थप १ हजार ६७८ जनाले जिते कोरोना, २ हजार ९७७ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यससगैँ हालसम्म ६ लाख ३९ हजार ३६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) ​भएका छन् । नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १३ हजार ६९८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ९८२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

मुटु रोेग विशेषज्ञ खत्रीले एक वर्षसम्म मुटु रोगको उपचार गर्न नपाउने

काठमाडौं । नेपाल मेडिलक काउन्सिलले मुटु रोग विशेषज्ञ डा. ऋषि खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचार गर्न रोक लगाइएको छ । बिरामीको उपचारमा लापरबाही गरेको आरोपमा खत्रीलाई मुटु रोगको उपचारबाट बञ्चित गराएको हो । उनलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पत्र पेश गरेपछि मात्र मुटु रोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय भएको काउन्सिलले जनाएको छ । डाक्टर खत्रीविरुद्ध नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट राकेश राणाका श्रीमती पुष्पा शाहले उजुरी दिएकी थिइन् । उजुरीमाथि छानविन गर्दा राणाले चिकित्सकीय लापरबाही गरेको देखिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन, को को बने नयाँ सञ्चालक ?

काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।