लिबर्टीको विशेष साधारण सभा सम्पन्न, ३० प्रतिशत आईपीओ जारी गर्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय पोखरामा श्रावण ३१ गते सभा सम्पन्न भएको हो । सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने प्रस्ताव पास भएको छ । सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता अईपीओ सेयर जारी गर्न प्रस्ताव पारित भएको हो । नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पारित पारित भएको कम्पनीले जनाएको छ । सोही विशेष साधारण सभाबाट आईपीओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने निर्णय भएको छ ।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बुद्ध एयरमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रूपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको हो ।

बिजनेस विस्तारमा आक्रामक बन्यो सिटिजन लाइफ, नाफा घटे पनि हिमालयनलाई टक्कर दिँदै सन नेपाल

काठमाडौं । गत आर्थिक वर्ष २०८०/ ०८१ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा औसत १५.१८ प्रतिशतले बढेको छ । यो अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरूले ५ अर्ब ७३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो आव २०७९/०८० मा यस्तो नाफा ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ थियो । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । हिमालयन लाइफले ६३ करोेड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा सन् नेपाल लाइफले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आईएमई लाइफले ५१ करोड ४५ लाख, नेपाल लाइफले ५१ करो ४० लाख र मेट लाइफले ५० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । धेरै नाफा वृद्धि गर्ने कम्पनीको पहिलो नम्बरमा सिटिजन लाइफ छ । सिटिजनले अघिल्लो आवको तुलनामा गत आवमा २१६.४७ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवमा ३२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा १० करोड २६ लाख रुपैयाँ थियो । राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ र आइएमई लाइफको खुद नाफा क्रमशः १९५.४४, १४६ र १४५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफको खुद नाफा १०४.४१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा सन नेपलाल लाइफ, मेट लाइफ र एआईसी नेपालको भने खुद नाफा  घटेको छ । सन नेपालको नाफा अघिल्लो आवको तुलनामा घटे पनि नाफाको हिसाबमा भने हिमालयनलाई पछ्याइरहेको छ । हिमालयनको नाफा ६३ करोड ३८ लाख हुँदा सन नेपालले ५७ करोड ४९ लाख रुपैयाँ छ । जुन जीवन कम्पनीमा दोस्रो बढी नाफा हो । कुन कम्पनीको नाफा कति ?