सांस्कृतिक रुपमा ब्राण्डिङ: एनसेल मेलामा मस्त झुम्यो पोखरा

काठमाडौ । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दुर्तगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित यो मेलाको आयोजना गरेको हो । विविध मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एकदिने एनसेल मेला विहान ११ बजेबाट सुरु भई विविध गतिविधि र कन्सर्ट सहित साँझ सम्म चलेको थियो । मेलाको मुख्य आकर्षणहरुमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु लगायत किडस् जोन र फुड स्टलहरु रहेका थिए । मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट गीतहरु जस्तै ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘केस नं ४२०’ र ‘हाउडे’ जस्ता आफ्ना गीतहरु प्रस्तुत गर्दै दर्शकहरुको मन जितेका थिए । त्यस्तै सांगितीक समुह कबवेबले ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु पस्कदै र द एज व्याण्डले आफ्नो अत्याधिक मन पराइएका गीतहरु ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए । यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाएको थियो । मेलामा सबै उमेर समुहका दर्शकहरुलाई विभिन्न कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएको थियो । युवाहरुको भिड एनसेलको फोरजीमा आधारित गेमहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए । किड्स जोनमा बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो । मनोरञ्जनका कार्यक्रमका साथ साथै मेलामा रहेको एनसेलको विषेश फोरजी जोनमा पनि आगन्तुकहरुको उत्तिकै उत्साहजनक भीड देखिन्थ्यो । उक्त जोनबाट आगन्तुकले एनसेलको फोरजी सेवाको बारेमा थप जानकारीका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न पाएका थिए । फुड स्टलमा आगन्तुकहरुले देशी र विदेशी परिकारहरुको मजा लिएका थिए । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो ।

नौ महिनामा १० लाखले गरे शाश्वतधामको अवलोकन, यस्तो छ विशेषता

नवलपरासी । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम नौ महिनाको अवधिमा १० लाख भक्तजनले अवलोकन गरेका छन् । पुस १ गते शनिवार बिहान ११ बजे मन्दिर प्रवेश गरेका सिराहाका १४ वर्षीय मनिश सामल मगर शाश्वतधाममा आउने १० लाख औं दर्शनार्थी बनेका छन् । सिराहाको गोलबजार नगरपालिकास्थित एक विद्यालयबाट ११ जनाको समूहसहित शैक्षिक भ्रमणमा आएका मगरलाई मूल प्रवेशद्वारमा रहेको स्वचालित मेसिनले धाममा प्रवेश गर्ने १० लाख औं व्यक्तिका रुपमा गणना गरेको हो । मगरसहितका ११ जनालाई शाश्वतधाममा शनिबार पञ्जेबाजा र फूलमालाले विशेष सम्मान गर्नुका साथै उपहार पनि प्रदान गरियो । शाश्वतधाम व्यवस्थापनका अधिकारीहरुले उनीहरुलाई सम्मान गरेका थिए । पूर्वपश्चिम राजमार्गस्थित चौधरी उद्योग ग्रामसँगै रहेको यस धामको निर्माण ख्यातीप्राप्त उद्योगपति एवं नेपालकै एक मात्र डलर अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । ‘शाश्वतधाममा भक्तजनको आकर्षण देख्दा खुसी लागेको छ’ – धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने – ‘यस धामलाई थप आकर्षक बनाउने हाम्रो प्रयास जारी रहनेछ ।’ पिता लुंकरणदास चौधरीले वि.सं. २०५९ फागुन महिनामा शिलान्यास गरेको शाश्वत धाम निर्माणको अभिभारा विनोद चौधरीले वि.सं. २०७३ फागुन महिनामा पूरा गरेका थिए । विभिन्न धर्मका धर्मगुरुहरु, विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण माझ आर्ट अफ लिभिङका संस्थापक  रविशंकरले २०७३ साल फागुन २४ गते एकम्वरेश्वर शिव मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही दिन शाश्वत धामको विधिवत् उद्घाटन गरेसँगै सर्वसाधारणका लागि खुला गरिएको थियो । सुरुवातीकै दिनदेखि उल्लेख्य मात्रामा मानिसहरु मन्दिर भ्रमणका लागि आउने गरेका छन् । नेपाली नववर्ष अर्थात् गत वैशाख १ गते एकै दिन तीस हजार छ सय ४१ जनाले शाश्वतधामको भ्रमण गरेका थिए । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा पानीको फोहोरा चलाउँदा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र एउटा ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ रहेका अर्गानिक फार्म, अर्गानिक भोजनालय, आवासीय सुविधासहितको योग तथा ध्यान केन्द्र आदिको भरपूर उपयोग गर्न पाइने हुनाले यस मनमोहक स्थानमा पुग्ने जो कोहीले थकान र तनावबाट मुक्ति पाई आत्मिक शान्तिको महसुस गर्न पाउँछन् । आधुनिक भौतिकवादी युगमा लोप हुँदै गएको सनातन धर्मको महत्व जोगाउन र मन्दिरमा दैनिक पूजाआजा तथा वैदिक कर्मकाण्ड अभ्यास गर्न शंकराचार्यकै सुझाव बमोजिम यहाँ स्थापना गरिएको गुरुकुल अहिले वैदिक कर्मकाण्ड अध्ययनको थलो बनेको छ । यसका साथै काञ्ची कामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफ लिभिङ लगायतका धार्मिक संघ संस्थासँग समन्वय गरी नेपालमा सनातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वत धामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । शाश्वत धाम स्थापनाको उद्देश्य सनातन धर्मको संरक्षण र सम्वद्र्धन गर्नु मात्र नभई ज्ञान, भक्ति, कर्म र राजयोगमार्फत् मानिसमा शारीरिक तन्दुरुस्ती, आध्यात्मिक चेतना र आत्मिक शान्ति दिलाउनु पनि भएको धाम व्यवस्थापनले जनाएको छ । यहाँ पुग्ने जो कोहीले आफूलाई ईश्वरीय सेवा, साधना र सत्संगमा सरिक गराउन पाउँछन् । शाश्वतधाम पछिल्लो समयमा शैक्षिक भ्रमणको गन्तव्यस्थलका रुपमा समेत विकास हुँदै गएको छ । शनिबार र बिदाका दिन यहाँ मानिसहरुको भीड नै लाग्ने गरेको छ । विवाह, व्रतबन्ध र अन्य पूजाआजाका लागि पनि मानिसहरु शाश्वतधाममा आउने आउने क्रम बढ्दै गएको छ ।

