लकडाउनको एक वर्षः आर्थिकमन्दी कायमै, के पायौं, के गुमायौं ?
काठमाडौं । विश्व महामारीको रुममा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले गत वर्ष चैत ११ गते लकडाउन गर्यो । कोरोना भाइरसकै कारण सरकारले लकडाउन गरेको हिजो मात्रै एक वर्ष पुरा भएको छ । लामो समयसम्म लकडाउन भएछि कोरोनाको संक्रमण केही कम भए पनि अझै बढ्ने हाेकि भन्ने त्रास जनमानसमा छ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि फेरि कोरोनाको संक्रमणदर बढ्ने होकि भन्ने अनुमान गरिएको छ । सरकारले पनि फेरि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिसकेको छ । लामो समयसम्म भएको लकडाउनको कारण देश ठूलो आर्थिकमन्दीमा पर्यो । धेरै उद्योगधन्दा बन्द मात्र भएनन् हजारौं मानिसले रोजगारी गुमाए । लकडाउन भएर पनि अवस्था सामान्य भइसके पनि अझै देश आर्थिकमन्दीमै छ भने वेरोजगार बनेकाहरु बेरोजगार नै भएर बस्नु पर्ने बाध्यता सिर्जना भएको छ । फेरि लकडाउन हुने होकि भन्ने त्रासले पनि उद्योगी व्यवसायी मात्र होइन सम्पूर्ण क्षेत्रलाई त्रासपूर्ण अवस्थामा जिउन बाध्य बनाएको छ । गत वर्ष लकडाउनकै कारण वेरोजगार भएर भोकभोकै पूर्वको सोलुखुम्बुदेखि रातारात हिँडेर कैलाली पुगेका दर्दनाक घटनाहरु देखिए । विदेशमा काम गरिरहेका हजारौं मानिस वेरोजगार भएर मात्र होइन कोरोनाकै कारण सयौं युवाहरुका लाश बाकसमा बाँधिएर आएका दुखद पलहरुले अहिले पनि धेरैलाई झस्काउँछ । मानिसहरु घरबाट बाहिर निस्कन पाएनन् । देश सुनसान भयो । आर्थिक गतिविधिहरु ठप्प भए । मानिस भोकै बस्न नसकेपछि सडकमा निस्किए । धेरै सामाजिक संघ संस्था र व्यक्तिहरुले सडकमा भेटिएकाहरुलाई खाना खुवाउने अभियान पनि चलाए । फलस्वरुप उनीहरु भोकै मर्न बाध्य भएनन् । जसोतसो एक छाक खाना खुवाउने सामाजिक संस्था र अभियानहरु उनीहरुका लागि भगवान सावित भए । सरकार कोरोना भाइरसको संक्रमण कम गर्न तर्फ उदार देखिएपछि सामाजिक अभियान्ता तथा युवाहरुको समूह सडकमा नारा जुलुसमा निस्किए । सोही क्रममा युवाहरुको समुह इनफ इज इनफले सरकारको कडा आलोचना मात्र गरेन सबैलाई पिसिआर चाहिन्छ भन्ने मुद्दा बोकेर सडकमा समेत निस्कियाे । सो समूहको एजेण्डालाई सम्बोधन गर्ने भन्दै सरकार सबैको पीसीआर परीक्षण गर्त तर्फ लाग्यो । लामो समयसम्म गरेको लकडाउनले कोरोना भाइरस संक्रमण कम गर्न प्रभावकारी काम नगरेको भन्दै लकडाउनको विरोध पनि भयो । मानिस भोकभोकै मर्ने अवस्था भएपछि लकडाउनको विरुद्द मानिसहरु उत्रिए । अन्तिममा सरकार लकडाउनबाट पछि हट्दै सीमित ठाउँमा निषेधाज्ञाबाट हुँदै सामान्य अवस्थामा फर्कियो । लकडाउन अन्त्य भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा अलग–अलग रूपमा निषेधाज्ञा र लकडाउन गरिएको थियो । तर, संक्रमित नियन्त्रणमा आउनुको सट्टा दैनिक बढ्न थाल्यो । संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी पनि सरकारले सुरुवाती चरणमा सुरु गरेको लकडाउनले खासै प्रभावकारी काम नगरेको बताउँछन् । उनी अब त्यसबाट पाठ सिकेर सरकारले अगाडि बढ्नु पर्ने सुझाव दिन्छन् । ‘सबै तरिका अपनाएपछि पनि महामारी कम नभएको अवस्थामा मात्र लकडाउन अन्तिम उपाय हो, तर नेपालले परिक्षण, ट्रेसिङ्ग, स्वास्थ्य मापदण्ड जस्ता कुनै पनि विधी नअपनाई सिधै लकडाउन सुरु भयो, जसकारण लकडाउन कहिले खुला गर्ने