छिमेक लघुवित्तले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने ७ प्रतिशत कर प्रयोजनार्थसहित नगद लाभांश रहेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यी ३ कम्पनीको सेयरधनी बने २० प्रतिशतसम्म लाभांश पाइने, कुनको कति ?

काठमाडौं । विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २० गते अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सूर्यज्योति र एनआरएन इन्फ्रास्ट्रक्चरले मंसिर २१ गते र फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते बुकक्लोज गर्दैछन् । त्यसैले आज मंसिर २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले मात्रै उक्त कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् । सूर्यज्योति लाइफले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँको करसहित २० प्रतिशतका दरले १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे वार्षिक १७औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस १२ गते बिहान ९ बजे आम्रपाली व्यान्क्वेट काठमाडौंमा १२ औं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस ११ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।

मुक्तिनाथ क्यापिटलको म्युचुअल फण्ड आजदेखि बिक्री खुला

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड-१ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गरेको छ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याइएको छ । उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।