एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक) बीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् । उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धकद्वय शरण रेग्मी तथा पवन थापा साथै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रबन्धक राजेशराज ढुंगेलको उपस्थिती रहेको थियो । सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए

आईएमई इन्स्योरेन्सको १ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा उठाउने अवसर !

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको एक लाख भन्दा बढी कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोल लिलामीमा आउने भएको हो । उक्त शेयर फागुन २२ गतेदेखि खुल्ला भई ३० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट रु १०० को फर्म भरी कबोल गर्न चाहेको रकम ग्लोबल आईएमई क्यापिटलको कुमारी बैंकमा रहेको खातामा जम्मा गरी भौचरसहित शिलबन्दी गरी आवेदन दिनु पर्नेछ । आईएमई जनरल इन्स्योरेन्सको हालको बजारमूल्य ४१० रुपैंया छ । ५४ करोड चुक्ता पुँजी १ अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद जारी गरेको आईएमईको उक्त हकप्रद सूचीकरणपछि चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । बाँकी २ करोड ८० लाख रुपैंया बराबर बोनस शेयर जारी गरेर कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेछ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा आईएमईको जगेडा कोषमा साढे ११ करोड रुपैंया थियो । सोही कोषबाट आईएमईले बोनस शेयर जारी गर्नेछ ।

गण्डकी बिकास बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गण्डकी विकास बैंक र सानीमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट महा प्रबन्धक शिवराज तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवंम सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द«नाथ शर्मा र सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट मुख्य प्रबन्धक गणेश चौलागाई, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, सहायक प्रबन्धक सुदिप ढुंगानाको समेत उपस्थिती थियो । बैंकले वित्तिय पहुचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।