सगरमाथा र ईस्ट्रनबीच संझौता, दुर्घटनामा परेको गाडी बनाउँदा नगद तिर्नु नपर्ने

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रन एजेन्सी प्रालिको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ । गाडी बनाउदा बीमितले नियमान’सार प्राप्त गर्ने रकम सोझै ईस्ट्रन एजेन्सी प्रालि अन्तर्गगतका सर्भिस सेन्टरहरुलाई सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्ने र सो भन्दाअधिक रकम बीमितले भुक्तानी गर्ने गरी सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्ट्रन एजेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत एण्ड प्रवन्ध निर्देशक प्रकाश पौडेलले क्यासलेस भुक्तानी सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आफ्ना ग्राहकले आफुलाई समस्या परेको समयमा गाडी मर्मतका लागी रकमको ब्यवस्था गर्नु पर्ने झन्झटबाट मुक्त हुने गरी सुबिधा ल्याएको बताए ।

ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन । सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमकोे रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ । साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

महालक्ष्मी लाईफद्धारा ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । नेपालको १९ औं जीवनबीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामाअभिकर्ता तालिमतथाबीमाजागरण कार्यक्रम सञ्चालनभएको छ ।  जीवनबीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो । एक महिनाको यो कार्यक्रममा हालसम्म ६ हजार ३ सयभन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । कम्पनीले २०७५ चैत्र मसान्त सम्म अधिराज्य भरी अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालनगर्ने कार्यक्रम बनाएको छ । कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तयारी गरिरहेको जानकारी गराएका छन् ।