त्रिविमा घोटाला भएको भन्दै अख्तियारले छानविन गर्नुपर्ने नेविसंघको माग
काठमाडौं । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय(त्रिवि) समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । त्रिवि समितिले पत्रकार सम्मेलन गरेर युएसए आईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको हाे । उनले भने- “हाम्रो मान्यता त्रिविका सम्पूर्ण विभागहरु विद्यार्थीको हक र हितको पक्षमा बन्न सक्नुपर्छ भन्ने हो । अध्ययन अनुशन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ भन्ने हो । त्रिविको लोगो र स्ट्याम समेत दुरुपयोग गरी अनाधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेका छन् ।” त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ । नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो ? विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाईने भनिएको छ, तर युएसएआईडीसंग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो ? कति आर्थिक दुरुपयोग भयो ? त्यसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोल्नुपर्छ । आफूहरुले मानव संकाय प्रमुख प्रा.डा.लयप्रसाद उप्रेतीलाई यसबारेमा छलफल गरौं भनेर आग्रह गर्दा उनले मानव शास्त्रको विभागीय प्रमुखको जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गर्दै आचार्यले भने,‘राजिनामा दिएर पन्छिन मिल्दैन । त्यो समाधान होईन, त्रिविलाई राम्रो र हाम्रो बनाउने हो भने त्रिविका कार्यकारी पदमा रहेका विशिष्ट व्यक्तिदेखि कर्मचारीसम्मले सच्चिनुपर्छ, यो नेविसंघको माग हो । नेपाल, नेपाली र त्रिविको हितविपरित विदेशी संस्थाहरुबाट आएका कुनैपनि प्रोजेक्टलाई त्रिविका पदाधिकारीहरुले अस्वीकार गर्नुपर्ने आफूहरुको माग गरहेको उनले बताए । उनले कार्यकारी परिषदको स्वीकृति बिना कुनैपनि विदेशी अनुदान लिएर अनुशन्धान लगायतका अन्य कार्यक्रमहरु गर्न नपाईने पनि बताए । त्रिविको लोगो दुरुपयोग गर्नेलाई कडा भन्दा कडा कानूनी कारबाही हुनुपर्ने पनि आचार्यले बताए । उनले भने, ‘कुनै बेला ४ हजार विद्यार्थीहरुले मानवशास्त्र पढ्ने गर्दथे, तर आज ४ जना विद्यार्थी मुस्किलले भेटिन्छन्, कसका कारणले यो स्थिति आयो ? त्रिविले यसबोरमा कुनै चिन्ता गर्नुपर्दैन् ? एउटा प्राध्यापक भएरपनि विदेशी एनजिओको पैसा खाएर बस्ने ? कुनै नैतिकताले उहाँहरुलाई छोएकोजस्तो देखिदैन।’ कार्यक्रममा नेविसंघ त्रिविका उपाध्यक्षद्धय रोहन महतारा र दिनेश लामिछाने, सचिव दुर्गा घिमिरे, नेता वसन्त पौडेल लगायतले त्रिविका समस्याहरु समाधान गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको लापरबाही
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा. नरेशमान बज्राचार्यको ज्यादती र मनोमानीतन्त्रले विश्व विद्यालय अस्तव्यस्त बन्दै गएको आरोप लागेको छ । लुम्बिनी, रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको र पठनपाठन पनि नियमित रुपमा केन्द्रमै भैरहेको विश्वविद्यालयको प्रमुख व्यक्ति नरेशमान बज्राचार्य भने अधिकांश समय राजधानीमै बस्ने गरेका छन् । प्रधानमन्त्रीकोे कार्यालयले नै पत्र पठाई हरेक विश्वविद्यालयका पदाधिकारीहरु सम्बन्धित ठाँउमा बस्नुपर्ने निर्देशन दिएको थियो । तर उनी भने विभिन्न बहाना बनाई एक वर्षमा करिब १ महिना मात्र विश्वविद्यालयमा हाजिर हुने र बाँकी समय राजधानी तथा विदेश भ्रमणमा बिताउने गरेका छन् । लुम्बिनीमा घरभाडा वापत मासिक २२ हजार रुपैंयाँ बुझ्ने उनी गुम्बामा बस्ने गरेका छन् । त्यस्तै विदेश भ्रमणमा जाँदा नियम बिपरित प्रतिदिन दुई सय डलर लिने गरेको पनि स्रोतले बताएको छ । स्मरण रहोस् विश्व विद्यालय अनुदान आयोगका अध्यक्षले विदेश भ्रमण गरे वापत प्रतिदिन २५ डलर मात्र पाउँछन् तर त्यही आयोगले अनुदान दिएर चलेको विश्वविद्यालयले भने आफैं नियम बनाएर स्वयं उपकूलपतिले नै मनोमानी ढंगले खर्च गर्ने गरेका छन् । लुम्बिनी विश्व विद्यालयको क्षेत्र विस्तार एवं विकासका लागि ५ नं. प्रदेशका सबै राजनितिक दलहरुको प्रयासबाट देवहमा १०० विघा सरकारी जग्गा प्राप्त हुँदैछ । उनलाई महिला कर्मचारीमाथि हातपात गरेको आरोप पनि विगतमा लागेको थियो । सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयको ललितपुर स्थित सम्पर्क कार्यालय केही महिना अघि नै हटाउने निर्णय गरेको थियो । तर उपकुलपति भने अझै पनि बिभिन्न बहानामा राजधानीमै बसिरहेको विश्वविद्यालयको उच्च श्रोतले बतायो । एक बर्षमा उनको ३० देखि ४० दिनमात्रै हाजिरी कायम रहेको श्रोतले बतायो । उनीका विरुद्ध विविश्वविद्यालयका अन्य पदाधिकारी र कर्मचारीहरुले मोर्चा बन्दी गरेका छन् । बज्राचार्यले सरकारको अनुमति बिनै १६ पटकसम्म बिभिन्न देशको भ्रमण गरेको पनि श्रोतले बतायो । दोश्रो कार्यकाल पुनः उपकूलपति बन्ने दौडमा लागेका बज्राचार्यलाई रोक्न उनका चार बर्षे क्रियाकलापहरुको फेहरिस्ता कुलपति अर्थात प्रधानमन्त्रीलाई बुझाउने तयारी अन्य पदाधिकारी तथा कर्मचारीले गरिरहेका छन् ।
एसआईइसी कन्सलटेन्सीले अस्ट्रेलियाको दुईवटा सरकारी कलेजको सेमिनार गर्दै
काठमाडौं। एसआईइसले अस्ट्रेलियाको दुईवटा सरकारी कलेजको सेमिनार गर्ने भएको छ। नेपाली विद्यार्थीलाई उपयुक्त कोर्सहरु एसआईइसीले उक्त सरकारी कलेज हरु बाट ल्याउन लागेको हो। एसआईइसीले गर्न लागेको सरकारी कलेजको सेमीनारमा कलेजको शुल्क सस्तो रहेको, त्यहाँ पढिसकेपछी विद्यार्थीले विश्वविद्यालय पढ्न जाँदा क्रेडिट पाउन सजिलो हुनेछ। बिद्यार्थले ३ बर्षको ब्याचलर २ बर्ष भित्रमै सकिने सरकारी कलेजको अर्को फाईदा रहेको छ। उक्त कलेजको पढाई विश्वविद्यालय स्तरको रहेको र त्यसका साथै विद्यार्थीले काम पाउन पनि सजिलो रहेको छ। कोर्सहरु उद्योगलाई कस्तो मानिस चाहिन्छ भन्ने कुरालाई आधार बनाएर डिजाइन गरिएको छ। सेमिनारमा क्यानबेरा ईन्स्टीट्युट अफ टेक्नोलोजी, क्यान्बेरा र कङगन ईन्स्टिट्युट अफ टेफ, भिक्टोरिया आउन लागेको हो। क्यानबेरामा डिप्लोमा इन बिल्डिग् डिजाईनिङ,अकाउन्टिङ,चाईल्ड केयर,क्म्युनिटी सरभिस, नर्सिङ, हस्पिटालिटी, सफ्टवेयर डेभलप्मेन्ट, आईटी, ब्याच्लर अफ फरेन्सिक साईन्च र बिजनेस स्टडी रहेको छ। कलेजको फि बर्षको १४ हजार रहेको छ। उक्त कलेज २८ अगस्टमा नेपाल आउँदैछ। त्यसतै कङगन ईन्सिटिट्युट अफ टेफ, भिक्टोरियामा भने डिप्लोमा अफ अटोमेटिभ टेक्नोलोजी, फेसन डिजाईनिङ, हस्पीटालिटी, चाईल्ड केयर,नर्सिङ, आईटी रहेको छ।कलेजको सुल्क बार्षिक१२-१४ हजार डलर रहेको छ। उक्त कलेज १२ सेप्टेम्बरमा नेपाल आउँदैछ।