पूर्वी पहाडमै हाडजोर्नीको शल्यक्रिया सेवा सुरु

पाँचथर । पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा सुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो । उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि यससम्बन्धी सेवा सञ्चालनमा ल्याइएको हो । यसै साताबाट सञ्चालनमा आएको हाडजोर्नीको शल्यक्रिया सेवाबाट हालसम्म तीन बिरामीले सेवा लिइसकेको अस्पतालले जनाएको छ । हालसम्म पूर्वी पहाडका जिल्लामा हाडजोर्नीको शल्यक्रिया सेवाको अभाव थियो । यससम्बन्धी ससाना समस्याको उपचार गर्नसमेत झापा, मोरङ तथा सुनसरीका विभिन्न अस्पताल जानुपर्ने बाध्यता थियो । नियमित जाँच गराउनुपर्ने, हड्डीमा राखिएको स्टिल तथा रड झिक्नुपर्ने तथा ‘डे«सिङ’ गराउनुपर्ने बिरामी महङ्गो शुल्क तिरेर बाहिर बस्न बाध्य थिए । यही समस्यालाई मध्यनजर राखेर उक्त सेवा सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक राजेन्द्र कार्कीले बताए । विशेषज्ञ चिकित्सकका अतिरिक्त उक्त अस्पतालले करीब रु १८ लाख लागतमा अत्याधुनिक सेवा प्रदान गर्ने ‘सीआर्म मेसिन’ जडान गरेको छ । यहाँबाट पूर्वी पहाडका सेवाग्राहीलाई सेवा दिन आएका डा लिम्बूले हाडजोर्नीका ६० प्रतिशत समस्या समाधान गर्न आफू सफल हुने बताए । हाडजोर्नी भाँचिएको, टुटेको, फुटेकाको शल्यक्रियामार्फत उपचार गर्ने, स्टिल राख्ने तथा झिक्ने, जोर्नीसम्बन्धी समस्याको उपचार गरिने डा लिम्बूले बताए । उक्त अस्पतालले तराईका अस्पतालको तुलनामा ५० प्रतिशत कम शुल्कमा उपचार गर्ने जनाएको छ । ‘हाम्रो मुख्य उद्देश्य भनेको यहाँका बिरामीलाई यहीँ सेवा प्रदान गर्नु हो’, डा लिम्बूले भने, ‘यसैले हामी कम शुल्कमा बिरामीलाई सेवा दिन चाहन्छौँ ।’ यहाँ यसअघिसम्म भाँचिएको, टुटेको, फुटेकोलगायत हाडजोर्नीसम्बन्धी कुनै पनि सेवा सञ्चालनमा थिएनन् । दुर्घटनामा पर्नेलाई न्यूनतम पाँच घण्टाको यात्रापछि तराईका जिल्लामा लगेर उपचार गर्नुपर्ने बाध्यता थियो । हाडजोर्नीसम्बन्धी सेवा दिने सरकारी अस्पताल पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मात्रै हो । पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामलगायत जिल्लाका बिरामीलाई यहाँसम्म पु¥याउन कम्तीमा आठ घण्टा समय लाग्छ । भाँचिएको, टुटेको, फुटेको हड्डी राम्रोसँग नजोडिने, नियमित सेवा तथा परामर्शका लागि महङ्गो शुल्क तिरेर होटेलमा बस्नुपर्ने जस्ता समस्या थिए । उक्त अस्पतालले फिदिममै हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएपछि पाँचथरसहित इलाम, तेह्रथुम र ताप्लेजुङका बिरामीले सेवा लिनसक्ने भएका छन् । घरमै हिँड्ने क्रममा लडेर कुर्कुच्चाको हड्डी फुटेपछि उपचारका लागि आउनुभएका फिदिम नगरपालिका–५ का रविन तुम्बापोले फिदिममै शल्यक्रिया सेवा पाउँदा खुशी लागेको बताए । विशेषत दुर्घटनाका घाइतेको समयमा उपचार हुन नसक्दा हड्डी राम्रोसँग नजोडिने, बाङ्गो जोडिने तथा कतिपयलाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु नै हुने गरेको थियो । पच्चीस श्ययाको उक्त अस्पतालले सेवा क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ । रासस

कोरोनाविरुद्दको खोप ल्याउन निजी क्षेत्रले चासो देखाएनन्, आवेदन शुन्य

काठमाडौं । कुनै पनि निजि कम्पनीले खोप ल्याउनको लागि आवेदन नदिएको खुलेको छ ।सरकारले निजि क्षेत्रलाई खोप ल्याउने बाटो खुला गरेपनि कसैले पनि यस विषयमा चासो नदिएको पाइएको हो । ओैषधी व्यवस्था विभागले खोप ल्याउन अनुमतिको लागि आवेदन दिनलाई सुचना जारी गरेपनि कसैले त्यसमा आवेदन नदिएको विभागले जानकारी दिएको छ । कसैले पनि आवेदन नदिएपछि विभागले सोमबार९चैत ९ गते० पुनस् सुचना जारी गरेर थप ७ दिनको लागि म्याद थपेको छ । सरकारले केही समय खोप ल्याउन नसक्ने अवस्था देखिएपछि निजिको लागि पनि बाटो खुला गरेको हो । खोप ल्याउन नसकेको कारण हाल सरकारको खोप अभियान नै स्थगित भएको छ । सुचनामा भनिएको छ- ‘कोभिड(१९ खोपको आपत्तकालिन प्रयोग र आयत अनुमति प्रदान गर्ने सम्बन्धमा यस विभागबाट मिति २०७७र१२र०२ गतेमा प्रकाशित सार्वजनिक सूचनाको हकमा आजका दिनसम्म पनि कुनै रितपुर्वक आवेदन प्राप्त नभएको देखिएकाले थप सात दिनको अवधि कायम हुने गरी पुनस् यो सूचना प्रकाशित गरिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’

कोरोना भाइरसको दोस्रो लहर सुरु, सर्तकता अपनाउन सरकारको आग्रह

काठमाडौं । विश्वभर कोरोनाको संक्रमण दर बढ्न थालेको भन्दै सरकारले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा रोक लगाएको छ। पछिल्लो सयम भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै उक्त निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।