२७५ करोड लगानीमा काठमाडौं वर्ल्ड स्कूलः विश्वस्तरीय शिक्षा, सर्वसाधारणलाई सेयर
काठमाडौं । ‘नेपालमा आवास सुबिधा सहितको अन्तर्राष्ट्रिय स्तरको स्कूल नभएकाले व्यवसायिक घरानाका अविभावकहरुले आफ्ना सन्तानहरुलाई भारतका विभिन्न स्कूलमा पढाउन पठाईरहेका छन् । त्यसलाई क्यास गर्ने उद्देश्यले ३ वर्ष अघि विश्वस्तरीय स्कूल सञ्चालन गर्ने योजना बनायौं । त्यसको ६ महिनापछि निर्माण आरम्भ गरियो । र, अहिले १ देखि ५ कक्षासम्म र ११ कक्षाको पढाई सुरु भएको छ’, यो भनाई हो काठमाडौं वर्ल्ड स्कूलका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक डा. राजेन्द्र कुमार घिसिङको । डा. राजेन्द्र कुमार घिसिङ- प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक, काठमाडौं वर्ल्ड स्कुल २४ वर्षसम्म जेम्स स्कूलको उच्च व्यवस्थापनमा सम्हालेका घिसिङ यतिबेला एसिया क्षेत्रकै विद्यार्थीहरुका लागि अध्ययन गन्तब्य बनाउने भन्दै ड्रिम प्रोजेक्टको कार्यान्वयनमा जुटिरहेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुण्डुमा रहेको काठमाडौं वर्ल्ड स्कूल नै घिसिङको ड्रिम प्रोजेक्ट हो । यो उनको मात्रै होइन, शिक्षा क्षेत्रका चर्चित हस्ती डा. खगेन्द्रप्रसाद ओझा र पछिल्लो समय चौधरी ग्रुपको समेत महत्वकांक्षी परियोजना हो । स्कूल यसै वर्षदेखि सञ्चालनमा आईसकेको छ । ढिलो गरि भर्ना आव्हान गर्दा पनि १ देखि ५ कक्षासम्म ३५ जना विद्यार्थी भर्ना भएका छन भने ११ कक्षामा २२० जनाले अध्ययन गरिरहेका छन् । पहिलो वर्षमै अविभावक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागीताले हौसला मिलेको बताउँछन घिसिङ । हामीले उनलाई एक दर्जन प्रश्न सोध्यौं । घिसिङले उत्साहित हुँदै हाम्रा प्रश्नहरुको जवाफ मात्रै दिएनन्, ड्रिम प्रोजेक्टको फेहरिस्तै सुनाए । काठमाडौं वर्ल्ड स्कूल कसरी ? अन्तर्राष्ट्रिय(इन्टरनेशनल) स्कूल बनाउँदा ५ प्रतिशत विदेशी विद्यार्थी आवश्यक पर्ने नियम रहेछ । त्यसकारण इन्टरनेशनल नाम नराखेर वर्ल्ड स्कुल नामाकरण गरियो । वर्ल्ड स्कूलले पनि पनि विश्वव्यापी मान्यता पाउँछ । देशको राजधानी काठमाडौं र विश्वस्तरीय स्कूल बनाउने योजना अनुसार काठमाडौं वर्ल्ड स्कूल नाम राखएिको हो । यसले विश्वस्तरीय ब्राण्ड पाउनेछ भन्ने आस छ । आफ्नै पाठ्याक्रम, विश्वस्तरीय अध्यापन हामीले दिने शिक्षा भनेको राष्ट्रिय पाठ्यक्रम कै हो । १ कक्षादेखि १२ कक्षासम्म नै स्वदेशी पाठ्यक्रम पढाउँछौं । अर्काे वर्ष अर्थात सन २०७६ सालदेखि क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल पनि सञ्चालन गर्दैछौं । फरक यति हो कि हामीले स्वदेशी पाठ्यक्रम प्रयोग गरेपनि पढाउने शैली भनेको अन्तर्राष्ट्रिय स्तरको हुनेछ । हाम्रो पेडागोजी (शिक्षण पद्दति)मा अहिले संसारभर उत्कृष्ठ कहलिएका अभ्यासहरु हुनेछन् । आजको शिक्षा भनेको पढ्ने/पढाउने मात्रै होइन, एउटा विद्यार्थीका सर्वाङगिर्ण विकासका लागि आवश्यक सबै उपाय अपाउनुपर्छ । त्यसका लागि हामीले आइपीसी अर्थात इन्टरनेशनल प्राइमरी करिकुलमको अभ्यास गर्छाै । यसले