ललितपुरमा साउन ४ गतेदेखि जाेन्सन एण्ड जाेन्सनकाे खाेप लगाइने, कसले पाउँछन् ?

काठमाडौं । ललितपुर महानगरपालिकाले जोन्सन एन्ड जोन्सनकाे खोप साउन ४ गतेबाट लगाउने भएकाे छ । महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन ४ गतेबाट ५० देखि ५४ वर्ष उमेर समूहलाई खाेप लगाउने जानकारी दिएका हुन् । जाेन्सन एण्ड जाेन्सनकाे खाेप एक डाेज लगाए मात्र पनि पुग्दछ । गलालकाे अनुसार भेराे सेल खाेप भने साउन २ र ३ गतेदेखि लगाइने निर्णय भएकाे छ । भेराे सेल खाेप भने चाहिँ ५५ देखि माथिका उमेर समूहलाई लगाउने निर्णय गरिएकाे गलाले बताए । याे खाेप भने दुवै डाेज लगाउनु पर्दछ । खाेप लगाउने स्थान यस अघिकै वडाका खाेप केन्द्र रहेकाे उनले बताए ।    

सरकारी तथा निजी अस्पतालमा घटे कोरोना सङ्क्रमित

काठमाडाैं । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् । कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० श्ययामार्फत कोभिड–१९ बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि कूल ४०० श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च बिन्दुमा हुँदा ५७ सघन उपचार केन्द्र र ३९ भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए । कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि १६० श्यया छुट्याएको छ । जसमध्ये कोरोनाका ९४ बिरामी भर्ना भएर उपचार गराइरहेको डा दासले बताए । भर्ना भएका ९४ बिरामीमध्ये ३० बिरामीको सघन उपचार केन्द्र एवं भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । गत वर्षको कोरोना सङ्क्रमणको समयमा टिचिङ अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि जम्मा १०० श्यया छुट्याइएको थियो । निजी लगानीमा सञ्चालित अस्पतालमा पनि कोरोना सङ्क्रमित बिरामीको सङख्यामा कमी आएको छ । कूल २०० श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराउँदै आएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोरोना उच्च बिन्दुमा पुग्दा दैनिक ७५ देखि ८० बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि ८४ भन्दा बढी श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च विन्दुमा हुँदा १८ सघन उपचार एवं भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको थियो । कोरोना सङ्क्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि छुट्याइएको श्ययामा पनि कटौती गरेको छ । अस्पतालका प्रशासक हरि खड्काले हाल दैनिक ८ देखि १० जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गरेको जानकारी दिए। उक्त अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामी पनि घटेको छ । ग्राण्डीले गत वर्ष कोरोना बिरामीका लागि ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघन उपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गरेको थियो । दोस्रो चरणको कोरोना सङ्क्रण शुरु हुनुपूर्व दैनिक ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक जम्मा २०० देखि ३०० बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महँगो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको प्रशासक खड्काको भनाइ छ । सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ का बिरामी घटेपछि अस्पतालमा माग हुँदै आएको कोरोना उपचार सामग्रीको बिक्रीवितरण समेत घटेको छ । दुई वर्षदेखि काठमाडौंको सामाखुशीमा स्वास्थ्यसामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिटलको प्रालिका निर्देशक बद्रीनाथ घिमिरेले कोरोनाका बिरामी घटेसँगै अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको मागमा कमी आएको जानकारी दिए । ‘कोरोना बिरामी घटेसँगै कोरोना उपचारका लागि आवश्यक पिपिइ, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटरलगायतका स्वास्थ्य सामग्रीको मागमा कमी आएको छ’, उनले भने । सरकारी तथ्याङ्कअनुसार पछिल्लो पटक असार २९ गते देशभर २४ घण्टामा दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो भने कोरोना सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाएका थिए । रासस

जोन्सन एण्ड जोन्सनकाे भ्याक्सिनमा जोखिम देखियो, खोप लाएर समस्या देखिएका अधिकांश मानिस हस्पिटलमा

काठमाडौं । नेपाललाई अमेरिकाले सहयोग गरेको जोन्सन एण्ड जोन्सनको खाेपमा समस्या देखिएकाे छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार साे खाेपमा समस्या देखिएकाे हाे । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८४ डोज खोप सहयाेग गरेकाे छ । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत नेपाललाई कोरोना विरुद्धको उक्त खोप दिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम द न्युर्योक टाइम्सका अनुसार अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले सोमबार जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले निकै दुलर्भ रहेको ‘गलियन ब्यार्र सिन्ड्रम’ एक प्रकारकाे न्युरोलोजिकल समस्या निम्त्याउन सक्ने चेतावनी दिएकाे छ । यद्यपि नियामकहरुका अनुसार उक्त भ्याक्सिनले यस्ताे अवस्था निम्त्याउने सम्भावना निकै नै न्युन रहेकाे छ । सामान्य मानिसकाे तुलनामा जाेन्सन एण्ड जाेन्सनका खाेप लगाएका मानिसमा याे राेग देखिने सम्भावना ३ देखि ४ प्रतिशत बढी रहेकाे छ । एफडीएका अनुसार १ करोड २५ लाख मानिसमा जानसेन खोप लगाउँदा करिब १०० जनामा गुइलिन बारेको संक्रमण देखिएको छ । गलियन ब्यार्रको संक्रमण देखिएका १०० जनामध्ये ९५ जनाको अवस्था गम्भीर बनेको र अस्पतालमा भर्ना गर्नुपरेको सञ्चारमाध्यले उल्लेख गरेकाे छ । यसबारे विस्तृत अध्ययन भने भइरहेकाे बताइएकाे छ । अर्काे अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘द वाल स्ट्रिट‘ जरनलका अनुसार सेन्टर फर डिजिज कन्ट्राेल एण्ड डिभिजनले खाेप लगाएका करिब १२.८ मिलियन मानिसहरु मध्ये करिब १०० जनाकाे रिपाेर्टमा यस्ताे समस्या देखिएका जानकारी दिएकाे छ । रिपाेर्टका अनुसार भ्याक्सिन लगाएकाे २ हप्तापछि ५० वर्षभन्दा माथिका उमेरका पुरुषलाई गलियन ब्यार्रकाे असर देखिएका थियाे । धेरै समस्या भने खाेप लगाएकाे ४२ दिनपछि देखिएकाे रिपाेर्टले जनाएकाे छ । ‘गलियन ब्यार्र सिन्ड्रम’ अन्य भ्याक्सिनमा पनि देखिएकाे एकदमै दुर्लभ असर हाे । अमेरिकामा हरेका वर्ष प्रत्येक १ मिलियन मानिसमा १० जनालाई यस्ताे समस्या देखिने गरेकाे छ । धेरै मानिसहरु यसकाे जटिल लक्षण देखिएपश्चात पनि निकाे भएकाे पाइएकाे छ ।