नेपाल बङ्गलादेश बैँकबाट एसियन लाईफको बीमा सेवा पाइने
काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र एसियन लाईफ ईन्स्योरेन्स कं. लि.बीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।
भैरहवामा अजोड इन्स्योरेन्सको नयाँ बिस्तार
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले भैरहवामा आफ्नो सेवा शुरु गरेको छ । भैरहवा शाखा कार्यालयको उद्घाटन सिदार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग ब्यापार संगठन का अध्यक्ष नारायण भण्डारी तथा अजोड इन्स्योरेन्स लिका संस्थापक संचालक सम्भु अधिकारी र नेपालि सेनाका पूर्व उपरथी तथा संचालक समितिका रामबहादुर गुरुङ्गले संयुक्त रुपमा गरेका हुन् । उक्त समुद्घाटन समारोह नेपाल इन्भेस्टमेन्ट बैङ्क लि क्षेत्रीय कार्यालय भैरहवा प्रमुख रामराज उपाध्याय, पूर्णिमा बिकास बैङ्कका अध्यक्ष सुरज उप्रेती, नबिल बैंक क्षेत्रीय कार्यालय भैरहवा प्रमुख पुस्करराज भट्टराई सिद्धार्थ ग्रुपका अध्यक्ष दिनेशमान अमात्य, सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगर, लुम्बिनी ट्रक समितिका महासचिब रुमाखर गौतम, पुर्णिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ लुम्बिनी प्रेस क्लबका अधक्ष्य दिपेश पछाई, सिद्धार्थ यातायात व्यबसायी समितिका महासचिब लगायत भैरहवा क्षेत्रमा रहेका बिभिन्न बैंक तथा बित्तिय संस्था सहकारी लगायत अन्य संघसंथाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले अजोड इन्स्योरेन्सको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै संस्थाले ग्राहकको हरेक समस्यालाई यथासिघ्र समाधान गरी ग्राहकमुखी सेवा प्रदान बताए ।
मुक्तिनाथले ल्यायो तीन नयाँ बचत खाता, ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा’ पाइने
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आइतबारबाट ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । ग्राहकले १० हजार रुपैयाँ न्युनतम मौज्दातमा रु. ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु. १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् । २० हजार रुपैयाँ न्युनतम मौज्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा) प्राप्त गर्न सक्नेछन् । बचत योजना अन्तर्गतका बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज(मासिक ब्याज भुक्तानी), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड र देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेकाकरिब ३००० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने जनाइएको छ । यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरी रु ५००/– बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधापनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथाभक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुने बैंकले जनाएको छ ।