थप ६ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ६ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका देवकाटाले बताएका छन् । यसैगरी कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ जससँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ६ सय ८२ पुगेकाे छ जसमा १ सय १२ जना निकाे भएका छन् र ४ जनाकाे मृत्यु भएको छ ।
कोरोना पुष्टि भएका बूढानीलकण्ठका ३७ वर्षीय पुरुष टेकुको आइसोलेशनमा
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ-३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ । यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ पुरुषलाई नगरपालिका-७ स्थित छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । ती पुरुषको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । रासस
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५
काठमाडौं । सोमबार थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पौने ११ बजे थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा गरिएकाे परीक्षाणमा ३७ जना, वि.पी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा ५ जना, किटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्र, हेटाैंडामा २१ जना, भेरी अस्पताल नेपालगञ्जमा ५ जना, प्रदेश अस्पताल सुर्खेत/ पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतमा २ जना गरि ७२ जनामा काेराेना सक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।