नेप्सेले सार्वजनिक गर्याे कारोबार योग्य ११२ कम्पनी (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले पहिलोपटक धितोपत्र व्यापारी (स्टक डिलर)का लागि कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको हो । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको नेप्सेले जनाएको छ । कारोबार योग्य कम्पनीहरू दफा ३(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि अद्यवधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम सूची सार्वजनिक गरिएको नेप्सेको भनाइ छ ।[pdf id=523973]
३१.३१ अंकले घट्यो नेप्से, ८ अर्बको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ । नेप्से ३१.३१ अंकले घटी २६८०.४४ विन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । आज आठ अर्ब २५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ८ अर्ब २५ करोडको सेयर कारोबार भएकाे छ । आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारतर्फ नेपाल फाइनान्सको २५ करोडको सर्वाधिक कारोबार भएको छ। यसबाहेक ङादी ग्रुप पावर २३ करोड, रसुवागढी हाइड्रोपावर १९ करोड, हिमालय ऊर्जा १८ करोडको कारोबार भएको छ ।
बोटलर्स नेपालले ५० प्रतिशत लाभांश दिने, गत वर्षको तुलनामा १० प्रतिशत कम
काठमाडौं । बोटलर्स नेपाल (तराई)ले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ५ गते बसेको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले गत वर्ष ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीको प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।