युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त, उपाध्याय नबिलमा जाने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । उनले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथग्रहण लिएका छन् । एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीले प्रतिनिधित्व गरेको हुन् । उपाध्याय नविल बैंकको सञ्चालक समितिमा जाने भएपछि युनाईटेड छोडेको स्रोतले बतायो । सन १९७२ मा त्रिभुवन विश्वविद्यायलमा अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ । ‘बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव छ । युनाईटेड इन्स्योरेन्सलाई अहिलेको अवस्थाबाट धेरै अगाडि बढाउनु छ’ उनले विकासन्युजसँग भने । उनी कृषि विकास बैंकमा २ वर्ष महाप्रबन्धक भएका थिए भने वित्तीय क्षेत्र सुधार कार्यक्रम चलेको बेलामा नेपाल बैंकमा ६ वर्ष अध्यक्ष भएका थिए । त्यहिबेलामा नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएर काम गरेका थिए । उनी विश्व बैंकले सहयोग गरेका ग्रामिण खानेपानी विकास बोर्ड, व्यवसायिक कृषि तथा व्यापार परियोजना कार्यक्रमहरुमा संलग्न हुँदै आएका छन् ।
कृषि तथा पशुपन्छी बीमामा सरकारको साथ, वर्सेनि अनुदान रकम बृद्धि
काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिंदै कृषि बीमा अनुदान रकम बढाएको छ । पछिल्ला दुई वर्षमा सरकारले कृषि बीमाका लागि कृषकहरुलाई १ अर्ब १ करोड ४६ लाख ६५ हजार रुपैयाँ अनुदान प्रदान गरेको बीमा समितिले जनाएको छ । कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा २४ करोड ८२ लाख ३९ हजार ८०७ रुपैयाँ अनुदान रकम बृद्धि गरिएको छ । आव २०७४/७५मा ३८ करोड ३२ लाख ०३ हजार १०८ अनुदान दिइएको यो भने २०७५/७६ मा ६३ करोड १४ लाख ४२ हजार ९१५ रुपैयाँ प्रदान गरेको बीमा समितिको तथ्याङमा उल्लेख छ । यता, पशुपन्छीतर्फ सरकारले आव २०७५/७६ मा ६० करोड ११ लाख १८ हजार ३३७ रुपैयाँ अनुदान प्रदान गरेको छ । कृषकहरुबाट ८० करोड १४ लाख ९४ हजार ७८१ रुपैयाँ बीमा शूल्क संकलन भएको र २३ करोड ९३ लाख ८५ हजार ५५६ रुपैयाँ दाबी भुक्तानी भएको बीमा समितिले जनाएको छ । यसैगरी पशु पालनतर्फ ४४ करोड ७७ लाख ७२ हजार ८८१ रुपैयाँ अनुदान प्रदान गरिएको छ । पशुपालक कृषकहरुबाट ५९ करोड ७० लाख ३४ हजार १७४ रुपैयाँ बीमा शुल्क संकलन भएको जनाइएको छ । त्यस्तै गतवर्ष माछापालनका लागि २ करोड १९ लाख १६ हजार ९६४ रुपैयाँ अनुदान प्रदान गरिएको र २ करोड ९२ लाख २२ हजार ६१९ रुपैयाँ बीमा शूल्क संकलन भएको थियो । बीमा समितिको तथ्याङ्क अनुसार बीमा शूल्क संकलन पनि पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो दुई वर्षमा १ अर्ब ३५ करोड २८ लाख ६५ हजार बीमा शूल्क संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।
जीवन बीमा कम्पनीका यस्ता छन् पोलिसी, ‘नौला प्रडक्ट थप्न चाहिन्छ नयाँ निर्देशिका’
काठमाडौँ । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । जीवन बीमा व्यसायमा संलग्न एक अधिकारीका अनुसार-‘अन्तर्राष्ट्रिय (बेलायत)मा बीमा गराउँदा बीमा कम्पनीले चाहेको ठाउँमा लगानी गर्न पाउने व्यवस्था छ तर हाम्रोमा त्यस्तो छैन ।’ उनले नेपालमा म्यादी बीमा, सावधिक बीमा र आजीवन बीमाका प्रडक्ट मात्र निकाल्न पाइने व्यवस्था छ । उनले आफ्नो उद्देश्य बीमा समितिमा भएको नीति निर्देशिकामा कमजोरी देखाउनु नभई बीमा बजारको आवश्यकता अनुसारका प्रडक्ट निकाल्ने तर्फ समिति लाग्नु उचित हुुने बताए । उनले नयाँ प्रडक्ट थप्न नयाँ निर्देशिकानै चाहिने बताए । के भन्छ बीमा समिति ? बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन्-‘बीमा समितिले सदैव बिमितको हितका लागि काम गर्दै आएको छ, सोही कारण आगामी दिनमा समेत बजारको आवश्यकता अनुसार नीति निर्देशिकामा परिमार्जन गर्नेछौँ ।’ कार्यकारी निर्देशक पौडेलले जायज माग बिमकहरुले उठाउँदा आफूहरुले समितिको तर्फबाट पनि सकारात्मक प्रतिक्रिया दिने गरेको बताए । यस्ता छन् जीवन बीमा कम्पनीका प्रडक्टहरु: राष्ट्रिय बीमा संस्थानले विभिन्न शीर्षकका प्रडक्टमा बीमा गराउँदै आएको छ । संस्थानले इन्डोमेण्ट लाइफ एस्योरेन्स, चिल्डेन म्यारिज एण्ड एजुकेशन इन्डोमेण्ट लाइफ एस्योरेन्स, एन्टिसिपेटेड इन्डोमेन्ट लाइफ एस्योरेन्स, होल लाइफ एस्योरेन्स, जीवन सुरक्षा, बाल उमंग, जोइन्ट लाइफ प्लान जीवन साथी, चिल्ड्रेन प्लान वात्स्यालय, टर्म लाइफ एस्योरेन्स, जीवन बन्धु तथा गु्रप इन्डोमेन्ट लाइफ एस्योरेन्स शीर्षकमा बीमा गराउँदै आएको छ । त्यसैगरी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इन्डोेमेन्ट एस्योरेन्स प्लान, चिल्ड्रेन्स प्लान, मनी व्याक प्लान, होल लाइफ प्लान र रिटायर्डमेण्ट प्लान शीर्षकमा बीमा गराउँदै आएको छ । यता, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले इन्डोमेन्ट, एन्टीसिपेटेड, होल लाइफ र टर्म लाइफ शीर्षकमा बीमा गराउँदै आएको छ । लाइफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल(एलआइसी)ले इन्डोमेण्ट प्लान, मनी व्याक प्लान, जीवन तरङ्ग, अमूल्य जीवन, जीवन आस्था प्लान, जीवन साथी, चिल्ड्रेन इन्डोमेण्ट प्लान, चाइण्ड प्लान, जीवन आनन्द, बीमा किरण प्लान र धनवृष्टि शीर्षकमा बीमा गराउँदै आएको छ । मेट लाइफ कम्पनीले हेल्थ इन्स्योरेन्स, एक्सिडेण्ट इन्स्योरेन्स, एजुकेशन प्रोटेक्सन, सेभिङ्ग प्रोटेक्सन, रिटायर्डमेण्ट, इम्पोमेण्ट बेनिफिट शीर्षकमा पोलिसी बिक्री गर्दै आएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले इन्डोमेण्ट पोेलिसिज, मनी व्याक पोलिसी, इन्डोमेण्ट एण्ड होल लाइफ, टर्म इन्स्योरेन्स र माइक्रो इन्स्योरेन्स जस्ता पोलिसी बिक्री गर्दै आएको जनाएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भने सूर्या मनी व्याक प्लान, फरेन इम्प्लोईमेण्ट लाईफ इन्स्योरेन्स प्लान, चिल्र्डेन पोलिसी, सूर्या इण्डोमेण्ट होल लाइफ प्लान, ग्रुप इन्डोमेण्ट पोलिसी विथ प्रोफिट, ग्रुप टर्म एस्योरेन्स प्लान, लिमिटेड पेमेण्ट मनी व्याक प्लान, लिमिटेड पेमेण्ट इण्डोमेन्ट प्लान, सूर्या इयर्ली मनी व्याक प्लान, सूर्या सु–संस्कृत इण्डोमेन्ट प्लान शीर्षकमा बीमा गराउँदै आएको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गुराँस सावधिक, गुराँस अग्रीम भुक्तानी, गुराँस जीवनश्री, गुराँस नौलो बाल सुरक्षा, गुराँस संजीवनी, गुराँस जीवन रक्षक, गुराँस वैदेशिक रोजगार, गुराँस एनुअल क्यास व्याक र गुराँस सुरक्षित भविष्य शीर्षहरुमा बीमा गराउँदै आएको छ । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले प्राइम फरेन इम्प्लोइमेण्ट टर्म इन्स्योेरेन्स प्लान, प्राइम जीवन उपहार, प्राइम लाइफ न्यू टर्म एसुअरेन्स, प्राइम लाइफ सुलभ मनी व्याक, प्राइम लाइफ सुरक्षित आवस बीमा, प्राइम लाइफ धन सागर, प्राइम लाइफ जीवन सुरक्षा, प्राइम लाइफ नारी जीवन बीमा, प्राइम लाइफ पेन्सन प्लान, प्राइम लाइफ सरल बीमा, प्राइम लाइफ सिङ्गल एण्ड लिमिटेड पेमेण्ट र पाइम लाइफ स्वर्णीम जीवन बीमा पोलिसी बिक्री गर्दै आएको बताएको छ । यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइमई सवल जीवन