अजोड इन्स्योरेन्स लिमिटेडको बिराटनगर शाखा उद्घाटन
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बिराटनगर शाखा कार्यालयको उद्घाटन भएको छ । योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टबाट उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का क्षेत्रीय शाखा प्रबन्धक तथा बिराटनगर शाखा प्रमुख केदारबहादुर खत्री र नेपाल पत्रकार महा संघ १ नं. प्रदेश समिति अध्यक्ष विक्रम लुइटेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको बताए ।
सिराहाको लाहानमा अजोड इन्स्योरेन्सको नयाँ शाखा
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले सिरहाको लाहानमा शाखा बिस्तार गरेको छ । लाहान शाखा कार्यलयको उद्घाटन प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोकलाल अमात्यबाट सम्पन्न भएको छ । सो उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा शेख मिडिया हाउस प्रालिका अध्यक्ष फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र संस्थाले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।
एलआइसी नेपालले ल्यायो ‘धनवृष्टी’ जीवन बीमा योजना
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआइसी जीवन बीमा कम्पनीले ‘धनवृष्टी’नामक जीवन बीमा योजनाको सुरुवात गरेको छ । कम्पनीले जीवन बीमाको साथमा धनवृष्टी ३–३ बर्षमा भन्ने योजनाको सुरुवात गरेको हो । नयाँ वर्षको आगमनमा ल्याइएको सो बीमा योजनालार्ई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिहीबार सार्वजनिक गरेका हुन् । ‘धन वृष्टी’बीमा योजनामा १३ वर्ष देखी ६० वर्ष सम्मका बिमितले सहभागी हुन सक्ने छन् । सो योजनामा न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ । यस्तै, अधिकतम बीमाङ्क भने बीमा अन्डरराइटीङ नियमानुसार चाहेजति लिन सकिन्छ । यसमा बीमा योजनाको अवधि भने १० वा १५ वर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ बर्षमा बीमाङकको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । १५ वर्षे अवधिमा हरेक ३ बर्षमा बीमाङकको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ । बीमा परिपक्कतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जन गरिएको रकम समेत एक साथ प्रदान गरिने छ । तर, बीमा अवधिमा नै बिमीतको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम नकाटी पूरै बीमाङ् रकमको साथ आर्जीत रकम इच्छाएको व्यक्तीलाई प्रदान गरिन्छ । यस योजनामा ७५ लाखसम्मको दुर्घटना लााभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपि दास भन्छन्-‘यस बीमा सेवाले विभिन्न क्षेत्रका तथा पेशामा आवद्ध रहेका बिमीतलाई सेवा प्रदान गर्नेछ ।’ दासले आफू सानो हुँदाका परिवेश र अहिलेका पुस्ताले भोगेका भिन्नतामा समेत प्रकाश पारेका थिए । उनले दैनिक जोखिम बढ्दो रुपमा रहेका बीमाको अपरिहार्यतामा प्रकाश पारेका थिए ।