सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सो अवधिको लागि करारमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । सम्बन्धित समाचार पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने

लाभांश पारित गर्न नेपाल एग्रो लघुवित्तले बोलायो वार्षिक साधारणसभा, इन्फिनिटीले प्राप्ती गर्दै

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आफ्नो पाचौं वार्षिक साधारणसभा बिहान ९ बजे पोखराको न्यूरोडस्थित सिटिस्क्वेयर प्रा.लि.मा गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८०१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सभाले संस्थापक तर्फबाट ४ जना सञ्चालकलाई निर्वाचन गर्ने भएको छ । साथै, सभाले नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले प्राप्ती गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाको असार ८ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल प्राप्ती गर्ने प्रकृयामा रहेकोले दोश्रो बजारमा यो संस्थाको सेयर कारोबार रोक्का रहेको छ । सम्बन्धित समाचार इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, असार ८ गते बुक क्लोज

रिलायन्स लाइफकाे व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएकाे हाे । कम्पनीले कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे जनाएकाे छ ।