भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान हुने

काठमाडौं । सरकारले भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने घोषणा गरेका हुन् । सरकारले विमानस्थलको थप विकास गरी रात्रीकालीन उडानको व्यवस्था गर्ने भएको हो ।

हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाइने

काठमाडौं । सरकारले हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाउने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को ‍बजेट प्रस्तुत गर्दै सार्वजनिक हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाउने घोषणा गरेका हुन् ।  

स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले स्वास्थ्य स्वयंसेविकाका लागि यातायात खर्च ५० प्रतिशत वृद्धि गरेको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै स्वयंसेविकाका लागि यातायात खर्च ५० प्रतिशत वृद्धि गरिएको  घोषणा गरेका हुन् ।