नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस सेयरमूल्यमा समायोज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोज भएको छ । नेप्सेमा नयाँ सारथी लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन भएको हो । लघुवित्तले बुक क्लोज गरेसँगै बोनस सेयर नेप्सेमा समायोजन भएको हो । लघुवित्तको १९ प्रतिशत बोनस सेयर मूल्यमा ६२६.८९ रुपैयाँ कायम हुने गरी समायोजन भएको हो । लघुवित्तको मंगलबार प्रतिकित्ता ७४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
२ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । विभिन्न २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका लघुवित्त र विजय लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज चैत १५ गते अन्तिम दिन हो । यी दुवै लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गतेदेखि साधारण सभाको दिनसम्म बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । कालिका लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १३औँ वार्षिक साधारण सभा चैत २९ गते बुद्धचोक पोखरामा बिहान ९ बजे बोलाएको छ । यस्तै, विजय लघवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले दशौँ वार्षिक साधारण सभा चैत २८ गते गैडाकोट नवलपरासीमा बिहान ११ः३० बजे बोलाएको छ ।
यूनियन लाइफको सेयर संरचना परिवर्तन, १९ प्रतिशत सर्वसाधारण समूहमा थपियो
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो । कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ प्रतिशतमा परिणत गरिएको हो । कम्पनीको सस्थापक समूहको १९ प्रतिशत सेयर घटाएर सर्वसाधारण समूहमा थप गरिएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर अनुपात ७०:३० प्रतिशत रहेको थियो । साथै कम्पनीको माघ २६ गते सम्पन्न पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५१:४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिसकेको कम्पनीले जनाएको छ । सो बमोजिम आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा ७ दिनभित्र लिखित जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । यदि उक्त अवधिमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।