ह्वात्तै घटे बीमा पोलिसी त्याग्नेहरु, नेपाल लाइफसहित दर्जन कम्पनीमा देखियो सुधार

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर अर्थात समर्पण गर्ने (त्याग्ने) को संख्या घट्दो क्रममा छ । गत साउनको तुलनामा असोजमा सरेन्डर भएको बीमालेखमा रकम र संख्या दुबै घटेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार समीक्षा अवधिमा सरेन्डर रकम ४८.८९ प्रतिशतले घटेको छ भने सरेन्डर भएका बीमालेखको संख्या २८ प्रतिशतले घटेको छ । २०७९ असोजमा बीमितले ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख त्यागेका छन् । जुन साउनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेन्डर भएको थियो । रकमका आधारमा १२ कम्पनीको बीमालेख सरेन्डरदरमा सुधार देखिएको छ भने ७ वटा कम्पनीको बीमालेख सरेन्डरदर बढेको छ । जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी सरेन्डरदरमा सबैभन्दा बढी सुधार देखिएको छ । साउनको तुलनामा असोजमा कम्पनीको ७१.५२ प्रतिशतभन्दा कम रकमको बीमालेख सरेन्डर भएका छन् । साउनमा २८ करोडको बीमालेख सरेन्डर भएकोमा असोजमा ७ करोड ९७ लाख रुपैयाँको भएको छ । त्यस्तै, सरेन्डर रकममा सुधार आउनेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, तेश्रोमा प्राइम लाइफ, चौंथोमा नेपाल लाइफ र पाँचौंमा आईएमई लाइफ रहेको छ । यी कम्पनीको क्रमशः ६७.३७, ६५.६९, ५६.२० र ४९.११ प्रतिशतभन्दा कमले बीमा पोलिसी सरेन्डर भएका छन् । यता सिटिजन लाइफको ९४०.३१ प्रतिशत, युनियन लाइफको ९९.१७ प्रतिशत, ज्योति लाइफको ९६.८६ प्रतिशत, सूर्या लाइफको ९१.७९ प्रतिशत, सन नेपाल लाइफको ८६.४६ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ६२.७९ प्रतिशत र र सानिमा लाइफको बीमालेख पोलिसी सरेन्डर दर ०.०७ प्रतिशतले घटेको छ । किन घट्यो पोलिसी सरेन्डर दर ? बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) ले बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेसँगै उक्त दर घट्न पुगेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘तीन वर्ष नपुगी सरेन्डर गर्न नपाउने व्यवस्थाको प्रभाव परेको हो । अर्को, कम्पनीहरुले पनि सरेन्डर गर्नेलाई प्रोत्साहान नगर्ने भनिएको छ, त्यसैले सरेन्डर गर्नेको दर घटेको हो,’ पौडेलले विकासन्युजसँग भने । विगतमा कम्पनीहरुमा बीमालेख सरेन्डर गर्ने दर बढेसँगै एकल बीमालेखमा कडाई गर्दै प्राधिकरणले उक्त व्यवस्था गरेको हो । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पोलिसी सरेण्डरमा नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । कुन कम्पनीमा बढ्यो, कुनमा घट्यो ?  

प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषका महेश खनाल

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुन् । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए ।

एनआईबिएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्सबीच लगानी सम्झौता

काठमाडौं । एनआईबिएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेटकाबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एचडिएमएलको तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलले एचडिएमएलमा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । एचडिएमले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । कम्पनीले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ । साथै, देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरू लाई बजारमा ल्याउने योजना कम्पनीको रहेको छ ।