अनलाईनबाटै सेवा दिँदै एनएलजी इन्स्योरेन्स, आवश्यक परेमा यी नम्बरमा कल गर्न सकिने
काठमाडौं । कोभिड-१९ को दोश्रो लहर शुरू भएसँगै एनएलजी इन्स्योरेन्सले अनलाइनबाटै बीमा सम्बन्धी सेवा दिने भएको छ । हालको परिस्थितिमा जोखिमको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना ग्राहकलाई अनलाईनबाटै सेवा दिने व्यवस्था मिलाएको हो । कम्पनीले विभिन्न कर्मचारीहरु मार्फत वर्क फ्रम होमको रुपमा समेत सेवा दिइरहेको जानकारी गराएको छ । कार्यालयमा भौतिक उपस्थिति हुँदा ग्राहकमा जोखिम बढ्न सक्ने सम्भावना रहने भएकाले कम्पनीले बीमासँग सम्बन्धित सेवाका लागि विभिन्न कर्मचारीको सम्पर्क उपलब्ध गराएको छ । यससँगै ग्राहकले बीमा पोलिसी र दावी सम्बन्धी सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
एनआईबिएल समृद्धि फण्ड-२ः तीन दिनमै सबै बिक्यो, आजसम्म आवेदन दिन पाइने
काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईहरु तेश्राे दिनमा नै सबै बिक्री भई सकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७ लाख ५७ हजार २२० इकाई (एक अब ३४ करोड ७५ लाख ७२ हजार २०० रुपैयाँ बराबर) को लागि आवेदन परिसकेको छ । जुन संस्थाले माग गरेकाे भन्दा १२.३० प्रतिशत बढीकाे आवेदन हाे । क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेकाे हाे । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज अर्थात बैशाख १६ गते अन्तिम दिन रहेको छ ।
सानिमा जनरल इन्स्योरेन्स सभामा जाँदै, बैशाख २९ गतेदेखि बुक क्लोज
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स आगामी जेठ ११ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान १०ः३० बजे काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बाेलाएकाे हाे । सभामा जाने प्रयोजनको लागि कम्पनीको बैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज हुने भएको छ । सभाले आर्थिक वर्षको २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ असार मसान्तसम्मको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफल गरी पारित गर्ने छ । साथै, सभाले समूह ख अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने छ ।