लाभांश प्रस्ताव पारित गर्न आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २९ गते सोमबार रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू परित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

डिप्रोक्स लघुवित्तको साधारण सभा पुष २६ गते

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुष २६ गते शुक्रबार चितवनमा बिहान १० बजे सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित हुनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुष १७ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले पुष १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा भाग लिन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै ङादी ग्रुप पावर

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुष २३ गतेदेखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद सेयरमा माघ १४ गतेसम्म दिन सकिने छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुकक्लोज गरिसकेको छ । मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।