बिर्तामोडमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बिर्तामोड शाखा कार्यालय उद्घाटन भएको छ । सांसद श्रीप्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथाकम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का बिर्तामोड शाखा प्रमुख प्रशान्तकुमार राजवंशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लुम्बिनी जनरल इन्स्योरेन्सले किन बोलायो विशेष साधारणसभा ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आगामी वैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको २० प्रतिशत (अर्थात १० बराबर २ अनुपातले) हकप्रद सेयर जारी गर्न एकाएक विशेष साधारणसभाको मिति तोकेको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । उक्त विशेष साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले आगामी वैशाख १५ गते एक दिनको लागि कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सनराइज बैंकले एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने
काठमाडौं । सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(एनएलआईसी) लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनएलआईसीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ । हाल बैंकको १०४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।