सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता

काठमाडौं । टाटा हिटाचिको आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता भएको छ । टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ । सिप्रदी अर्थमुभर्स प्रा. लि. ले विगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५सय भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्री वितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरिबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण बुटवलमा

काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा समापन भयो । साथै प्रदेश नं. ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएको क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार चार सय भन्दा बढी अभिकर्ताहरुलाई बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन भएको कार्यक्रममा बीमा के–का लागि र कहिले गर्ने ? कस्तो अवस्थामा गर्ने ? कस–कसले गर्ने ? बिमा गर्दाका फाईदा र नगर्दाका बेफाईदा के ? लगायतका विषयहरुमा अभिकर्तालाई विशेष प्रशिक्षण दिएको थियो । त्यसैगरी रिलायबल नेपाल लाईफ ईन्स्योरेन्समा बीमा गर्दा अन्य ईन्स्योरेन्सहरुको भन्दा थप के–कस्ता फाईदाहरु छन् भन्ने विषयमा पनि अभिकर्ताहरुलाई प्रष्ट्याईएको थियो । कार्यक्रममा क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाले संस्थाले दिने बीमा शुल्क छुटको सुविधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु भएमा दिईने सुविधा, घातक रोग सु्विधा, दुर्घटनाका कारणबाट अस्पताल भर्नामा नगद सुविधा, शुलभ जिवन बीमा योजना, मृत्यु लाभ, परिपक्ता लाभ, कर्जा सुविधा लगायत अतिरिक्त लाभहरु लिन सक्ने अवस्थाको बारेमा बताएका थिए । क्षेत्रीय प्रवन्धक थापाले अभिकर्ताहरुलाई जिवनको महत्व र सदुपयोग गर्ने तौर–तरिकाका साथै जिवन बिमा आर्थिक सुरक्षाको लागि मात्र नभएर भविष्यमा तय गरिने योजनाहरुलाई साकार पार्नकोलागि बचत गर्ने सर्वोकृष्ट आर्थिक हतियार भएको धारणा राखे । प्रदेश नं. ५ मा १४ वटा शाखा कार्यालयहरु स्थापना गरिसकेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले प्रदेश नं. ५ मा चारवटा शाखा कार्यालयहरु सिघ्र सञ्चालनमा ल्याउँदै छ । ज्ञानेश्वरमा प्रधान कार्यालय रही देशका विभिन्न स्थानहरुमा ५८ वटा शाखा सञ्जाल विस्तार गरेको छ ।

सन नेपाल लाइफ रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान गरेको छ । उक्त इन्स्योरेन्स कम्पनीले रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम समापन गरेका हुन् । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको बारेमा महत्ववारे महत्व  प्रकाश पारेका थिए ।