क्यान्सर उपचारमा नर्भिकको फोकस, उपचारकाे संभावित सबै विकल्प खाेज्न ट्यूमर बोर्ड गठन
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ट्यूमर बोर्ड गठन भएको छ । अस्पतालले साेमबार ट्यूमर बोर्ड गठन गरेकाे हाे । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा संभावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्यूमर बोर्ड गठन भएको अस्पतालले जानकारी दिएकाे छ । याे संभवत नेपालकै ठूलो ट्यूमर बोर्ड भएकाे अस्पतालकाे दाबी रहेकाे छ । अस्पतालकाे अनुसार क्यान्सरका बिरामीलाई संभावित उत्तम उपचार विधिमा समावेश गर्ने हेतूले गठित ट्यूमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । बोर्डको आकार बिस्तारै बढाउँदै लगिने अस्पतालले जनाएको छ। यस्तो अभ्यास यूरोप/अमेरिकाका स्तरीय अस्पतालहरुमा समेत हुने गर्छ । बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्ट लगायतका विशेषज्ञ चिकिसत्कहरुको सहभागिता छ । यस्तो टिममा अस्पतालको प्रशासन, व्यवस्थापनबाट समेत प्रतिनिधित्व हुने गर्छ । कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरुको राय भिन्न भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरु बताउँछन् । नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरुले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन् । कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोशिश गरिन्छ । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरुको विषयमा समेत छलफल हुने डा. झालर् बताए । सो क्रममा कुनै पनि क्यान्सरका बिरामीमा पहिचान भएको ट्यूमरको ग्रेडिङको विषयमा छलफल गरिन्छ । सोसँगै उपयुक्त उपचार विधिको विषयमा समेत बोर्डले निर्णय लिने गर्छ । ‘विश्वमा हरेक दिन ट्यूमर तथा क्यान्सरको उपचारको विषयमा रिसर्चहरु भइरहेका हुन्छन् । विभिन्न इन्भेष्टिगेसनबाट फरक फरक रिजल्टहरु पनि आइरहेका हुन्छन् ,’ डा. झाले भने–‘उपचारका विधिहरु पनि नयाँ नयाँ आइरहेका हुन्छन् । अन्य देशमा अभ्यासमा ल्याइने आधुनिक विधिहरुलाई कसरी भित्र्याउने, वा त्यस्तै ढंगले कसरी यहाँ उपचार गर्न सकिन्छ भन्ने जस्ता विषय पनि बोर्डमा छलफल हुन्छ ।’ क्यान्सरको उपचारमा विशेष गरी मेडिकल अन्कोलोजिष्ट(औषधिको मद्धतबाट क्यान्सरका बिरामीको उपचार गर्ने व्यक्ति), सर्जिकल अन्कोलोजिष्ट(सर्जरीबाट क्यान्सरको उपचार गर्ने चिकित्सक) र रेडिएसन अन्कोलोजिस्ट(रेडिएसनको मद्धतले क्यान्सरको उपचार गर्ने चिकित्सक) को मुख्य भूमिका हुन्छ । बोर्डमा पनि यस्ता विज्ञको सहभागिता गराउने चलन छ ।
अब काठमाडौं प्रवेशमा कडाई, सार्वजनिक कार्यक्रम पनि गर्न नपाइने
काठमाडाैं । अब काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारकाे याे निर्णयसँगै अब काठमाडाैं प्रवेशमा कडाई गर्ने भएकाे हाे । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टीजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए । यस्तै एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । ‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमणदर बढ्न नदिनको निम्ति हामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने भनेर निर्णय गरेका छौं र हरेक नगरपालिकाले एन्टीजेन टेष्ट गर्ने, त्यसपछि नाकाका नगरपालिकाहरुले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरु पनि तोक्ने र संक्रमण भएको व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने, कन्टयाक्ट ट्रेसिङ गर्ने भन्ने निर्णयहरु भएको छ’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । यस्तै, सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिका भित्र कम्तिमा एकएकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेकाे छ । यस्तै, विद्यालयहरुमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई मास्क लगाउनेदेखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालय मार्फत गर्ने निर्णय पनि भएको पराजुलीले बताए । उनले भने, ‘हरेक विद्यालयमा पनि चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, शिक्षा कार्यालय मार्फत त्यहाँको विद्यार्थी शिक्षकहरुलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने, कक्षा कोठाहरु व्यवस्थित गर्ने, साबुन पानीको व्यवस्था गर्ने, सेनिटाइजरको प्रयोग गर्ने भन्ने कुराहरु पनि भएको छ । हरेक नगरपालिकाले एउटाएउटा आइसोलेसन केन्द्र र क्वारेन्टाइनको व्यवस्था गर्ने र संक्रमित व्यक्तिहरुलाई तुरुन्त रिफर गर्ने भन्ने कुराहरु पनि भएको छ ।’ स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचार प्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । कोभिड–१९ का संक्रमितहरुको केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था स्थानीय तहमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियान अन्तर्गत मिति २०७७ चैत्र २५ देखि १८ वर्ष उमेर देखि ५९ वर्ष उमेर समुहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ्ग, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरु र काठमाडौं जिल्ला भित्रका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिका लगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवाला निकायहरुले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । साथसाथै आजैदेखि लागू हुनेगरी नेपाल प्रहरीले ठाउँठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । यस्तै सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न समितिले आग्रह गरेको छ।
दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिए
काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १ हजार ८३२ पुगेकाे छ । नेपालमा आजसम्म २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०२ जना निकाे भएसँगैं हालसम्म २ लाख ७३ हजार ७४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३०३६ पुगेकाे छ ।