बुधबार ७ हजार ९८९ जनाले जिते काेराेना
काठमाडाैं । बुधबार ७ हजार ९८९ जना काेराेना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बुधबार ७ हजार ९८९ जना काेराेना संक्रमणमुक्त भएका हुन् । यस्तै पीसीआर विधिबाट ८०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका छन् । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणकाे कारण २४६ जनाकाे मृत्यु भएकाे छ ।
विपन्न नागरिककाे नि:शुल्क उपचार हुने यी हुन् काठमाडाैंकाे १४ अस्पताल
काठमाडाैं । काठमाडाैंकाे १४ अस्पतालमा काेराेना संक्रमितकाे विपन्न नागरिककाे नि:शुल्क उपचार हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिककाे नि:शुल्क उपचारकाे लागि काठमाडाैंकाे १४ वटा अस्पताललाई ताेकेकाे छ । ताेकिएका अस्पतालहरुमा बानेश्वरस्थित सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, जाेरपाटीस्थित नेशनल मेडिकल कलेज, साेर्ह्रखुट्टेस्थित पिपल्स डेन्टल कलेज, काठमाडाैं नेशनल मेडिकल कलेज, समिट हस्पिटल, हेल्पिङ ह्याण्डस अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, ललितपुरकाे आन्नदबन अस्पताल, काठमाडाैं यसिनभर्सिटी स्कुल अफ मेडिकल साइन्स, सिनामंलस्थित काठमाडाैं मेडिकल कलेज र चाबाहिलकाे मेडिकेयर अस्पताल रहेकाे छ । विस्तारै अन्य अस्पताललाई पनि विपन्न नागरिककाे नि:शुल्क उपचारमा सामेल गराउने तयारी भइरहेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले देशभरकाे ३० अस्पतालसँग विपन्न नागरिकलाई नि:शुल्क उपचार गराउनकाे लागि सम्झाैता गरेकाे छ ।
काेराना संक्रमित विपन्न नागरिककाे यी ३० अस्पतालमा नि:शुल्क उपचार हुने
फाइल फाेटाे काठमाडाैं । काेराेना संक्रमित विपन्न नागरिककाे नि:शुल्क उपचारकाे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० अस्पताल ताेकेकाे छ । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै काेराेना संक्रमित विपन्न नागरिककाे लागि नि:शुल्क उपचार हुने अस्पतालकाे विवरण सार्वजनिक गरेकाे हाे । मन्त्रालयकाे अनुसार यि ३० वटा अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरिसकेकाे छ । सार्वजनिक विवरण अनुसार निशुल्क उपचार हुने अस्पतालमा प्रदेश १ बाट नाेबल मेडिकल कलेज तथा शिक्षण अस्पताल रहेकाे छ भने प्रदेश २ बाट नेशनल मेडिकल कलेज विरगंज र जानकी मेडिकल कलेज रहेकाे छ । यस्तै निशुल्क उपचार हुनेमा वाग्मती प्रदेशका १७ अस्पताल, गण्डकी र लुम्बिनी प्रदेशकाे २-२ वटा अस्पताल र सुदुरपश्चिमकाे ६ वटा अस्पताल रहेका छन् । मन्त्रालयले थप अस्पतालहरुलाई यसमा सामेल गराउँदै लैजाने बताएकाे छ ।