पाँच जना डिजेल तस्कर ट्याङ्करसहित पक्राउ
मोरङ, १ चैत । डिजेल तस्करी गर्न लागेको अवस्थामा मोरङ विराटनगरको एक पेट्रोल पम्पबाट गए राति ट्याङ्करसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नेपाल आयल निगम नजिक रहेको धिताल पेट्रोल पम्पबाट डिजेल तस्करी गर्न लागेको अवस्थामा ना४ख ४१४२ नम्बरको ट्याङ्कर र पम्पका तीन जना कर्मचारीसहित पाँच जनालाई प्रहरीले राति १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पम्पबाट ट्याङ्करमा खन्याएर डिजेल अन्यत्र लैजान लाग्दा प्रहरीले फेला पारेको थियो । प्रहरीले पम्पका कर्मचारी सुनसरी बकलौरी–३ का अन्दाजी ३०÷३५ वर्षीय सीताराम चौधरी, विराटनगर– ५ का २८ वर्षीय बजारु चौधरी, मोरङको अमरदह–८ का ३७ वर्षीय रमेशप्रसाद अधिकारीलाई पक्राउ गरेको हो । ट्याङ्करका चालक सुनसरी छिटाहा–२ का २४ वर्षीय जोगेन्द्र उराउ र सहचालक सुनसरी प्रकाशपुर–६ का २२ वर्षीय भीमबहादुर माझी पनि पक्राउ परेका छन् । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए। रासस
सांसद्को बैंक लक्करमा १४ थान गोली भेटियो, ल्हारक्याल लामा प्रहरी हिरासतमा
३० फागुन, काठमाडौं । सामान्यतय बैंकले उपलब्ध गराएको लक्करमा ग्राहकले हिरा, सुन, जाँदी लगायत वहुमुल्य सामान तथा नगद नै राख्ने गरेका छन् । एकीकृत माओवादीका विवादस्पद सांसद ल्हारक्याल लामाको इनभेष्टमेन्ट बैंकमा रहेको लकरमा गोली भेटिएको छ । दरबारमार्गमा रहेको इनभेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक गर्दा १४ थान थोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिए। ल्हारक्याल लामा अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनको सम्पत्तिमाथि छानबिन गरिरहेको थियो । छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता पुस्करले बताए । ‘बैंकमा रहेको लकर खोल्ने समयमा ल्हाक्याललाई अख्तियारले बैंकमा संगै लगेको थियो । गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । उनी मार्थि महानगरिय अपराध अनुसन्धान महाशाखाले छानविन अगाडि बढाउने भएको छ । लामालाई हातहतियार खरखजाना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता पुस्करले बताए । उनको नियुक्तीलाई लिएर त्यत्तिवेला पनि एमालेभित्र चर्को विरोध भएको थियो । पछि लामाले २ वटा नागरिकता फरक फरक नाममा लिएको प्रमाण बाहिर आएइपछि खनालले राजीनामा दिन लगाएका थिए। नागरिकता प्रकरणबाट टाढिँदै लामा एमाओवादी नजिक पुगे । एमाओवादी भित्र पनि लामालाई लिन हुन्न भनेर विरोध भएको थियो । तर विरोध पन्छाउँदै एमाओवादी अध्यक्ष प्रचण्डले लामालाई संविधानसभा सदस्यमा नियुक्त गरेका थिए।
९० अर्ब भारु ऋण डुवाएर विजय माल्या बेपत्ता
