नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, ११ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता सेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह पाँच दशमलव २१ र होटल तथा पर्यटन समूह तीन दशमलव ६४ प्रतिशतले बढेका छन् । आठ कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विकास बैङ्कको सेयर कारोबार बढेको देखिएको छ । कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेड, सिन्धु विकास बैङ्क लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आठ दशमलव १९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु २१ करोड ४९ लाख ४५ हजार आठ सय ९३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्क लिमिटेडको आठ लाख ५१ हजार ५० कित्ता सेयर किनबेच भएको छ ।
नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
काठमाडौं । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको छ । बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए संगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन् ।
धमाधम नेपाल रिको सेयर बेच्दै विशाल ग्रुप, थप ४८.७५ करोडको बिक्रीमा राख्यो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको दोस्रो ठूलो सेयरधनी हो, विशाल ग्रुप । आर्थिक वर्ष २०७८/७९को तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीमा यस ग्रुपको ३.०२ प्रतिशत अर्थात् ३५ लाख २२ हजार ५२८ कित्ता सेयर स्वामित्व छ । तर, विशाल ग्रुपले नेपाल रिमा भएको आफ्नो स्वामित्व धमाधम बिक्री गरेर बाहिरिन लागेको छ । ग्रुपले कम्पनीमा रहेको आफ्नो स्वामित्वको १५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा ग्रुपले ४८ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । यसअघि गत असोजमा ग्रुपले आफ्नो स्वामित्वको १० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । उक्त सेयर फरक फरक मूल्यमा बिक्री भएको थियो । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज पुस २४ गतेदेखि माघ २९ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो नेपाल पुनर्बीमाको सेयर बिक्री नभएपछि मूल्य घटाएर बेच्दै विशाल ग्रुप नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार