भूकम्प प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्तिकाे अवसर, ब्रिजवाटरले दिँदै छ प्रतिविद्यार्थी ५० हजार रुपैयाँ
काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लबइ न्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमाहस्ताक्षर गरेको छ । समझदारी पत्रअनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी कोषको लागि नभए पनि अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो । यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो । जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल संदिप खनालले भने । ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुलनाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्यकोर्न सहयोग पुर्याउने माध्यमको रुपमा रहेको छ । यो छात्रवृत्ति १०० जना अति पिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि अवसरको रुपमा आएको छ जसले प्रतिविद्यार्थी ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खुला विश्वविद्यालयमा व्याच्लर र मास्टर पढ्न दुई लाख शुल्क
काठमाडौं । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ शुरु गर्न लागेको छ । विश्वविद्यालयले एमबीए, एमएसडीएमजी, एलएलबी र बीबीएस विषयको शुल्क तोकेको छ । विश्वविद्यालयका ईलनिङ्गं तथा सूचना प्रविधि विज्ञ पदमराज पन्तले भने बीबीएस पढ्नका लागि जुनसुकै संकायमा प्लस टु गरेकाले पनि पढ्न पाँउने छन् । बीबीएसको भर्ना शुल्क २ हजार, पुस्तकालय शुल्क १ हजार ५०० र एक वर्षको मासिक शुल्क १५ हजार तोकेको छ । बीबीएस ३ वर्षे कोर्षको लागि ४५ हजार रुपैयाँ लाग्ने छ । एमएसडीएमजी (एमएस इन डेभलोमेन्ट म्यानेजमेन्ट एण्ड गर्भनेन्स) विषय नेपालका लागि नयाँ विषय हो । एमएसडीएमजीको लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार तोकेको छ । अध्यापन शुल्क एक वर्षमा ६० हजार लाग्ने छ । एमएसडीएमजीको २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम पढ्नका लागि २ लाख ५० हजार रुपैयाँ लाग्ने छ । एमबीए पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार रुपैयाँ तोकिएको छ । अध्यापन शुल्क एक वर्षको लागि ६० हजार रुपैयाँ तोकेको छ । एमबीए २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न २ लाख ५० हजार लाग्ने छ । एलएलबी पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटमा २ हजार तोकेको छ । एलएलबी पढ्न एक वर्षको लागि ६० हजार तोकेको छ । एलएलबी ३ वर्षे वार्षिक स्नातक कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न १ लाख ८० लाग्ने पन्तले बताए । एमबीए र एमएसडीएमजी भर्ना साउन ३१ गतेसम्म तोकेको छ । बीबीएसको साउन १५ गतेसम्म तोकेको छ । एलएलबीको भने अर्काे सूचना निकालिने प्रा. डा. लेखनाथ शर्माले बताए । एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा साउन १९ गते बिहान ८ः३० बजे काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरी र कोहलपुरमा हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले यस अघि लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गरिसकेको थियो ।
अन्तर्राष्ट्रियस्तरको शिक्षा अब पेन्टागन कलेजमै, स्नातकोत्तर स्तरको पढाई शुरु गर्दै
काठमाडौं । २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा परेको छ । पेन्टागन कलेजमा १० वर्षदेखि ३० वर्षसम्मका अनुभव संगालेका प्राध्यापकहरू आफै सञ्चालक रहेका छन् । जसले गर्दा गुणात्मक शिक्षा पाउनेमा कुनै शंका नरहेको यस कलेजका प्राचार्य तथा शिक्षाविद् डा. कृपाराम मेहताले बताएका छन् । कलेजको प्राज्ञिक निर्देशक केशवराज पोखरेले यहाँका अधिकांश प्राध्यापकहरू उच्च माध्यामिक तहको पाठ्यक्रममा पढाइ हुने किताबहरूको लेखक पनि भएकाले शिक्षणको गुणवत्ता अन्तर्राष्ट्रियस्तरको हाराहारीमा पुगेको बताएका छन् । कलेजमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशालाहरू, सुविधा सम्पन्न पुस्तकालय, उपत्यका तथा हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न सकिने तथा विविध किसिमका स्वस्थकर एवं स्वादिष्ट परिकारहरू उपलब्ध हुने क्यान्टिनजस्ता भौतिक पूर्वाधारहरु रहेका छन् । कलेजका शैक्षिक निर्देशक डा. कृपाराम मेहता भन्छन्- ‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीहरूलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्दछौं ।’ उनले थपे- ‘हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीहरूसँग मित्रवत व्यवहार गर्दछौं, जसले गर्दा विद्यार्थीहरू भयरहित भएर आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्ने गरेका छन् । यहाँ शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन, हामी जुनसुकै बेला विद्यार्थीहरूलाई सहयोग गर्न तत्पर हुन्छौं ।’ विज्ञान संकायजस्तै व्यवस्थापनतर्फ पनि यस कलेजले उत्कृष्टता स्थापना गरेको देखिन्छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको हुनाले विद्यार्थीहरू आफ्ना शैक्षिक अभिष्ट पूरा हुने कुरामा विश्वस्त देखिन्छन् । शैक्षिक निर्देशक डा. अरविन्द केसरी भन्छन्- ‘एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण आधारभूत कुराहरूलाई दृष्टिगत गरी कहलिएका योग्य शिक्षकहरूद्धारा अध्यापन गराउँदैछौं ।’ साथै, उनले शिक्षालाई व्यवहारिक बनाउन आधुनिक शिक्षण विधिहरू प्रयोग गरी व्यवस्थापनको शिक्षा किताबमा मात्रै सीमित नभई व्यवहारमा पनि उतार्ने प्रयास गरेको बताएका छन् । कलेजले उत्कृष्ट शिक्षणसँगसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो राखेको छ । अन्तर्राष्ट्रिय मापदण्डको बास्केट बल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ । यस कलेजका प्रशासनिक निर्देशक ठानेश्वर बस्यालले उपत्यका बाहिरका विद्यार्थीका लागि सुविधा प्रदान गर्ने उद्देश्यले कलेजले छात्राबासको व्यवस्था गरेको जानकारी दिएका छन् । यस संस्थाले विज्ञान, व्यवस्थापन र मानविकीका विषयमा अध्यापन गराउँदै आएको छ । बोर्डको परीक्षाफल, मेडिकल प्रवेश परीक्षा, इन्जिनियरिङ प्रवेश परीक्षा एवं विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा समेत पेन्टागनका विद्यार्थीहरूले प्रत्येक वर्ष १०० को सेरोफेरोमा निःशुल्क छात्रवृत्ति कोटामा नाम निकाली अग्रस्थान कायम राख्न सफल भएको कलेजले जनाएको छ । निर्देशक ठानेश्वर बस्यालले भने- ‘अनुभवी, योग्य र सक्षम शिक्षक कर्मचारी प्रवेशबाट सुदृढ एवं परिस्कृत हुँदै शैक्षिक उत्कृष्टताको नमुनाको रुपमा स्थापित भई गुणस्तरीय शिक्षा दिन कटिबद्ध रहेको छ । विगत ९ वर्षे अवधिमा बोर्ड दोस्रो एवं बोर्ड पाँचभित्र पर्न सफल रहेकोमा २०६९ सालको व्यवस्थापन समूहबाट सर्वोत्कृष्ट र विज्ञान कक्षा ११ मा ६ जना उत्कृष्ट स्थान प्राप्त गर्न सफल रहेको छ ।’ मेडिकल साइन्समा २०७२ सालको शिक्षा मन्त्रालयको एमबीबीएस प्रवेश परीक्षामा यस कलेजका राजु अधिकारी राष्ट्रिय रुपमा सर्वोत्कृष्ट भए भने २०६९ सालको शिक्षा मन्त्रालयको प्रवेश परीक्षामा भगवान श्रेष्ठ र विदुर खतिवडाले सर्वोत्कृष्ट प्रथम र दोस्रो स्थान प्राप्त गरेका छन् । इन्जिनियरिङतर्फ २०७२ सालको प्रवेश परीक्षामा अरविन्द गुप्ता राष्ट्रिय रुपमा प्रथम र २०६८ सालको परीक्षामा क्षितिज सुवेदी सर्वोत्कृष्ट दोस्रो स्थान प्राप्त गरेका छन् । यसैगरी, हालसम्म छात्रवृत्तिको रुपमा इन्जिनियरिङ्तर्फ ४५० र मेडिकल साइन्सतर्फ ५०० भन्दा बढी विद्यार्थी पूर्ण, आंशिक तथा अन्य छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका छन् । राष्ट्रिय बोर्ड परीक्षामा २०७१ सालको विज्ञानतर्फ प्रकृति डुमरु प्रथम स्थान प्राप्त गरी नेपाल प्रथम (महिला) र २०६८ सालमा आशिष भट्टराई दोस्रो र २०६७ सालमा क्षितिज सुवेदी प्रथम स्थान ल्याउन सफल रहे भने व्यवस्थापनतर्फ २०७० र २०७१ सालमा क्रमशः आशिष गुप्ता र चन्दन यादवले प्रथम स्थान प्राप्त गरी प्रधानमन्त्रीबाट समेत राष्ट्रिय रुपमा पदक र प्रमाणपत्र प्राप्त गरी सम्मान पाएको सर्वविदितै छ । त्यसैगरी, एसएलसी बोर्ड परीक्षातर्फ २०६९ सालको नेपाल प्रथम विवेक अधिकारी र २०६७ सालको एसएलसी बोर्ड द्वितीय दिवस खड्काको रोजाई पनि पेन्टागन कलेज नै रहनु कलेजको उत्कृष्टताको एउटा नमुना हो । यस कलेजको अध्यक्ष तथा कार्यकारी प्रमुख डा. एसपी सिंहले- ‘स्वदेशी भूमिमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षक तथा प्राध्यापकहरूलाई नै शेयरधनी बनाई यस मन्दिरको निर्माण गरेका छौं । कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पूँजी पलायनलाई रोक्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’ साथै, उनले निकट भविष्यमै विभिन्न संकायमा स्नातक तथा स्नातकोत्तर स्तरका पठनपाठन शुरु गर्ने कलेजको तयारी रहेको बताएका छन् । उनले छनोटमा परेका विद्यार्थीहरूमध्ये करिब २५० जनालाई योग्यतानुसार विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएका छन् ।