भन्ने कुरामा नै सरकार नै अलमलमा पर्यो, तयसबाट नागरिकले दुख मात्र पाए, कोरोना कम भएन,’ डा. सुवेदीले भने । एउटा मानिस देखेर अर्को मानिस डराउनु पर्ने, भाग्नु पर्ने अवस्था कोरोना भाइरसले नै सिर्जना गर्यो । त्यसको परिणाम स्वरुप फ्रन्टलाइनमा खटिने अधिकांश डाक्टरलाई घरबेटीले घरमा बस्न नदिएका घटनाहरु घट्न भ्याए । लकडाउनकै समस्यमा महँग्गीले पनि नागरिकलाई सतायो । कालोबजारी मौलायो । आर्थिकमन्दी कायमै कोरोना भाइरसकै कारण हामीले मानविय क्षति व्यहोनु पर्यो । त्यस सँ-सँगै आर्थिकमन्दीमा देश पर्यो । अर्थविद्हरुका अनुसार नेपालमा यो हालसम्मकै ठूलो आर्थिकमन्दी हो । नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर पारेको कोरोना भाइरसले हो । लामो समयसम्म भएको लकडाउनले देशको अर्थतन्त्रलाई नराम्रोसँग असर पार्यो । उद्योगधन्दा, व्यापार पर्यटन, हवाई सेवा ठप्प रहेकै कारण अर्थतन्त्रमा नकारात्मक सुचकहरुले प्रशय पायो । देशको आर्थिक वृद्धिदरमा नराम्रोसँग धक्का लाग्यो । देशको अनुमान गरेको आर्थिक वृद्धिदरभन्दा कमै हुने अवस्था आइलाग्यो । आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक हुनपुग्यो । अघिल्लो वर्षको तुलनामा उक्त अवधिमा देशको अर्थतन्त्र खुम्चियो। सरकारले महामारी हुँदाहुँदै पनि सवा दुई प्रतिशतले अर्थतन्त्र विस्तार हुनसक्ने ठानेकोमा अहिले तथ्याङ्क विभागले नै १.९९ प्रतिशतले अर्थतन्त्र खुम्चिएको आँकडा प्रस्तुत गरेको छ । अर्थतन्त्र खुम्चिएका कारण यसको प्रत्यक्ष असर गरिबीमा परेको देखिन्छ । योजना आयोगकै प्रतिवेदनमा पनि थप १२ लाख मानिस गरिबीमा धकेलिएको भन्ने विवरण आएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सो बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर कोरोनाका कारण प्रभावित यो बजेटको खर्चको अवस्था भने कमजोर रह्यो । विनियोजित बजेटको कुल ७१.१८ प्रतिशत अर्थात १० खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत बजेटमा खर्चको अवस्था गत वर्ष १ खर्ब ८९ अर्ब अर्थात ४६.३४ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तै सरकारले उक्त वर्ष कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब १२ अर्बको लक्ष्य राखेकोमा त्यसको साढे ७५ प्रतिशत मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ । लकडाउनकै कारण पुँजी बजारको कारोबार पनि करीब ३ महिनासम्म बन्द नै रह्यो । राहतमा सरकारको कदम कोरोना भाइरसकै कारण समस्यामा परेका व्यवसायी तथा उद्योगीहरुलाई सरकारले पनि राहत प्रदान गर्यो । सहुलियत कर्जा, पुनर्कर्जा लगायतका सुविधाहरु ल्याएर सरकारले राहत प्रदान गरेको छ । जसले निजी क्षेत्रका केही समस्याहरु समाधान पनि भएका छन् । कर तिर्ने समावधि थप, विद्युत महसुल मिनाह, दण्ड जरिवाना नगर्ने लगायत सुविधाहरुले उद्योगी व्यवसायीहरुले राहत प्रदान गरे । तर सरकारले गर्नु पर्ने काम भने प्रयाप्त छन् । देशको पर्यटन क्षेत्र अझै माथि उठ्न सकेको छैन । पर्यटन क्षेत्रलाई चलायमान बनाउनको लागि अझै पनि सरकारले प्रयाप्त काम गर्न सकिने अवस्था छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट ग्रस्त अर्थतन्त्रको व्यवस्थापन गर्न सरकारले उल्लेख्य काम गरेको बताए । सरकारको बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायलाई सहज