काठमाडौं, ३० फागन । विभिन्न १७ वटा बैंकको करिव ९० अर्ब भारतीय रुपैयाँ ऋण डुबाउदै भारतीय अर्बपति व्यापारी विजय माल्या बेपत्ता भएका छन् । पूर्व सांसद रहेका माल्याको बारेमा यतिबेला भारतको संसददेखि सडकसम्म खोजी भईरहेको छ । उनी भारत छाडेर तेस्रो देशमा लुकिछिपि बसिरहेको आरोप लागेको छ । विजय माल्या भारतीय संसदमा विपक्षी दलका नेताले माल्या देश छाडेर भाग्दा समेत सरकार किन मौन रह्यो भनेर प्रधानमन्त्री मोदीको आलोचना शुरु गरेपछि उनको बारेमा भारतीय सञ्चार माध्यमहरुले महत्वका साथ सामाचारहरु प्रस्तुत गरिरहेका छन् । तर माल्यले आफू भातर छाडेर नभागेको बताएका छन् । भारतीय संचार माध्यमहरुले आफ्नो बारेमा गलत प्रचार गरिरहेको दावी गर्दै युनाइटेड ब्रुअरी ग्रुपका अध्यक्ष माल्याले ट्वीटरमा भनेका छन्–संचारमाध्यमले जब खोजी शुरु गर्छ, त्यहाँ आगोमा दन्कन्छ, सत्य र तथ्य खरानीमा परिणत हुन्छन् । तर उनले भारतको अदालतको भने प्रशंशा गरेका छन् र ट्वीटेका छन–‘भारतको न्याय प्रणाली एकदमै पारदर्शी छ ।’ माल्याले आफू भारत छाडेर भागेको आरोप अस्वीकार गरे पनि भारत सरकारले उनी देशभित्र नरहेको जनाएको छ । भारतीय संसदमा जवाफ दिँदै अर्थमन्त्री अरुण जेटलीले भनेका छन्–उनको पासपोर्ट खोस्नु अघि नै उनी देश छाडिसकेका रहेछन । जेटलीका अनुसार बैंकहरुले उनीबाट ऋण उठाउन कुनै पनि कसर बाँकी राख्ने छैनन् । माल्यालाई ऋण दिएका बैंकहरुले उनी देश छाडेर भाग्न सक्ने आशंका व्यक्त गर्दै सरकारले उनको पासपोर्ट खोस्नु पर्ने माग राखेर आदालतमा निवेदन दिएका थिए । तर संघीय अनुसन्धान निकायले उनी गत हप्ता नै विदेश हिँडेको जानकारी दिएपछि घटना एकाएक चर्चामा आयो । अदालतबाट वा माथिल्लो निकायबाट उनको पासपोर्ट खोस्न वा विदेश जानबाट रोक्न कुनै आदेश आफूले नपाएको संघीय अनुसन्धान निकायको भनाइ छ । अहिले माल्या कहाँ छन् भन्ने बारे कसैले पनि प्रष्ट पारेका छैनन् । तर उनी बेलायत, अमेरिका वा फ्रान्समा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ । सञ्चार मध्यमहरुले जनाए अनुसार माल्यासँग अमेरिकाको न्युयोर्क सिटी, फ्रान्सको रिविएरा, दक्षिण अफ्रिका तथा गोवामा लगायत विभिन्न देशहरुमा कयौं आलिशान बंगलाहरु छन् । माल्याको उदय र पतन सन् १९८३ मा मदिरा व्यवसायमा प्रवेश गरेका थिए जतिबेला उनी २७ वर्षका मात्रै थिए । यो उनको पुस्तौलि पेशा हो । उनका पिता भिट्टल माल्याको हर्टअट्याकबाट निधन भएपछि बाहुको कम्पनी युवी समूहको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भए । माल्याले नेतृत्व गरेपछि युवी समूहको युनाइटेड स्प्रिट्सको कारोवार पनि बढ्न थाल्यो । उनले विश्वविद्यालय अध्ययन गरेको दक्ष जनशक्तिलाई आफ्नो कम्पनीमा प्राथमिकताका साथ भित्र्याए । भर्खरै खुला भएको भारतीय अर्थतन्त्र र बढ्दो सञ्चार माध्यमबाट उनले प्रयाप्त लाभ लिने गरी मदिराको बजारीकरण गरे । उनले सन् २००५ मा रोयल च्यालेन्ज