घरमै बसेका काेराेना संक्रमितकाे जिम्मा पालिकाकाे
काठमाडाैं । सरकारले घरमै बसेका काेराेना संक्रमितकाे जिम्मेवारी पालिकाकाे रहेकाे बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले घरमै बसेका काेराेना संक्रमितकाे सरसल्लाह, अनुगमन र रिफरल गर्ने काम पालिकाकाे रहेकाे बताएका हुन् । गाैतमले यसकाे लागि देशभरका सबै ७५३ पालिकाहरुलाई तयार गर्न आदेश दिएका छन् ।
सबै सरकारी अस्पतालहरुलाई काेराेना बिरामीसँग धराैटी नलिन आदेश
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएका छन् । गाैतमले धराैटी माग्ने सबै अस्पताललाई स्पष्टिकरण पनि मागेकाे बताए । उनले अस्पतालहरुले सक्नेलाई शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्नुपर्ने सरकारी नियम पालना गर्नुपर्ने बताए ।
आइतबार दुई हजार ८२४ काेराेना संक्रमित थपिए, २३ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५६७ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३७ हजार ७ सय ६५ पुगेकाे छ । नेपालमा आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३६२० जना निकाे भएसँगैं हालसम्म १ लाख ३४ हजार ८४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २३ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ९६० पुगेकाे छ ।