आइतबार ३ हजार ९९४ जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ९९४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार ५१७ जनाको पिसिआर र ४ हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६९४ जना र एन्टीजेटमाफर्त ७१३ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ४१२ पुगेको छ ।

रुपन्देहीमा नेपालकाे पहिलाे तरल अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उनले कोभिड –१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताए । ‘दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिण्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महङ्गो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किन्यौँ’, उनले भने । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक सय श्ययाभन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराए । महामारीका समयमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शङ्कर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको बताए । उनले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारीे दिए । ‘महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ’, उनले भने । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए । आगामी दिनमा कोभिड–१९ को महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने भन्दै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताए । अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने उनको भनाइ थियो । रुपन्देहीको सिमरहवामा स्थापित उक्त प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

काठमाडाैं महानगरले राेकेकाे खाेप अभियान भाेलिदेखि पुन:संचालन हुँदैं, ४ वटा अस्पताल ताेकियाे

काठमाडाैं । काठमाडाैं महानगकाे राेकिएकाे खाेप अभियान भाेली (जेठ ३१ गते) देखि पुन: सुचारु हुने भएकाे छ । महानगरले ६० देखि ६४ वर्षकाे उमेर समूहकाे लागि संचालन गरेकाे खाेप अभियान लक्षित समूहभन्दा बाहिरकाले लगाएकाे पाएपछि शुक्रबार बन्द गरेकाे थियाे । महानगरले आज एक विज्ञप्ती जारी गर्दै जेठ ३१ र असार १ गते ६० र ६१ वर्षकाे उमेर समूहलाई लगाइने खाेल जनाएकाे छ । महानगरका अनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ। खोप कार्यक्रम विहान १० देखि ४ बजेसम्म जारी रहने छ। खोप लिनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने छ ।