वायु प्रदूषणले ढाक्यो काठमाडौं (फोटो-फिचर)

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्म भएको छ । वायु प्रदूषणले आकाश धुम्मिएको विज्ञहरू बताउँछन् । प्रदूषणले नागरिकलाई घर बाहिर निस्कन समेत समस्या भएको छ । बाहिर निस्कँदा आँखा पोल्ने, घाँटी खसखसाउने, श्वास फेर्नसमेत गाह्रो हुने गरेको छ ।  प्रदूषणले गम्भीर समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् ।   प्रदूषणले गर्दा अस्पतालमा बिरामीको चाप बढेको छ भने अस्पताल पुग्ने अधिकांशमा रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्या देखिएका छन् ।  चिकित्सकहरू यस्तो अवस्थामा आवश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पनि चस्मा र माक्स अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् । तस्बिरहरू : नरेश बोहरा/विकासन्यूज  

प्रधानमन्त्रीले गरे जीवित देवी कुमारीको दर्शन (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् ।

तीनकुनेमा राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । राजावादीहरुको तीनकुनेमा प्रदर्शन गरेका छन् ।  राजावादीको प्रदर्शनले तनावग्रस्त बनेको छ ।