लण्डनको करिकुलमका आधारमा पेडागोजी बनाएको छ । अहिले आइपीसी शिक्षण पद्दति संसारका १०० वटा देशहरुमा लागू भएको छ । हामी हाम्रै पाठ्यक्रमलाई आइपीसीको ढाँचामा राखेर अध्ययन गराउँछौं । कक्षा १ देखि ६ सम्म आइपीसीको पेडागोजी रहन्छ भने ७ देखि १० सम्म आइएमवाईसी (इन्टरनेशनल मिडल इअर करिकुलम) सञ्चानल गर्छाै । त्यो चाँही आइबी (इन्टरनेशनल बाकालाउरियट अर्गनाइजेशन) एजुकेशनसँग नजिक छ । नेपालमा त्यस्तो पद्दति अहिलेसम्म युलेन्स स्कूलले प्लस टुमा मात्रै चलाईरहेको छ । त्यो भन्दा तलको क्लासमा चाँही हामीले चलाउने प्रयास गरिरहेका छौं । नेपाल सरकारको अनुमति, जनशक्तिको व्यवस्थापन लगायतका काममा लामो समय लाग्ने रहेछ । त्यसैले केहि ढिलो हुने जस्तो देखिएको छ । माटो सुहाउँने र प्रतिष्पर्धी हिजोका दिनमा पनि नेपालले दिएको शिक्षा अन्तर्राष्ट्रियस्तरकै थियो । नेपालीहरु आज नासादेखि हार्भडसम्म पुगेका छन, तिनले यहीँ पढेका थिए । नेपालको शिक्षा हिजो पनि राम्रो थियो र आज झन राम्रो बनाउने प्रयासमा हामी जुटेका हौं । आजका दिनमा नेपालीले नेपालभित्र मात्रै प्रतिष्पर्धा गरेर हुन्न । विश्व बजारमा उत्पादित जनशक्तिसँग प्रतिष्पर्धा गर्नुपर्छ । त्यसकारण हाम्रो शिक्षाले त्यस्तो प्रतिष्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नुपर्छ । नेपालमा ३ कक्षामा अध्ययन गराइने गणित र बंगलादेश तथा अमेरिका वा बेलायतमा पढाइने गणित एउटै हो । गणित, विज्ञान लगायतका विषयहरु संसारभर एउटै हुन्छन् । सामाजिक शिक्षा र इतिहासका बिषयमा आफ्ना केहि कुरा राख्न सकिन्छ । विद्यार्थीको वौद्धिक विकास मात्रै होइन, सर्वाङगिर्ण विकासलाई ध्यान दिनुपर्छ । एउटा विद्यार्थीमा नेपाल देखि विश्वको जुनसुकै कुनामा गएर प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास आजको अपरिहार्य आवश्यकता हो । त्यसका लागि पाठ्यक्रमसँगै पेडाजोजी(शिक्षण पद्धति) पनि विश्वस्तरिय हुनुपर्छ । त्यसैले हाम्रा कक्षा कोठाहरु इन्टरनेट, पावर प्वाइन्ट, समूहगत अध्ययन लगायतका सबै सुबिधा हामी कहाँ छ । शिक्षण पद्दति २० प्रतिशत मात्रै कन्टेन्ट डेलिभरी हुनुपर्छ । बाँकी ८० प्रतिशतमा सामाजिक, सांस्कृतिक, नेतृत्व विकास, सम्वेगात्मक कुरा समेटिनुपर्छ । नत्र ९९ प्रतिशत नम्बर ल्याएर उतिर्ण भएपनि उसले नेतृत्व गर्न सक्दैन । विद्यार्थीमा कम्युनिकेशन स्किल चाहिन्छ, आफ्ना कुरा राख्न सक्ने क्षमताको विकास अनिवार्य हुन्छ । जनशक्ति व्यवस्थापन काठमाडौं वर्ल्ड स्कुलमा अध्ययन गराउने सबै शिक्षक शिक्षिकाहरु नेपाली नै हुनेछन् । नेपालमा विश्वस्तरिय अध्यापन गराउने सक्ने जनशक्तिको अभाव छैन् । केबल शिक्षण पद्धतिको ज्ञान मात्रै थपिदिए पुग्छ । त्यसकारण हामीले शिक्षकहरुका लागि तालिम दिन संसारका राम्रा अध्यापकहरुलाई बोईरहेका छौं । शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले एक पटक र शैक्षिक सत्रको मध्यक्रममा एक पटक विदेशी विज्ञ मार्फत शिक्षक।शिक्षिकाहरुलाई तालिम दिन्छौं । यसपाली पनि सुरुमै २ हप्ताको तामिल दिईसकेका छौं । विश्वको वर्तमान शिक्षण पद्धति, डिजिटलाइजेशनको प्रभाव र त्यसको सदुपयोग, अब हुन सक्ने विकासका बारेमा हामी सचेत छौं । लक्षित अविभावक र विद्यार्थी काठमाडौं वर्ल्ड स्कूलको लक्षित वर्ग भनेको मध्यम वर्ग, उच्च मध्यम वर्ग तथा उच्च घरानाका अविभावक र विद्यार्थी नै हुन् । नेपालका विद्यालयहरुले दिने शिक्षालाई चित्त नबुझाएर आफ्ना सन्तानहरुलाई भारतका विभिन्न अन्तराष्ट्रिय विद्यालयहरुमा अध्ययन गराईरहेका छन् । उनीहरुलाई नेपालमै विश्वस्तरीय शिक्षा दिने हाम्रो योजना हो । नेपालमा काम गर्ने विदेशी कुटनीतिक नियोगका कर्मचारीका सन्तानहरु पनि हाम्रो लक्षित वर्गमा पर्छन् । पाँच बर्षभित्र एसिया क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्ने योजना छ । भारतमा अहिले कोरिया र थाइल्याण्डका विद्यार्थी पढिरहेका छन् । हाम्रो स्कुलमा भारतका स्कुलको जस्तै राम्रो पुर्वाधार छ, हामी त्यहि शैली र गुणस्तरको शिक्षा दिन्छौं । विदेशबाट पढ्न आउनेहरुका लागि भने नयाँ पाठ्यक्रमको विकास आवश्यक छ । उनीहरुले नेपाली पढ्नु आवश्यक हुन्न र त्यो सम्भव पनि छैन् । आज भारतका स्कूलहरुमा एक हजार भन्दा बढि नेपाली विद्यार्थी पढिरहेका छन् । भारतको गोठगाउँमा मात्रै ५ सय बढी विद्यार्थी पढ्छन् । जीडी गोयन्का, पाथवे गोल्ड स्कूल, दुन स्कुल, जेन स्कुल लगायतमा अध्ययन गरिरहेका छन् । त्यहाँ नेपाली अविभावकहरुले औषतमा मासिक एक लाख रुपैंयाँ भारु तिरिरहेका छन् । हाम्रो अध्ययनले त्यो तथ्य उजागर गरेको हो । अझै आउने/जाने र अन्य खर्च जोड्ने हो भने एउटा बच्चा पढाउन बार्षिक १६ लाख जति भारु खर्च भैरहेको देखिन्छ । परिवारबाट टाढा राखेर त्यति महंगोमा अध्ययन गराउनुपर्ने बाध्यता नेपाली उच्च घरानाका अविभावकहरुलाई छ । कति क्षमता छ स्कूलको ? यहाँ १२ सय विद्यार्थीलाई पढाउन सकिन्छ । एउटा कक्षामा ३ वटा सेक्सन राख्छौं । एउटा सेक्सनमा २४ देखि २६ जनालाई मात्रै राख्छौं । प्रवेश परिक्षा पास गरेपछि मात्रै यहाँ पढ्न पाइन्छ । दुई तारे सुबिधाको होस्टेल हामीले दुई तारे सुबिधासहितको होस्टेल सञ्चालन गर्दैछौं । सुरुमा १५० जना क्षमताको होस्टेल बनाईरहेका छौं । माग बढ्यो भने ३८० जनाको क्षमतासम्म बढाउन सकिने अवस्था छ । पूर्वधार स्कूल भित्र ४७.५ रोपानी जमिन छ । १६ रोपनीमा होस्टेल बनाउने योजना हो । पहिलो चरणमा ६.५ रोपनीमा बोइज र गल्र्स होस्टेल बनाईसकेका छौं । भदौंदेखि प्लस टुका विद्यार्थीलाई होस्टेलमा राख्छौं । कसकाे लगानी ? यो स्कूलमा सबै भन्दा ठूलो लगानीकर्ताका रुपमा डा. खगेन्द्र प्रसाद ओझा हुनुहुन्छ । केही प्राध्यापकहरु र केही उद्योगी व्यवसायीको पनि लगानी छ । म आफैं पनि लगानीकर्ताका रुपमा सहभागी छु । त्यसबाहेक चौधरी समूहले ३५ प्रतिशत लगानी गरेको छ । सुरुमा मास्टर प्लान बनाउँदा २.