बाटोमा लिन सहज भएको उनको भनाई छ । लामो समयसम्को लकडाउन र निषेधाज्ञाले गत वर्ष दुई प्रतिशतले आर्थिक वृद्धि ऋणात्मक रह्यो भने यो वर्षको पहिलो तीन महिनामा साढे चार प्रतिशतले ऋणात्मक रह्यो, तर दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आउन सुरु भएको छ, राहातमा पनि सरकारले राम्रो काम गर्यो,’ उनले भने । सरकारले निजि र सरकारी अस्पताललका स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता पनि उपलब्ध गराएको छ । जसले उनीहरुलाई काम गर्न झन प्रोत्साहन मिल्यो । देशभर बढाएको पीसीआर परीक्षण ल्याबदेखि क्वारेन्टिन निर्माणमा पनि सरकारले उल्लेख्य काम गरेको छ । अर्थविद् तथा आर्थिक विश्लेषकहरुले अझै लकडाउन भए मुलुकको अर्थतन्त्र धरासायी बन्ने बताइरहेका छन् । यस अगाडि लामो समयसम्म भएको लकडाउनले सिर्जना गरेको आर्थिकमन्दी सामान्य अवस्था नहुँदै लकडाउन भए देश ठूलो आर्थिक चपेटामा पर्ने उनीहरुको तर्क छ । प्रविधिमा फड्को विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै सिकाएको पाठ भनेकै प्रविधिको प्रयोग हो । कोरोना भाइरसकै कारण उत्पन्न लकडाउनको समयमा घरभन्दा बाहिर निस्किन नसकेका सर्वसाधारणलाई एक अर्कामा सञ्चार र काम सहज गर्ने गतिलो माध्यम प्रविधि बन्यो । जसको कारणले मानिसले आफुलै दैनिक रुपमा गर्दै आएका कामहरु त्यसबाटै गर्न सफल भए । बैंक वित्तीय संस्थाहरुले होस् वा अन्य कुनै कार्यालयहरुले नै किन नहोस् उनीहरुले प्रविधिको प्रयोग बढाएर नियमित रुपमा कामलाई अगाडि बढाए । लकडाउनै समयमा अनलाइन मिटिङदेखि इन्टरनेटमै अर्थात घरबाटै कामहरु गर्न मानिसहरु सक्षम भए । लकडाउनपछि प्रविधिको प्रयोग पहिलेको भन्दा धेरै बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि प्रविधिको प्रयोग बढाएर आफ्ना ग्राहकहरुलाई सहज र सरल बैंकिङ सुविधा उपलब्ध गराए । अधिकांश शैक्षिक संस्थाहरुले अनलाइनबाट पठनपाठन गरे । जसले गर्दा शिक्षक र विद्यार्थीहरुलाई प्रविधिसँगको दूरी कम गरायो । फेरि लकडाउन हुने त्रास अहिलेसम्म नेपालमा कोभिड–१९ का २ लाख ७६ हजार ३ सय ८९ संक्रमितहरू पुष्टी भएका छन् । कोभिड–१९ संक्रमितमध्ये ३ हजार २० जनाको मृत्यु भएको छ । हाल १ हजार १ सय ८२ सक्रिय संक्रमित छन् । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले नेपालमा पनि फेरि बढेर सरकारले लकडाउन गर्ने होकि भन्ने वहश चौतर्फि रुपमा भइरहेको छ । तर, सरकारले भने हालसम्म लकडाउन बारे कुनै योजना नबनाएको बताइसकेको छ । तर, सतर्कता अपनाउन भने सरकारले सुझा पटक–पटक दिँदै आएको छ । गत वर्ष पनि भारतमा कोरोना संक्रमितको संख्या बढसँगै पछि नेपालमा पनि बढेका थिए । गृहमन्त्रालयका सुचना अधिकारी खुमकान्त आचार्य तत्कालै लकडाउनको योजना नभएको बताउँछन् । ‘अझै पनि कोरोना भाइरसको संक्रमण कायमै छ, छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, हामी सबैले सतर्कता अपनाउनु पर्छ,’ उनले भने । