नबिल बैंकले ल्यायो दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना
काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००(दश लाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ । यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५,००० वा सो भन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुदाका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १०,००,००० को सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १०,००,००० बीमा रकम प्रदान गरिनेछ । यस योजना अन्तर्गत आफ्नो नेपाली मुदाका खातामा न्यूनतम रु. ५,००० मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १५ भदाैमा भैसकेको छ । साथै, यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं रु. ५,००० वा बढी मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५,००० वा बढी मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् । नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,००० वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ । यस योजनामा सामिल हुन कुनै उमेरहद नभएता पनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यहोर्नुपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हु“दा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ । यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट (डब्लुडब्लुडब्लु नबिल बैंक डट कम) वा नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन न. १६६००१६२२४५ बाट प्राप्त गर्न सकिनेछ । यस नबिल बैंकको ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको प्रमुख वजार व्यवस्थापन अधिकृत विनय कुमार रेग्मीले जानकारी दिएका छन् ।
बीमा कम्पनीमा छैनन् महिला सीइओ, प्रमुख पद सम्हाल्नेमा निर्मलदेवी बीमा इतिहासकै पहिलो
काठमाडौँ । बीमा कम्पनीको इतिहासमा हालसम्म १ जना महिनामा मात्र प्रमुख कार्यकारी अधिकृत(सिइओ) भएकी छिन् । हाल सगरमाथा इन्स्योरेन्स कम्पनीको इन्डिपेन्डेन्ट डिरेक्टर निर्मलदेवी मानन्धर एनबी एन्स्योरेन्स कम्पनीको सीइओ भएकी थिइन् । उनले प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सिनियर डेपुटी जेनेरल म्यानेजरको रुपमा समेत काम गरेकी थिइन् । उनीपछि बीमा कम्पनी कुनैपनि महिला सीइओ भएका छैनन् । नेपालमा २० वटाको संख्यामा रहेको निर्जीवन, १९ वटाको संख्या रहेको जीवन बीमा र १ पुनर्बीमा कम्पनी छन् । तर ती कम्पनीहरुमा १ जनापनि महिना सीईओ छैनन् । नेपाली बीमा कम्पनीले अन्य पदहरुमा उल्लेख्य मात्रमा महिलाहरु सहभागी भएपनि सीइओ पदमा भने एक जनापनि नभएका हुन् । नेपाली समाजमा विगतका दिनमा पुरुष प्रधान समाज भनिदै आएपनि हाल भने कानुनी रुपमा नै महिला–पुरुष बराबर मानिन्छ । पछिल्लो समयम नेपालमा महिलाहरुले समेत विभिन्न प्रमुख पदहरु सम्हाल्दै आएको उदाहरणहरु हामी माझ थुप्रै छन् । नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी छिन्, उनले सम्हाल्दै आएको कार्यकाल दोस्रो हो । यस्तै, प्रधानन्यायाधीश, सभामुख जस्ता पदमा पनि महिलाले कार्यभार सम्हालिसकेका छन् । नेपालमा बीमा कम्पनीको प्रमुख पदमा महिलाहरुको उपस्थितिको विषयमा बीमा विज्ञ भोजराज शर्माले पछिल्लो समय बीमा बजारमा महिलाहरुको रुची रहेको बताए । उनले भने–‘नेपालमा बीमा नै आफैँ प्रारम्भिक चरणमा रहेकाले तत्काल महिलाहरु प्रमुख कार्यकारी पदमा पुग्न केही समय लाग्न सक्छ ।’ उनले पहिलेको तुलनामा बीमा क्षेत्रमा महिला सहभागिता वृद्धी भएको बताए । यस्तै, जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी)का जेनेरल म्यानेजर एस. के टमोट भन्छन्–‘अहिले हाम्रो कम्पनीमा ५० प्रतिशत महिला कर्मचारीहरु हुनुहुन्छ उहाँहरुको कार्य क्षमतापनि राम्रो छ ।’ उनले कतिपय महिला कर्मचारीहरुले हरितालिका तीजको दिनमा समेत ब्रत बस्दै काम गर्न समेत रुचाउँनु भएकोमा खुशी व्यक्त गरे । जेनेरल म्यानेजर टमोटले आगामी दिनमा भने महिला प्रमुखको सम्भावना रहेको कुरा व्यक्त गरे । साथै, वर्तमान अवस्थामा समेत १, २ बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी बन्ने पूर्ण सम्भावना भएका महिला कर्मचारीहरु रहेको बताए । यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार–‘केही महिलाहरुले बीमा क्षेत्रमा काम सम्हालीरहेको भए हाल सीईओ पदमा महिला हुने सम्भावना रहेको थियो ।’ उनले आगामी दिनमा समेत महिलाहरुको लागि बीमा क्षेत्र पेशागत रुपमा समेत सहज क्षेत्र हुने जानकारी दिए । संभावना छ: आगामी दिनमा बीमा कम्पनीको प्रमुख कार्यकारी पदमा महिला हुने सम्भावना धेरै रहेको जानकारहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो समय बीमाको पहुँचमा बृद्धी हुँदै जानु तथा महिलाहरुको बीमा क्षेत्रमा आकर्षण बढ्नुलाई बीमा कम्पनीको प्रमुख पदमा महिला हुने सम्भावनालाई राम्रो आधारको रुपमा लिईएको पाईन्छ । वित्तीय क्षेत्रमा महिला: वित्तीय क्षेत्रमा पनि महिनाको उपस्थिति राम्रै छ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अहिले महिना नै छिन् । महासंघको अध्यक्ष रहेकी भवानी राणा आफ्नो कार्यकालको अन्तिम चरणमा रहेकी छिन् ।
एलआईसी नेपालले मनायो १८औं वार्षिकोत्सव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले एलआईसी नेपालको १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । कम्पनीले आ.ब. २०७५÷७६ मा रु. १,३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी रु. ५४.०१ अर्बको जीवन बीमा कोष निर्माण गर्न सफल भएको कम्पनी सचिव विनोदकुमार भुजेलले जनाएका छन् ।