नर्भिक अस्पतालकाे ओपिडी सेवामा अब बिरामीले लाइन बस्नु नपर्ने
काठमाडाैं । नर्भिक अस्पतालले आफ्नाे ओपिडी भवनलाई स्ताेरन्नती गरेसँगैं अब बिरामीले अस्पतालमा लाइन बस्नुनपर्ने भएकाे छ । अस्पतालका अपरेसन हेड कपिल गाैतमले अबदेखि बिरामीले अस्पतालमा लाइन बस्नु नपर्ने बताए । निरन्तर रुपमा अस्पतालहरुमा लामाे लामाे लाइन लाग्नुपर्ने र डाक्टरलाई धेरै समय कुर्नु नपर्ने अवस्था रहि आएकाे देखेर हामीले क्यु म्यानेजमेन्ट सिस्टमकाे सुरु गरेका छाैं । यसकाे मार्फत डाक्टरकाेमा लाइन नलागी सिधै भेट्न पाउने व्यवस्था रहेकाे छ, गाैतमले भने । नयाँ ओपिडीमा बिरामीले लिएकाे टाेकनसँग सम्बन्धित सुचना डिजिटल डिस्पलेमा देखिएपछि मात्र पैसा तिर्नकाे लागि जानुपर्ने सुविधा रहेकाे छ । अस्पतालले प्रत्येक कन्सलटेन्टहरुसम्म बिरामी पुग्नुधन्दा अगाडी उनीहरुकाे भाइटल लिनकाे लागि ३ वटा काेठा समेत तयार गरेकाे छ । साथै ओपिडी सेवाकाे विषयमा कुनै पजि समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इन्चार्जकाे रुम पनि सँगै राखिएकाे गाैतमले जानकारी दिए । गाैतमकाे अनुसार बिरामीहरुले आफ्ना कन्सलटेन्टकाे बारेमा पनि अगाडी नै डिजिटल डिस्पलेमा सुचना पाउनेछन् । यस्तै अस्पतालकी प्रबन्ध निर्देशक मेघा चाैधरीले आफ्नाे सेवालाई पुर्ण रुपमा डिजीटाइजड गरी अत्याधुनिक बनाउने कामकाे सुरुवात ओपिडीबाट सुरुवात गरेकाे बताएकी छिन् । चाैधरीले शुल्क अनुसारकाे सेवा दिनुकाे लागि पनि स्तरन्नाेतीकाे गरिएकाे बताइन् । अस्पतालले आफ्नै माेबइल एप पनि विकसित गर्दै गरेकाे र छिटै बिरामीले त्यसबाट अपाेइन्मेन्ट लिन सक्ने अस्पतालले जनाएकाे छ ।
विश्वस्तरिय सेवा दिने उद्धेश्यले नर्भिकले बनायो सुविधायुक्त ओपिडी भवन, २५ करोड लागत
काठमाडौं । नर्भिक अस्पतालले २५ करोड रुपैयाँ लगानीमा ओपिडी भवनको स्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ । अस्पतालले आइतबार दिउँसो ओपिडी भवनको उद्घाटन गर्दै सेवा भवनको स्तरोन्नती गरी सेवा संचालनमा ल्याएको हो । अस्पतालले ओपिडी सेवालाई विश्वस्तरीय बनाउने उद्देश्यले ओपिडी भवनको पुननिर्माण गरेको बताएको छ । आफुहरुले निर्माण गरेको ओपिडी भवन सम्भवत नेपालका अस्पतालहरु मध्येकै सबैभन्दा स्तरीय रुपमा निर्माण गरिएकोे भवन रहेको अस्पतालको दाबी छ । यसका साथै अब बिरामीहरुले ओपीडी सेवाका लागि लाइनमा कुरेर बस्नु पर्ने झन्झट पनि हटेको अस्पतालले बताएको छ ।
काेराेनाविरुद्धकाे खाेप काेभिड-१९ काे नयाँ भेरियन्टकाे लागि प्रभावकारी
काठमाडाैं । स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् । संयुक्त अधिराज्य, क्यालिफोर्निया देश तथा एशिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी सङ्क्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ । विभिन्न दीर्घ रोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिनसक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकालाई खोप नलगाउन भनिएको छ यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाएको छ ।