५ अर्ब रुपैंयाँ लगानी हुने प्रक्षेपण थियो । अहिले योजना भन्दा केहि खर्च बढेको छ । अपरेशन कष्ट र निर्माण सामग्रीको मूल्य पनि बढेको छ । पुरै संरचना तयार हुँदा २७५ करोड लगानी पुग्नेछ । नागरिकलाई आईपीओ पनि अहिले स्कूलमा ७५ करोड लगानी भैसकेको छ । ६ महिनादेखि ९ महिनाका बीचमा एक अर्ब लगानी पुग्नेछ । सरकारले एक अर्ब भन्दा धेरै लगानी भएका कम्पनीले सेयर जारी गर्नुपर्ने भनेको छ । यो स्कूललाई पनि पब्लिक बनाउनुपर्छ भन्ने सोँचमा हामी पुगिसकेका छौं । एक दिन नागरिकहरुले काठमाडौं वर्ल्ड स्कूलमा सेयर लगानी गर्न पाउँनेछन् । शुल्क कस्तो ? अघि नै भनियो कि यो विश्वस्तरको स्कूल हुनेछ । पूर्वाधारदेखि शिक्षण पद्दति सबैमा बिशेष ध्यान दिएका छौं । त्यसकारण यो स्कूलमा अन्यको भन्दा केहि बढी शुल्क हुन्छ नै । नेपालमा पाँच तारे स्कुल भन्नेहरुको भन्दा हामी राम्रो पढाउँछौं । त्यसकारण हाम्रो शुल्क उनीहरुको भन्दा १० देखि १५ प्रतिशतसम्म बढी हुनेछ । यसपाली १ कक्षादेखि ५ कक्षासम्मका लागि मासिक ३५ हजार शुल्क लिएका छौं । अर्काे वर्ष १ देखि ७ कक्षासम्म भर्ना लिन्छौं । अहिले ११ कक्षामा अध्ययन गरेकाहरु १२ पुग्छन् । अर्काे वर्षदेखि हामीले १ कक्षा र ४ कक्षामा मात्रै भर्ना लिन्छौं । अलिपछि ११ कक्षामा पनि अन्य विद्यार्थीको भर्ना लिँदैनौं । ए लेभलका लागि भने नयाँ विद्यार्थीको पनि भर्ना लिन्छौं । ६५ प्रतिशत काम सकियो पूर्वाधार निर्माणको ६५ प्रतिशत काम सकेका छौं । सिए ब्लकको निर्माण सुरु भैसक्यो । अब बाँकी भनेको ६ सय सिट क्षमताको मल्टिपर्पाेज अडिटोरियम हल हो । ६ महिनापछि त्यसको निर्माण पनि सुरु हुन्छ । सन २०१९ को अन्त्यसँगै पूर्वाधार निर्माणको काम सम्पन्न हुन्छ । रोजगारी हामीले सोचे अनुसारको विद्यार्थी ल्याउन सक्दा ३१९ जनाले रोजगारी पाउनेछन् । विद्यार्थी सहजै पाउँछौं हामीले लक्षित गरेको विद्यार्थी संख्या पुर्याउन कुनै कठिनाई छैन् । काठमाडौंमा धेरै ठूलो संख्यामा धनाढ्यहरु छन् । अर्काे वर्षदेखि अन्य ठूला शहरहरुमा पनि प्रचार गर्छाै । यसपाली ब्राण्डिङमा पनि ध्यान दिदैछौं । स्थानीयसँगको सम्बन्ध जमिन खरिद गरेदेखि नै स्थानीय बासिन्दासँगको सम्बन्ध सुमधुर बनाईरहेका छौं । यस्ता ठूला प्रतिष्ठानबाट स्थानीयमा ठूलो आस पनि हुन्छ । हामीले सामाजिक उत्तरदायीत्वलाई बिर्सेका छैनौं । यो क्षेत्रका सामूदायिक विद्यालयहरुका शिक्षकहरुको क्षमता बढाउन तालिम, स्थानीयहरुलाई क्षमता अनुसारको रोजगारी दिईरहेका छौं । यो क्षेत्रका सांसद महेश बस्नेतले पनि हामीलाई साह्रै सहयोग गरिरहनु भएको छ । उहाँले हौसला दिईरहनु भएको छ ।
कक्षा १२ को परीक्षाफल सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३।२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् । त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५।२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
एजुकेसन फेयरले फस्ट ह्याण्ड इन्फरमेसन दिन्छ- शालिकराम भण्डारी
सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाडाैं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा, पर्सा, धरान, कावासोती तथा अष्ट्रेलिया स्थित सिड्नी र पर्थमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही साउन १७ गते होटल अन्नपूर्ण काठमाण्डौंमा ‘द नेक्स्ट अष्ट्लियनएजुकेसन फेयर-२०१८’ आयोजना गर्न गइरहेको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश: शालिकराम भण्डारी, कार्यकारी निर्देशक, द नेक्स्टएजुकेसन कन्सलटेन्सि एजुकेसन फेयरको आवश्यकता किन छ ? वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँनयाँ एकेडेमिक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समयक्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ । यसका लागि उ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सुचना र परामर्श प्रदान गर्छ । अष्ट्रलिया कै कुरा गर्ने हो भने पनि त्यहाँ आवश्यकता अनुसार शैक्षिक नीतिनियम र शैक्षिक विषयहरु परिवर्तन भइरहन्छन् । यस्ता कुराहरु बारे विद्यार्थीहरुलाई समयमै र एउटै थलोमा जानकारी प्रदान गर्न फेयरको आवश्यकता पर्दछ । पछिल्लो समय विदेशका विश्वविद्यालय र कलेजहरु लक्षित फेयरहरु निरन्तर भइरहेका देखिन्छन् । फेयरलाई विद्यार्थीले कसरी बुझ्ने ? फेयर के हो र कति किसिमका हुन्छन् ? मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सि एक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागि गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदानगर्ने अभ्यास छ । एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग विद्यार्थीहरुले विश्वविद्यालय र कलेजको विषयमा सोझो सोझो संवादगर्न पाउनु भनेको ‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो । यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् । द नेक्स्टले विगतमा पनि एजुकेसन फेयर गरेको थियो । विगतको अनुभव कस्तो रह्यो ? हामीले अष्ट्रलियन एजुकेसन फेयर गर्दै आएका छौं । एउटा कन्सलटेन्सिले आयोजना गरेको फेयरमा २५ भन्दा बढी अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थिती हुनु निकै सकारात्मक विषय हो । नेक्स्टले गरेको फेयरहरु, अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थितिले मात्र होइन नेपाली विद्यार्थीहरुको सहभागिताका दृष्टिले समेत उच्च छ भन्ने मेरो विश्वास छ । यही साउन १७ गते विहिबार द नेक्स्ट एजुकेसन कन्सलटेन्सि मार्फत होटल अन्नपूर्ण काठमाण्डौंमा हुन गइरहेको ‘द नेक्स्ट अष्ट्रलियन एजुकेसन फेयर-२०१८’ कुनप्रकारको फेयर हो ? यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको पहलमा हुन गईरहेको छ । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्य भनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो । विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै इस्कलरसीपको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्यूसनफि र कलेजहरुको छनौट गरेर अष्ट्रेलियाजान सकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगिसकेपछि पनि उनीहरुले कुनै पनि समस्याझेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौ । द नेक्स्ट अष्ट्रलियनएजुकेसन फेयर-२०१८ मा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनुहुने छ । फेयरमा अष्ट्रेलियाकाकुनकुनविश्ववद्यालय र कलेजहरुको उपस्थिति रहने छ ? फेयरमा अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफताजमानिया, साउथेन क्रस युनिभर्सिटी लगायतको उपस्थिती रहनेछ । फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदानगर्ने आई.