आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन (क्यासलेश हस्पिटलाइजेशन) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबीच क्यासलेस सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि.बीच ग्राहकहरुलाई नगद रहित (क्यासलेस) हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र बि एण्ड बि अस्पतालका तर्फबाट उप निर्देशक डा. निरजलाल बैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात यस इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म बि एण्ड बि अस्पातालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउन सक्नेछन् । साथै, ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

प्राइम लाइफको २ लाख ७१ हजार कित्ता हकप्रद पुनः लिलामीमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिन लागिएको छ ।  कम्पनीलको २ लाख ७१ हजार ९७८ कित्ता साधारण हकप्रद सेयर बिक्रीका लागि जेठ २ गतेदेखि बिक्री खुला गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ ९ गते तोकिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । प्राइमले चुक्तापुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि बाँकी हकप्रद लिलामी गर्न लागेको हो ।