भोलीदेखि किम्फ सुरु, नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र ‘द लास्ट हनी हन्टर’को प्रदर्शनी

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र द लास्ट हनी हन्टर नेपालमा प्रदर्शनी हुनेभएको छ यो वृत्तचित्रलाई एशियामै पहिलोपटक विहीबारदेखि सुरु हुनगइरहेको पन्ध्रौं काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रदर्शनी हुनेछ ।३५ मिनेट लामो द लास्ट हनी हन्टर वृतचित्रले सोलुखुम्बुको विकट गाउँ साद्दीका मह शिकारी मौलीधन कुलुङ राईको जिवनीलाई पर्दामा उतारेको छ । उक्त गाउँको कुलुङ जनविश्वास अनुसार जंगली भिरमौरीको महकाढ्नका लागि सपनामा जंगलको देउता राङ्केमीबाट दिक्षित हुनुपर्दछ र हाल साद्दीमा यसरी सपनामा दिक्षित एक मात्र व्यक्ति हुन् मौलीधन । यस सपनाका कारण उनी भिरमौरीको मह काढ्न जस्तोसुकै अप्ठ्यारो रअग्लो भिरमा चढे पनि सुरक्षित रहने विश्वास उनी र साद्दीको समुदायको छ । उनी पछि यस गाउँको नयाँ पुस्ताका कोही पनि व्यक्तिले उक्त सपना आजसम्म देखेका छैनन् र त्यसैकारण मौलीधन पछि मह काढ्ने प्रचलननै साद्दीमा बन्द हुने हो कि भन्ने आशंका छ । साद्दीको परम्परागत कुलुङ जनजिविका र संस्कृतिलाई नजिकबाट नियालेर प्रस्तुत गरिएको यस वृत्तचित्रमा साद्दी जस्ता नेपाली ग्रामिण समुदायहरु समय संगै कसरीबदलिंदैछ सो को पनि नाटकिय चित्रण छ । न्यासनल जोग्राफिकको सहयोगमा निर्मित यस चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा उपाधि प्राप्त गरीसकेको छ । बान्फ पर्वतिय चलचित्र महोत्सव क्यानडामा उत्कृष्ट हिमाली संस्कृति चलचित्र र केन्डलपर्वतिय चलचित्र महोत्सव संयुक्त अधिराज्यमा उत्कृष्ट छायांकनको पुरस्कार जितेको छ भने क्याम्डेन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट छोटो वृत्तचित्र विधामा विजेता भई ओस्कार चलचित्र महोत्सवकोछोटो वृत्तचित्र विधा अन्तर्गत प्रारम्भिक मनोनयनका लागि स्वतः योग्य भएको छ । यस वृत्तचित्रको नेपालमा पहिलो सार्वजनिक प्रदर्शनी यही पन्ध्रौं किम्फ मार्फत मङ्सिर २८ गते भइरहेको छ । यस महोत्सवमा चलचित्र प्रदर्शनीको दौरान नेपालमा विगत १७ वर्षदेखि बसोबास गर्दै आउनुभएका यसफिल्मका निर्माता बेन एयर्स, मुख्य पात्र मौलीधन लगायत साद्दीका अन्य मह शिकारी टोली उपस्थित हुनेछन् ।