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै भीडभाड हुने कार्य नगर्नरनगराउन अनुरोध गरिसकेको छ । यस्तै सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले विभिन्न जिल्ला तथा स्वास्थ्य संस्थाहरुलाई क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । भारतबाट स्वदेश फर्किनको घुइँचो भारतमा कोरोनाको संक्तमण बढेसँगै भारतमा कामका लागि गएकाहरु स्वदेश फर्किने क्रम पनि बढ्दै गएको छ । देशका विभिन्न नाकाहरुबाट स्वदेश फर्किनेहरु अहिले बढ्न थालेका हुन् । नेपाल फर्कनेको संख्या बढे पनि सरकारले नाकामा भने कुनै सतर्कता र सुरक्षाका विधिहरु अपनाएको छैन । पछिल्लो समय भारतबाट आउने नेपालीहरुमा कोरोना भाइरस संक्रमण देखिएको पनि बताइएको छ । भारतबाट आएका नेपालीमा संक्रमण देखिएपछि सरकारले नाकामा कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा सङ्क्रमण देखिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका यहाँको पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले कैलालीको टीकापुरका दुई र डोटीका दुई जनामा सङ्क्रमण देखिएको बताए। ‘यस नाकाबाट दैनिक ५०० देखि ७०० सम्म नेपाली भारतबाट फर्किरहेका छन् ।’ अहेव साउदले भने, ‘सीमामा परीक्षण गर्दा हरेक दिनजसो कोरोना पोजेटिभ देखिएको छ ।’ उनले बुधबार सोही नाकामा परीक्षण गर्दा आठ र मङ्गलबार पाँच जनामा कोरोना देखिएको बताए । ‘एक साताको विवरण हेर्दा २० जनामा सङ्क्रमण देखिएको छ’, उनले भने, ‘भारतमा सङ्क्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा यहाँ सङ्क्रमण देखिन थालेको छ ।’ गड्डाचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको सङ्क्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरु सिमानाबाट फर्किने क्रम बढेको छ । ‘दैनिक चारदेखि पाँच सय नेपाली गड्डाचौकी नाकाबाट घर फर्किरहेका छन् ।’ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘सीमामा स्थानीय प्रशासनले भारतको सङ्क्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ ।’ कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट शुरु भए पनि भारतमा सङ्क्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो । त्यसैगरी कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना सङ्क्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना सङ्क्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ । प्रशासनले कोरोना सङ्क्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रहसमेत गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताए । ‘पूर्वी गौरीफन्टा नाकामा सङ्क्रमण बढी देखिएको छ’, उनले भने, ‘त्यहाँ कैलाली र कञ्चनपुरको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।’ गड्डाचौकी नाकामा पछिल्लो समय पाँच जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले माथिल्लो तहबाट आएको निर्देशनानुसार स्थानीय प्रशासन र पालिकासित समन्वय गरेर अघि बढेको छ । ‘सीमामै हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण भइरहेको छ’, प्रमुख सुनारले भने, ‘पञ्जाव, गुजरात र महाराष्ट्रलगायतका क्षेत्रबाट आइरहेकामा शङ्कास्पद देखिएको परीक्षण गर्ने गरिएको छ ।’ भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारवाही डोटी– पछिल्लो केही दिनयतादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेका कारण अहिले रोजगारीका लागि भारत गएका जिल्लाका दजनौँ नागरिक घर फर्किन थालेका छन् । छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ । डोटीबाट सयौँ नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर गएका र अहिले उनीहरु घर फर्किन थालेका कारण जिल्लामा कोरोनाको जोखिम बढ्ने निकै सम्भावना रहेको भन्दै सचेत हुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । कोभिड–१९ बारे फेरि सतर्कता अपनाउन प्रशासनले एक सार्वजनिक सूचना जारी गरी सबैमा अनुरोधसमेत गरेको छ । उक्त बैठकले छ बुँदे निर्णय गरी कार्यान्वयन गर्न/गराउन सबैमा आग्रह गरेको छ । भारतबाट घर फर्किने व्यक्तिले आफ्नो परिवारजन तथा समुदायको सुरक्षार्थ आफैँ सजग भई तोकिएको न्यूनतम अवधिसम्म क्वारेन्टिन/सेल्फ आइसोलेशनमा बस्ने, स्वास्थ्यसम्बन्धी कुनै समस्या वा सङ्क्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परामर्श तथा सहायता लिने, होली, नव वर्षलगाएतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सीमित सङ्ख्यामा परिवारका सदस्यबीच मात्रै मनाउने, साथै पर्वमा मानिस जम्मा भई गरिने शुभकामना आदान–प्रदान, घरघरमा खेलिने होलीजस्ता सांस्कृतिक कार्यक्रम, नाचगानजस्ता गतिविधि नगर्न/नगराउन उक्त निर्णयमा उल्लेख गरिएको छ । यसैगरी ठूलो सङ्ख्यामा भेला भई गरिने बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न, पूर्वनिर्धारित अत्यावश्यक कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल, रेष्टुरेण्ट, डान्सबारलगायतका मानिसको भीड हुने व्यवसाय राति अबेरसम्म सञ्चालन नगर्ने/नगराउने, सम्पूर्ण कार्यालय, निकाय, सङ्घसंस्था, शैक्षिक संस्थाले दैनिक सेवा प्रवाह एवं कार्यसञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने, भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने/गराउने र कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई नियन्त्रण एवं रोकथामका लागि भीडभाडमा नजाने, सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले बारम्बार हात सफा गर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गरी आफू र अरुलाई सङ्क्रमणबाट बचाउन आग्रह गरिएको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण तथा मृत्युदर बढेसँगै डोटीमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सुरक्षा मापदण्ड अपनाउन आग्रहसहित प्रशासनले सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, ‘कोरोनाबाट जोगिन हामीले सावधानीका लागि आग्रह गरेका छौँ, नियमको पालना नगर्नेलाई सङ्क्रमण रोग ऐनअन्तर्गत कारवाही हुनेछ ।’ नजिकै आइरहेको होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न सूचनामा भनिएको छ । रासस
चितवन मेडिकल कलेजमा पहिलाेपटक कलेजाे प्रत्याराेपण, उपत्यकाबाहिरकै पहिलाे
काठमाडाैं । चितवन मेडिकल कलेजमा पहिलाेपटक कलेजाे प्रत्याराेपण भएकाे छ । कलेजले बिहिबार पत्रकार सम्मेलन गर्दै कलेजमा पहिलाेपटक कलेजाे प्रत्याराेपण सम्पन्न भएकाे जानकारी दिएकाे हाे । कलेजकाे अनुसार उपत्यका बाहिर भएकाे याे पहिलाे कलेज प्रत्याराेपण हाे । भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा अस्पतालका चिकित्सक टाेलीले सफल कलेज प्रत्याराेण गरेकाे हाे । हालसम्म नेपालमा कलेजो प्रत्यारोपणका लागि चारवटा स्वास्थ्य संस्थाले मात्र अनुमति पाएका छन् । अनुमति पाउनेमा सरकारी तर्फबाट भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल रहेकाे छ भने निजी तर्फबाट चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् नेपाल रहेकाे छ ।