तीन सहकारीकाे भयाे एकीकरण, कुन कुन गाभिए ?

पाल्पा । बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो । वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, महिला जागृति बराह बहुउद्देश्यीय सहकारी र वडा नं ९ स्थित सिर्जना सहकारी संस्था एकीकरण भएका हुन् । गाउँपालिकाबाट एकीकरणका लागि सैद्धान्तिक सहमतिअनुरुप एकीकरण गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताएका छन् । सहकारी एकीकरणले पूँजी बलियो र प्रभावकारी व्यवस्थापन हुने उनको विश्वास छ । एकीकरणपछि सहकारी सदस्यमा आर्थिक पहुँच विस्तार हुनेछ । एकीकरणपछि नयाँ बनेको सहकारीको नाम बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ । सहकारीका शेयर सदस्यको सङ्ख्या एक हजार २२५ पुगेको छ । शेयर पूँजीतर्फ रु १७ लाख, बचततर्फ रु ३८ लाख र रु दुई करोड ८० लाख ऋण लगानी छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गरिबी हटाउन र व्यावसायिक बनाउन सहकारीको ठूलो भूमिका रहेको बताए । ससाना पूँजीमा सञ्चालित सहकारी एककीरण गरी नमूना काम भएको उनको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहकारीले गरीब तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार ल्याउन सफलदायी हुने विश्वास व्यक्त गरेका छन् । जिल्ला सहकारी सङ्घका अध्यक्ष धु््रवराज अधिकारीले सहकारीको मूल्य र मान्यताअनुसार नै सहकारीको एकता र उचित व्यवस्थापन गर्न खाँचो रहेको बताएका छन् । रासस

उद्यमी व्यापारीका दशैं, खासै नयाँ छैन

काठमाडौं । दशैं हिन्दु नेपालीहरुको महान चाड होे । विदेश तथा स्वदेशमा भएका नेपालीहरु आ आफ्नो गाउँ घरमा गएर मनाउने गर्छन । नेपालमा दशैको लहर चलेको छ । दशैंलाई राष्ट्रिय चाड मानिन्छ । नेपालमा दशैंमा दुई तरिकाले हेर्ने गरेको पाइन्छ । धार्मिक र प्रगतिशिल दृष्टिकोणको रहेको छ । धेरैले अहिलेसम्म धार्मिक पक्षलाई नै महत्व दिइँदै आइएका छन् । दशैंलाई त्यहि रुपमा मनाउदै आइरहेका छौं । उद्योगीहरूले पनि दशैमा पूजा गरेर नै मनाउने बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वर्षभरीको थकाइ मेटाउन घरमा नै आराम गरेर दशैं मनाउने बताए । ‘म दशैंमा तास खेल्दिन, मासु र रक्सी पनि खान्न,’ उनले भने । बालापान र अहिलेको दशैं धेरै फरक भएको बताए । दशैं पूजा गरेर र मान्यजनहरुबाट टिका थापेर नै दशै मनाउने जानकारी दिए । उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष चन्द्र ढकाल भने यो वर्षको दशैैंमा नेपाल नहुने भएका छन् । उनी उद्योग वाणिज्य महासंघको कार्यक्रममा युरोप जान लागेको बताए । उनी सप्तमीको दिन आईएलोको कार्यक्रमका लागि नेदरल्यान्ड गएर १ हप्ता पछि फर्किने बताए । उनले भने यो वर्षको दशैंमा कार्यक्रमको सिलसिलामा युरोपमा हुने भइयो । नेपाल उद्योग परिसंघका निर्वातन अध्यक्ष हरिभक्त शर्माले भने सामान्य तरिकाले नै दशै मनाउने बनाए । उनले भने ‘आम नेपालीहरूले जसरी दशैं मनाउँछन म पनि त्यसै गरेर नै दशैं मनाउँछु ।’ नेपाल चेम्बर अर्फ कमर्शका वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले भने दशैंमा २५ हजार मात्रै खर्च गरेर मनाउने हो । दशैमा मासु र रक्सीको प्रयोग हुँदैन । दशैंलाई नै भनेर लुगा किनिदैन, आवश्यता पर्दा र समय अनुसारको कपडा किनिन्छ । दशैंमा पूजा र मान्यजनबाट टिका थापेर मनाउने बताए ।

एनआईसी एशियाले दशैं बिदामा पनि सेवा प्रदान गर्ने, कुन शाखा कहिले खुल्ने ?(सूची सहित)

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ । बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहने छन् । जस अनुसार असोज १८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् । त्यसैगरी असोज १९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहने बैंकले जनाएको छ । असोज २० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगौँडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् । असोज २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहने जनाइएको छ । खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहनेछन् । यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने व्यहोरा समेत बैंकले जनाएको छ ।