बीमा योजना, आइएमई बाल उमंग जीवन बीमा योजना, आइएमई धनवर्धन जीवन बीमा योजना, आइएमई वैदेशिक रोगजार म्यादी जीवन बीमा योजना, आइएमई कल्पधन जीवन बीमा योजना, आइएमई धनवृक्ष जीवन बीमा योजना, आइएमई बाल उज्ज्वल जीवन बीमा योजना, आइएमई सरल जीवन बीमा योजना, आइएमई आजीवन जीवन बीमा योजना र आइएमई म्यादी लघु जीवन बीमा योजना शिर्षकमा बीमा गराउँदै आएको छ । यता, युनियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेड इण्डोमेन्ट प्लान, इण्डोमेण्ट एसुअरेन्स कम होल लाइफ पोलिसी, इण्डोमेन्ट एसुअरेन्स पोलिसी, ग्रुप टर्म एसुअरेन्स पोलिसी, चाइण्ड इन्डोमेण्ट प्लान, मनी व्याक कम होल लाइफ एसुअरेन्स प्लान, एनुअल मनी व्याक लाइफ इन्स्योरेन्स प्लान र लिमिटेड पेमेण्ट (इण्डोमेन्ट) प्लान शिर्षकमा कम्पनीले बीमा गराउँदै आएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनलक्ष्मी जीवन बीमा, नबीकरण म्यादी जीवन बीमा, बाल समृद्ध जीवन बीमा, भाग्योदय जीवन बीमा, नवीन आजीवन जीवन बीमा, सन लाइफ अस्योरेन्स इण्डोमेण्ट एस्योरेन्स प्लान शिर्षकमा बीमा गराउँदै आएको छ । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा, ज्योति म्यादी जीवन बीमा, ज्योति धनलाभ जीवन बीमा, ज्योति सुरक्षित भविष्य जीवन बीमा, ज्योति सुरक्षित बचत जीवन बीमा, ज्योति एकल सावधिक जीवन बीमा, ज्योति सीमित अवधि जीवन बीमा, ज्योति सामूहिक म्यादी जीवन बीमा र राइडर जस्ता पोलिसी बिक्री गर्दै आएको छ । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले रिलायवल इण्डोमेन्ट लाइफ इन्स्योरेन्स, रिलायवल हाइयर एजुकेशन लाइफ इन्स्योरेन्स, रिलायवल एन्टीसिपेटेड लाइफ इन्स्योरेन्स, रिलायवल धनपति लाइफ इन्स्योरेन्स, फरियन इम्प्लोमेण्ट टर्म लाईफ इन्स्योरेन्स, रिलायबल इण्डोमेण्ट होल लाइफ इन्स्योरेन्स, सुलभ जीवन बीमा, सजिलो जीवन बीमा, रिलायबल माइक्रो इण्डोमेन्ट लाइफ इन्स्योरेन्स र हेल्थ इन्स्योरेन्स बेनिफीट शिर्षकमा बीमा गराउँदै आएको छ । रिलाइयन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रोटेक्सन प्लान, रिलायन्स चाइण्ड एसुअरेन्स प्लान, रिलायन्स इन्डोमेण्ट एसुअरेन्स प्लान, रिलायन्स मनी व्याक एसुअरेन्स प्लान, रिलायन्स इण्डोमेन्ट एसुअरेन्स काम होल लाइफ र रिलायन्स फिक्स डिपोजिट प्रोटेक्सन प्लान शीर्षकमा बीमा गराउँदै आएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटीजन रेगुलर पे इण्डोमेण्ट इन्स्योरेन्स प्लान, सिटीजन रेगुलर पे मनी ब्याक इन्स्योरेन्स प्लान, सिटिजन एनुअल मनी व्याक इन्स्योरेन्स प्लान, बाल भविष्य जीवन बीमा योजना, सिटीजन जीवन सारथी योजना, सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना, सिटिजन ग्रुप टर्म इन्स्योरेन्स प्लान, क्रिटीकल इलनेस राइडर र फरेन इम्प्लोइमेण्ट टर्म लाइफ पोलिसी शिर्षकमा बीमा गराउँदै आएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा सरल लाइफ एस्योरेन्स प्लान, सानिमा दीर्घायु लाइफ एस्योरेन्स प्लान, सानिमा धनपति लाइफ एस्योरेन्स प्लान, सानिमा बाल सौगात जीवन बीमा, सानिमा टर्म लाइफ इन्स्योरेन्स, सानिमा शुभलक्ष्मी लाइफ एस्योरेन्स प्लान, सानीमा जीवनश्री लाइफ एस्योरेन्स प्लान, सानिमा दम्पत्ति इण्डोमेन्ट प्लान र सानिमा क्रिटीकल इलनेस शीर्षकमा बीमा गराउँदै आएको छ । प्रभु लाइफ इन्स्योरेन्सले वैभव जीवन बीमा, शुभ गृह जीवन बीमा, अमूल्य जीवन बीमा, समृद्ध जीवन बीमा, श्रीवृद्धी जीवन बीमा, जीवन किरण, जीवन उन्नती र जीवन स्पर्श शीर्षकमा बीमा गराउँदै आएको छ ।