शानदार म:म: सेन्टरमा ग्यास विस्फोट (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक खाजा घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विष्फोटमा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार म:म: सेन्टरमा ग्यास विस्फोट भएको हो । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ ।
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ (तस्बिरहरू)
काठमाडौं । देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरे । आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिव १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले क्यान्सर विश्वमा मृत्युको कारणमध्ये एक भएको उल्लेख गरे । विश्वमा कुल ६ जनाको मृत्युमध्ये एकको मृत्यु क्यान्सरका कारण हुने गरेको बताए । नेपालको कुल मृत्युको ११ प्रतिशत भन्दा बढी क्यान्सरबाट मृत्यु हुने गरेको बताए । नेपालमा क्यान्सरको मृत्युबाट भएका मृत्युको ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सो र पाठेघरको क्यान्सरबाट हुने गरेको जानकारी दिए । नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र हरेक दिन ४ महिलाको मृत्यु पाठेघरको क्यान्सरको कारण हुने गरेको जानकारी दिए । उनले आगामी वर्षदेखि नियमित खोप तालिकामा एचपिभी खोपलाई समावेश गर्ने सरकारको लक्ष्य रहेको बताए । आउँदो फागुन महिनालाई नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरी कम्तिमा ५ लाखको परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए ।
हनुमानढोकामा भयो सरस्वती पूजा, सहभागी भए मन्त्री (फोटो फिचर)
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा सोमबार बिहान नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।