सनराइज फस्र्ट म्युचुअल फण्डले दश करोड इकाई बिक्री गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौँ । सनराइज बैंक लिमिटेडद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ २३ गते उक्त संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, प्राध्यापक पूर्णमान शाक्य र सिए सुधिरकुमार शर्मा रहेका छन् । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटलमार्फत अंकितमूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

नागभुषण महादेव मन्दिरलाई जनता बैंकको १ लाख ५० हजार सहयोग

काठमाडौँ । जनता बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको जनाइएको छ ।

प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजीका सामाग्री खरिद गर्दा आकर्षक छुट

काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा छुटको व्यवस्था गरेको छ । सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टायल शोरुम बाट टिभी, फ्रिज वाशिङ मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुने जनाइएको छ ।