सबै नागरिकको स्वास्थ्य बीमा गरिने, जेष्ठ नागरिकलाइ निःशुल्क

काठमाडौ । सरकारले सबै नागरिककाे स्वास्थ्य बीमा गराउने नीति लिएकाे छ । दुर्इ वर्षभित्र सबै नागरिकलाइ स्वास्थ्य बीमाकाे दायरामा ल्याइने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, गत वर्ष घाेषणा भएकाे  ज्येष्ठ नागरिकले स्वास्थ्य लागू भएकाे छ ।  शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति र कार्यक्रम प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाे बताएकी छिन् ।

२५ प्रतिशत बोनस पछि नेपाल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०१६.८० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३५०.९० रुपैयाँ तोकिएको छ । मूल्य समायोजन भएपछिको बिहीबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । सो दिन करिब १२ बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९५ रुपैयाँमा झरेको छ ।

नेशनल लाईफको १०० औ शाखा कोहलपुरमा, अमृतश्री बीमा योजना शुभारम्भ

कोहलपुर । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुरमा शाखा बिस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी/आजीवन बीमालेखको पनि अध्यक्ष चापागाईले शुभारम्भ गरे । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमाप्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराउँदै अब बीमा गाउँ केन्द्रित हुन आवश्यक बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको विचार व्यक्त गरे । केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति÷क्षेत्रमा बीमा गर्न आवश्यक रहेको बताए । ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाए । कम्पनीको प्रदेश नं. ५ का प्रमुख रामचन्द्र तिवारीले कम्पनीको नयाँ बीमालेख अमृत श्री अग्रीम भुक्तानी÷आजीवन सहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराए । कार्यक्रमको सहजिकरण कम्पनीका नेपालगञ्ज शाखा प्रमुख दीपनारायण खनालले गरेका थिए ।