षको पत्रकार सम्मेलन || LIVE ||

धितोपत्र बोर्ड अध्यक्षको पत्रकार सम्मेलन || LIVE ||