एल.टि.एस अध्ययन प्रोसेसिङ्ग लगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्तगर्न सक्नेछन् । अष्ट्रेलियन एजुकेसनसँग सम्विन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिनदिँदै आउनु भएको छ, फेयर नै किनगर्नु पर्यो? द नेक्स्टमा १०/१२ जना काउन्सिलरहरु हुनुहुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्श दिँदै आउनुभएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वा युनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्ष रुपमाकलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन । अष्ट्रेलियाजाने विद्यार्थीहरुले कुनकुन कुरामाविशेष ख्याल पुर्याउनुपर्छ ? अष्ट्रेलिया जानुभन्दा अगाडि कुनविषयको अध्ययनले आफ्नो करिअर निर्माण हुन्छ भन्नेमाविद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामर्थ्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा इस्कलरसीप छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले इस्कलरसिप दिन्छन् ? यसबारेमा जानकारी लिनुपर्छ र सोहीअनुसार प्रोसेस गर्नुपर्छ । विदेशी कलेज र विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्चमागका कारण धेरै शैक्षिक परामर्शदाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ? द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदानगर्दै आइरहेका छौं । हामीकहाँआउने हरेक विद्यार्थीले सहीगाईड पाउँछन् । सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ । यसबाटपनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आई.एल.टि.एस.मात्र भएर पुग्दैन । अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्ससियल ब्याग्राउण्ड र उसको शैक्षिक सामर्थ्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं । हामीमार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नका लागि विद्यार्थीलाई धेरै कुरामा सजग गराउँछौं । द नेक्स्ट अष्ट्रेलियनएजुकेसन फेयर-२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ? द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वास प्रतिहामीआभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्तबनाउन चाहान्छौं । द नेक्स्टले यहीसाउन १७गते बिहिबार काठमाण्डौंको होटल अन्नपूर्णमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर-२०१८’मा सहभागी भइ दिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछौं । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो । खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधि सँगप्रत्यक्ष संवाद गरेर उत्कृष्ट कलेज वा युनिभर्सिटीको छनौट गर्न सक्नु हुनेछ । जसले विद्यार्थीहरुको भविश्य निर्माणमा सहयोग पुर्याउने छ ।