अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बीमा समिति समक्ष लिए सपथ

काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीका अनुसार बुधवार श्रेष्ठले अध्यक्ष पदको सपथ लिएका हुन् । अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित  

पुनर्बीमा कम्पनीका सिइओ भण्डारीको कार्यकाल सकियो, ‘नाफा बढाए’

काठमाडौ । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीको कार्यकाल असार ३१ गतेबाट सकिएको छ । भण्डारीले आफ्नो ४ वर्षे कार्यकालमा केही स्मरणयोग्य कामहरु भएको विकासन्यूजसँग दाबी गरे । कम्पनीकाे चुक्ता पूँजी ५ अर्बबाट १० अर्ब रुपैयाँ पुर्याउनु, वार्षिक ७ अर्बकाे प्रिमियम संकलन गर्नु, खुद नाफा करिब डेढ अर्ब बनाउनु, ३० देशमा बीमा तथा पुनर्बीमा गरी ६५ वटा बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध स्थापना गर्नु, नेपाली बीमा कम्पनीले कम्तिमा २० प्रतिशत पुनर्वीमा नेपालमा नै गर्नु पर्ने व्यवस्था गराउनु आफ्नो कार्यकालकाे सफलता भएकाे उनले बताए । कम्पनीकाे साधारण सेयर निष्काशन गर्ने आफ्नो प्रयास भने सफल हुन नसकेकाे बताए । ‘क्रेडिट रेटिङकाे काम सकियाे । तर साधारण सेयर निष्काशनकाे केही प्रक्रियागत काम बाँकी रहेकाे छ’-उनले भने ।

प्रभु वेलकम र प्रभु स्यालरी खातामा बीमा सुविधा, कति पाइन्छ ?

काठमाडौँ । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ बचत खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा दिने भएको छ । यो सुविधाको माध्यमबाट प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत रु. ३ लाख र दुर्घटना बीमा बापत रु १० लाख सम्मको जोखिम बैंकले वहन गर्नेछ । प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने छन् । अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।