ह्वीस्की बनाउने शाँ वालेस किने । सन् २००६ मा रामानोस भोड्का र व्यागपाइपर ह्वीस्की बनाउने कम्पनी हर्बर्टसन्स किने । सन् २००७ मा बेलायती ह्वीस्की कम्पनी ह्वाइट एण्ड मंक किने । त्यतिबेला को कम्पनी युवी स्प्रिट्स भारत मात्रै होइन विश्वको सबैभन्दा ठूलो मदिरा कम्पनी बन्यो । माल्यामा महत्वकांक्षा बढ्दै गयो । आफूलाई मदिराको वादशाह मात्र होइन, भारतको उद्योगपतिका रुपमा स्थापित गर्न चाहे । उनले त्यसका लागि इन्जिनियरिङ, फर्टिलाइजर, टेलिभिजनदेखि चार्टर्ड विमान कम्पनीहरुमा लगानी गरे । उनले चार्टर्ड विमान सेवापछि किंगफिशर एयरलाईन्स सुरु गरे । विजय माल्य जीवनी ‘द बिजय माल्या स्टोरी’ किताव लेख्ने गिरीप्रकाशका अनुसार किंगफिशर एयरलाईन्समा उनले पानी जस्तै पैसा बगाए । किंगफिशरलाई उनले फ्लाइग फाइव स्टार होटलका रुपमा चिनाउने प्रयास गरे । किंगफिशरमा मोडललाई एयर होस्टेसका रुपमा लिइयो, यात्रीका लागि विदेशबाट महँगा पत्र पत्रिका मगाइए । कसैको प्लेन छुटे उसलाई अर्को एयरलाइन्सबाट समेत पठाउने व्यवस्था गरियो । यही बेला पेट्रोलियमको मूल्य महँगो भएको थियो । यो सबैको असर कम्पनीको मुनाफामा पर्यो । सन् २०१२ मा किंगफिशर एयरलाईन्सका कर्मचारीले तलव नपाए पछि हड्ताल गरे । आयकर विभागले एयरलाईन्सको अकाउण्ट सिज गर्यो, एयरलाइन्स बन्द भयो । अक्टुवरमा सरकारले किंगफिशर एयरलाइन्सको लाइसेन्स सस्पेन्ड गरिदियो । उनले अनेक प्रयासपछि पनि किंगफिशर एयरलाईन्सलाई व्युँताउन सकेनन् । एयरलाइन्स बन्द भएपछि कम्पनीमा दायित्व माथि दायित्व थपिंदै गयो। कम्पनी बन्द भएपनि अहिलेसम्म एयरलाइन्समा १५०० भन्दा बढी कर्मचारी पेरोलमा छन् । ऋणको साँवा र व्याज बढ्दै गएको छ । समयमा कर चुक्ता नगर्दा त्यसको भार पनि थपिंदै गएको छ । हाल उनले भारतका विभिन्न १७ बैंकलाई करिव ९० अर्ब ऋण तिर्नुपर्ने देखिएको तर उनी बेपत्ता भएको विषयलाई भारतीय सांसद गम्भिर रुपमा उठाईएको छ । बैंकले कम्पनीलाई दिएको ऋण कम्पनीबाट नै उठाउन माल्याले चुनौति दिदै आएका छन् । ‘बैंकबाट मैले ऋण लिएको होइन ऋण किंगफिशर एयरलाइन्सले लिएको हो । त्यसैले पैसा पनि मेरो व्याक्तिगत सम्पत्तीबाट होइन किंगफिशरबाटै असुल गर ।’ उनको सम्पत्ति खोजी गर्न, सम्पत्तिहरु जफत गर्न र कर्जा असुलीमा सहयोग गर्न भारतीय बैंकहरुले सरकारलाई दवाव दिदै आएका छन् । माल्याले बैंकबाट लिएको कर्जाबाट निजी सम्पत्ति जोडेकोले उनको सम्पत्ति खोजी गरि जफल गर्नुपर्नेमा सञ्चार माध्यमहरुले जोड दिदै आएका छन् । सञ्चार माध्यम माल्याप्रति आक्रामक हुँदै उनको सम्पत्तिबारे प्रश्नहरु गर्न थालेपछि माल्याले ट्वीटरमा भनेको छन्–‘मेरो सम्मत्ति पार्लियमेन्र्टी डिस्क्लोजरमा उल्लेख गरिएको छ ।’ उनी सभासद हुँदा आफ्नो सम्पत्ति घोषणा गरिएको र त्यहि नै आधिकारी भएको उनको दावी छ । एजेन्सीहरु